Trending
Prev Story
Next Story

बोदेबरसाईनमा कृषि विद्युत् मिटरको अनुदान भुक्तानी स्थगित

Onlinekhabar •
November 05, 2026 • 08:00 AM
1
1 reads 0 reactions

१९ कात्तिक, सप्तरी । सप्तरीको बोदेबरसाईन नगरपालिकाले कृषि विद्युत् मिटरको महसुल बापत दिँदै आएको अनुदान भुक्तानी स्थगित गरेको छ। ‎ नगरपालिकाले सूचना जारी गर्दै आर्थिक वर्ष २०८३/८४ देखि कृषि विद्युत् मिटरको महसुल सम्बन्धित कृषक आफैंले नेपाल विद्युत् …

बोदेबरसाईनमा कृषि विद्युत् मिटरको अनुदान भुक्तानी स्थगित

१९ कात्तिक, सप्तरी । सप्तरीको बोदेबरसाईन नगरपालिकाले कृषि विद्युत् मिटरको महसुल बापत दिँदै आएको अनुदान भुक्तानी स्थगित गरेको छ। ‎ नगरपालिकाले सूचना जारी गर्दै आर्थिक वर्ष २०८३/८४ देखि कृषि विद्युत् मिटरको महसुल सम्बन्धित कृषक आफैंले नेपाल विद्युत् प्राधिकरणमा बुझाउनुपर्ने जनाएको छ। ‎ नेपाल सरकार, अर्थ मन्त्रालयको अनिवार्यबाहेकका अन्य खर्च कटौती गर्ने निर्देशनअनुसार कृषि विद्युत् मिटरको अनुदान तथा महसुल भुक्तानी कार्य हाललाई स्थगित गरिएको नगरपालिकाले जनाएको छ।‎ ‎ ‎नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामसागर यादवका अनुसार आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ मा नगरपालिकाका विभिन्न वडाबाट कृषि विद्युत् मिटरका लागि दर्ता भएका कृषकहरूको आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको विद्युत् महसुल मात्र नगरपालिकाले भुक्तानी गर्नेछ।‎ ‎ ‎आर्थिक वर्ष २०८३/८४ देखि लागु हुने गरी कृषि विद्युत् मिटरको महसुल सम्बन्धित उपभोक्ता कृषक स्वयंले नेपाल विद्युत् प्राधिकरणमा समयमा बुझाउनुपर्ने नगरपालिकाकी कृषि विकास अधिकृत हिमानी यादवले बताइन्। ‎ ‎नगरपालिकाले कृषि विद्युत् मिटरको महसुल भुक्तानी गर्न छाडेपछि यहाँका कृषकहरू प्रभावित हुने भएका छन्। यसअघि नगरपालिकाले भुक्तानी गर्दै आएको महसुल अब आफैंले तिर्नुपर्ने भएपछि कृषकहरूलाई थप आर्थिक भार पर्ने देखिएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1d ago
मकवानपुरमा यात्रुबाहक ईभी सडकबाट ५०० मिटर तल खस्यो

मकवानपुरमा यात्रुबाहक ईभी सडकबाट ५०० मिटर तल खस्यो

बिहीबार बिहान ५ः४५ बजे भिमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा ईभी गाडी सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको हो।

#मिटर
Compare →
Hamro Patro News
3d ago
विद्युत् पोलमा मोटरसाइकल ठोक्किँदा १६ वर्षीय किशोरको मृ’ त्यु

विद्युत् पोलमा मोटरसाइकल ठोक्किँदा १६ वर्षीय किशोरको मृ’ त्यु

बर्दियाको बढैयातालमा हुलाकी सडक छेउको विद्युत् पोलमा मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका १६ वर्षीय एक किशोरको भारतको लखनउमा उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार ...

#विद्युत्
Compare →
Arthasansar
4d ago
लक्ष्मीपूजामा विद्युत्‌को माग १,८१३ मेगावाट, ५८७ मेगावाट भारत र बंगलादेश निर्यात

लक्ष्मीपूजामा विद्युत्‌को माग १,८१३ मेगावाट, ५८७ मेगावाट भारत र बंगलादेश निर्यात

यस वर्षको लक्ष्मीपूजाको दिन आइतबार विद्युत् प्रणालीमा एक हजार ८१३ मेगावाट विद्युत् माग पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार...

#विद्युत्
Compare →

Related Stories

Business & Economy
Build #2611