Trending
Prev Story
Next Story

मन्थलीमा पूर्वाधार विकासको गति सुस्त, ४ महिनामा २ प्रतिशत बजेट खर्च

Ekantipur •
November 05, 2026 • 08:32 AM
1
1 reads 0 reactions

चालु आर्थिक वर्ष २०८३/८४ को झन्डै चार महिना बित्न लाग्दा रामेछापको मन्थली नगरपालिकामा पूर्वाधार विकासतर्फको वित्तीय प्रगति सवा २ प्रतिशत हाराहारीमा मात्रै पुगेको छ ।

मन्थलीमा पूर्वाधार विकासको गति सुस्त, ४ महिनामा २ प्रतिशत बजेट खर्च

चालु आर्थिक वर्ष २०८३/८४ को झन्डै चार महिना बित्न लाग्दा रामेछापको मन्थली नगरपालिकामा पूर्वाधार विकासतर्फको वित्तीय प्रगति सवा २ प्रतिशत हाराहारीमा मात्रै पुगेको छ ।

रामेछाप — चालु आर्थिक वर्ष २०८३/८४ को झन्डै चार महिना बित्न लाग्दा रामेछापको मन्थली नगरपालिकामा पूर्वाधार विकासतर्फको वित्तीय प्रगति सवा २ प्रतिशत हाराहारीमा मात्रै पुगेको छ । यस वर्ष पूर्वाधार विकासका लागि २१ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरिएको भए पनि योजना कार्यान्वयनले गति लिन नसकेको हो ।

स्थानीय तहको निर्वाचन आगामी फागुनमै हुन सक्ने चर्चा चलिरहेका बेला जनप्रतिनिधिहरूमाथि चालु आर्थिक वर्षका बजेट तथा कार्यक्रम निर्धारित समयमै सम्पन्न गर्नुपर्ने दबाब छ । तर, नगरपालिकामा विकास निर्माणका योजनाको कार्यान्वयन भने सुस्त देखिएको छ । मन्थली नगरपालिकाको भौतिक पूर्वाधार विकास शाखाका अनुसार चालु आर्थिक वर्षमा संघ र प्रदेश सरकारका सशर्त अनुदानसहित ३६७ वटा योजना कार्यान्वयन गर्नुपर्नेछ । तीमध्ये नौ वटा ठेक्का प्रक्रियामार्फत र ३५८ वटा उपभोक्ता समितिमार्फत सम्पन्न गर्नुपर्ने योजना छन् ।

तर, आर्थिक वर्षको झन्डै चार महिना बित्न लाग्दा उपभोक्ता समितिमार्फत कार्यान्वयन हुने योजनामध्ये ७३ वटाको मात्रै सम्झौता भएको छ । यो कुल योजनाको करिब २० प्रतिशत हो ।

भौतिक पूर्वाधार विकास शाखा प्रमुख डिल्लीबहादुर अधिकारीका अनुसार नगरपालिकाको कार्ययोजनाअनुसार पुस मसान्तभित्र सबै योजनाको सम्झौता भइसक्नुपर्नेछ । तर, उपभोक्ता समिति गठनमै ढिलाइ हुँदा योजना कार्यान्वयनले अपेक्षित गति लिन नसकेको उनले बताए ।

‘सङ्ख्यात्मक रूपमा हेर्दा सबैभन्दा धेरै योजना उपभोक्ता समितिमार्फत सम्पन्न गर्नुपर्ने छन् । त्यसका लागि सबैभन्दा पहिले उपभोक्ता समिति गठन हुनुपर्छ । नगरपालिकाको कार्ययोजनाअनुसार पुस मसान्तभित्र सबै योजनाको सम्झौता भइसक्नुपर्ने हो,’ अधिकारीले भने, ‘तर अहिलेसम्म थोरै योजनाको मात्रै समिति गठन भएको छ । त्यसमा पनि केही योजनाको मात्रै प्राविधिक लागत अनुमान तयार भएर सम्झौताको चरणमा पुगेका छन् ।’

