Trending
Prev Story
Next Story

सुपर मादी हाइड्रोपावरको नाफा ५६ प्रतिशतले बढ्यो, तीन महिनामै कमायो १७ करोड

Bizshala •
November 05, 2026 • 08:04 AM
1
1 reads 0 reactions

काठमाण्डौ ।  सुपर मादी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आकर्षक नाफा कमाएको...

सुपर मादी हाइड्रोपावरको नाफा ५६ प्रतिशतले बढ्यो, तीन महिनामै कमायो १७ करोड

काठमाण्डौ ।  सुपर मादी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आकर्षक नाफा कमाएको छ।

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म १७ करोड ४४ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ११ करोड १८ लाख ८४ हजार रुपैयाँ रहेको थियो।

यस आधारमा कम्पनीको खुद नाफा एक वर्षमै करिब ५६ प्रतिशतले बढेको छ।

कम्पनीले पहिलो त्रैमासमा सञ्चालनबाट ३८ करोड १५ लाख ३ हजार रुपैयाँ आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ३९ करोड ५५ लाख ६३ हजार रुपैयाँ थियो। सञ्चालन आम्दानी केही घटे पनि लागत व्यवस्थापन र वित्तीय खर्चमा आएको सुधारले नाफा उल्लेख्य बढेको देखिन्छ।

कम्पनीको प्रत्यक्ष खर्च ७५ लाख १३ हजार रुपैयाँ रहेको छ। त्यसपछि कम्पनीले ३७ करोड ३९ लाख ९० हजार रुपैयाँ कुल नाफा आर्जन गरेको छ।

पहिलो त्रैमासमा कम्पनीको वित्तीय लागत १० करोड २६ लाख ७८ हजार रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो खर्च १८ करोड ६० लाख ५० हजार रुपैयाँ थियो। वित्तीय लागतमा आएको ठूलो गिरावट कम्पनीको नाफा बढ्नुको प्रमुख कारणमध्ये एक देखिएको छ।

त्यस्तै कम्पनीको मूल्यह्रास खर्च ७ करोड ७७ लाख ४० हजार रुपैयाँ र अन्य सञ्चालन खर्च १ करोड ९१ लाख १९ हजार रुपैयाँ रहेको छ।

असोज मसान्तसम्म कम्पनीको चुक्ता पूँजी २ अर्ब ६६ करोड २५ लाख ३७ हजार रुपैयाँ पुगेको छ। कम्पनीको रिजर्भ तथा सरप्लस २५ करोड ७० लाख ९४ हजार रुपैयाँ रहेको छ।

कम्पनीको कुल सम्पत्ति ९ अर्ब ४१ करोड २३ लाख ५७ हजार रुपैयाँ रहेको छ। दीर्घकालीन सुरक्षित कर्जा ५ अर्ब ३७ करोड ७८ लाख ५९ हजार रुपैयाँ र असुरक्षित कर्जा १ अर्ब रुपैयाँ रहेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी वार्षिकीकरण गर्दा २६.६२ रुपैयाँ रहेको छ। प्रतिशेयर नेटवर्थ १०९.६६ रुपैयाँ र पीई रेसियो ४८.४८ गुणा रहेको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Arthasansar
1w ago
सुपर मादी हाइड्रोपावरको ३४ लाख बढी बोनस सेयर नेप्सेमा सूचीकृत

सुपर मादी हाइड्रोपावरको ३४ लाख बढी बोनस सेयर नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सुपर मादी हाइड्रोपावरको ३४ लाख ७२ हजार ८७५ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।...

#सुपर #मादी #हाइड्रोपावर
Compare →
Hamro Patro News
1w ago
रिलायन्स स्पिनिङ मिल्सको नाफा ३४२ प्रतिशतले बढ्यो

रिलायन्स स्पिनिङ मिल्सको नाफा ३४२ प्रतिशतले बढ्यो

काठमाडौं – रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ३० करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४२.५३ प्रतिशतले बढी हो । ...

#नाफा #प्रतिशतले
Compare →
Ekantipur
6d ago
लगानीकर्ता नाफा सुरक्षित गर्न लाग्दा नेप्सेको गति सुस्त, तिहारपछि सुधारको अपेक्षा

लगानीकर्ता नाफा सुरक्षित गर्न लाग्दा नेप्सेको गति सुस्त, तिहारपछि सुधारको अपेक्षा

कारोबार रकम झन्डै १८ प्रतिशत घट्दा लगानीकर्ता पर्ख र हेरको अवस्थामा, प्राविधिक सूचक, कम्पनीको वित्तीय विवरण र लाभांशको आशमाले बजार सुधारको सम्भावना

#नाफा
Compare →

Related Stories

Business & Economy
Build #2611