ठेक्का प्रक्रियामार्फत कार्यान्वयन गर्नुपर्ने नौ वटा ठूला योजनाको काममा पनि यस वर्ष केही ढिलाइ भएको अधिकारीले बताए । ‘ठेक्कामार्फत सम्पन्न गर्नुपर्ने योजनामा हामी यस वर्ष एक महिना ढिला भएकै हौँ,’ उनले भने ।

१४ वटा वडा रहेको मन्थली नगरपालिकामा योजना कार्यान्वयनको सुस्त गतिले यस वर्षका विकास निर्माणका कार्यक्रम प्रभावित हुन सक्ने चिन्ता जनप्रतिनिधिहरूले पनि व्यक्त गर्न थालेका छन् । निर्वाचन आयोगले आगामी फागुनमै स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेको भन्ने चर्चा सुरु भएसँगै रामेछापमा पनि चुनावी बहस हुन थालेको छ । यस्तो अवस्थामा चालु आर्थिक वर्षका योजना समयमै सम्पन्न गर्नुपर्ने चुनौती थपिएको छ ।

मन्थली नगरपालिका–७ भटौलीका वडाध्यक्ष भुवनहरि प्रसाईँले निर्वाचनको चर्चा सुरु भइसके पनि विकास निर्माणका योजनाको कार्यान्वयनमा अपेक्षित प्रगति हुन नसकेको बताए । अहिलेको अवस्था कायम रहे चालु आर्थिक वर्षमा तय गरिएका योजनाहरू प्रभावित हुन सक्ने उनको भनाइ छ ।

‘निर्वाचन आयोगले आगामी फागुनमै स्थानीय तहको निर्वाचन गर्ने तयारीबारे चर्चा सुरु गरिसकेको छ । निर्वाचनको चर्चा रामेछापमा पनि हुन थालेको छ,’ प्रसाईँले भने, ‘तर योजना कार्यान्वयनमा भने प्रगति देखिएको छैन । अहिलेको अवस्था रहने हो भने यस वर्ष बनाइएका योजनाहरू प्रभावित हुन सक्छन् ।’

नगरपालिकाले पुस मसान्तभित्र सबै योजनाको सम्झौता गरिसक्ने कार्ययोजना बनाए पनि त्यसअघि उपभोक्ता समिति गठन, प्राविधिक लागत अनुमान र सम्झौताको प्रक्रिया पूरा गर्नुपर्नेछ ।

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4d ago
तीन महिनामा गण्डकी प्रदेशको आठ प्रतिशत बजेट खर्च

तीन महिनामा गण्डकी प्रदेशको आठ प्रतिशत बजेट खर्च

पोखरा– चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो तीन महिना अर्थात् असोज मसान्तसम्ममा गण्डकी प्रदेश सरकारले कुल बजेटको आठ दशमलव १५ प्रतिशत खर्च गरेको छ। चालु आर्थिक वर्षका लागि विनियोजित ३२ अर्ब ९९ करोड ९९...

#बजेट #२०८३ #महिनामा
Compare →
Bizshala
1d ago
सुदूरपश्चिममा बजेट विवाद चर्कियो, नेकपाभित्रै सरकारको विकल्पबारे बहस

सुदूरपश्चिममा बजेट विवाद चर्कियो, नेकपाभित्रै सरकारको विकल्पबारे बहस

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशको बजेट पारित भए पनि त्यसले निम्त्याएको विवादले सरकारको नेतृत्व गरिरहेको नेपाली...

#बजेट
Compare →
Onlinekhabar
3d ago
बजेट कार्यान्वयनमा झनै दयनीय प्रदेश सरकार

बजेट कार्यान्वयनमा झनै दयनीय प्रदेश सरकार

२४ कात्तिक, काठमाडौं । संघीय सरकारले चालु आर्थिक वर्ष २०८३/८४ पहिलो त्रैमासिक अवधिमा लक्ष्यको १८.८४ प्रतिशत बजेट खर्च गर्न सक्यो । खासगरी पूँजीगत खर्चले गति लिन नसक्दा पहिलो त्रैमासिक अवधिमा संघ सरकारको खर्च दयनीय छ । …

#बजेट
Compare →

Related Stories

Building & Construction
Build #2611