Trending
Prev Story
Next Story

लक्ष्मी लघुवित्तको नाफामा सामान्य सुधार, खराब कर्जा भने १२ प्रतिशत नाघ्यो

Arthasansar •
November 05, 2026 • 07:35 AM
1
1 reads 0 reactions

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा सामान्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो...

लक्ष्मी लघुवित्तको नाफामा सामान्य सुधार, खराब कर्जा भने १२ प्रतिशत नाघ्यो

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा सामान्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा ७.६३ ले बढेको हो ।

कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्म ३ करोड ३२ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ९ लाख ९ हजार रुपैयाँ नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने घटेको छ । गत वर्षको पहिलो त्रैमासमा १४ करोड ७ लाख ४० हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आर्थिक वर्षमा घटेर १२ करोड ९९ लाख ७२ हजार रुपैयाँमा सीमित भएको छ । त्यस्तै, कम्पनीको कुल सञ्चालन आम्दानी १४ करोड ३२ लाख ७३ हजार रुपैयाँ रहेको छ। गत वर्ष यस्तो आम्दानी १५ करोड ४० लाख ९२ हजार रुपैयाँ थियो ।

यद्यपि, कम्पनीको सञ्चालन नाफा भने बढेको छ । गत वर्ष ४ करोड ४१ लाख ५५ हजार रुपैयाँ रहेको सञ्चालन नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बढेर ४ करोड ७५ लाख ६ हजार रुपैयाँ पुगेको छ । कम्पनीको चुक्ता पुँजी ४४ करोड १६ लाख ६२ हजार रुपैयाँ रहेको छ । असोज मसान्तसम्म कम्पनीको सञ्चित तथा जगेडा कोषमा ३ करोड ७७ लाख १७ हजार रुपैयाँ र रिटेन्ड अर्निङमा ११ करोड ५५ लाख ५८ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको कुल सम्पत्ति ६ अर्ब ४५ करोड ९० लाख रुपैयाँ रहेको छ । त्यस्तै, ग्राहकलाई प्रवाह गरेको कर्जा ६ अर्ब ११ करोड १४ लाख रुपैयाँ पुगेको छ भने निक्षेप तथा सापटी २८ करोड ५६ लाख ८९ हजार रुपैयाँ रहेको छ । कम्पनीको खराब कर्जा अनुपात भने बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा ११.७९ प्रतिशत रहेको खराब कर्जा चालु आर्थिक वर्षको समीक्षा अवधिमा बढेर १२.१२ प्रतिशत पुगेको छ । कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानीमा समेत सुधार देखिएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २७ रुपैयाँ ९९ पैसा रहेको प्रतिसेयर आम्दानी चालु आर्थिक वर्षमा बढेर ३० रुपैयाँ १३ पैसा पुगेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
5d ago
आशा लघुवित्तको ब्याज आम्दानी बढ्दा पनि खराब कर्जाले नाफा घटायो

आशा लघुवित्तको ब्याज आम्दानी बढ्दा पनि खराब कर्जाले नाफा घटायो

काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था (एएलबीएसएल) को खुद ब्याज आम्दानी १७.२२ प्रतिशतले बढे पनि पहिलो त्रैमासको खुद...

#नाफा #खुद #लघुवित्त
Compare →
Ekantipur
7h ago
नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

सोल्टी होटेलको नाफा १५.२० प्रतिशतले बढेर १४ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

#नाफा
Compare →
Nagarik News
1d ago
नाचगानसहित कपिलवस्तुमा सेलाइयो ३०७ लक्ष्मीका मूर्ति

नाचगानसहित कपिलवस्तुमा सेलाइयो ३०७ लक्ष्मीका मूर्ति

कपिलवस्तुमा दिपावली तिहारमा निकालिएका ३ सय ७ लक्ष्मीको मुर्ति बिर्सजन गरिएको छ । यस्तै शान्ति सुरक्षामा अत्यन्तै संबेदनशील मानिएको कपिलवस्तुको कृष्णगनरमा समेत सुरक्षा घेरामा लक्ष्मीको मूर्ति बिसर्जन गरिएको छ।

#लक्ष्मी
Compare →
Hamro Patro News
5d ago
घर घरमा दीपावली गरी लक्ष्मीलाई स्वागत

घर घरमा दीपावली गरी लक्ष्मीलाई स्वागत

काठमाडौँ । नेपालीको दोस्रो ठूलो चाड तिहारका अवसरमा आज बेलुकी राजधानीलगायत देशभर घर–घरमा लक्ष्मीलाई स्वागत गर्न दीपावली गरिएको छ । तिहारका अवसरमा आज दीपावली गरिने मुख्य दिन हो । यसलाई दीपमालिका पनि...

#लक्ष्मी
Compare →
Onlinekhabar
5d ago
लक्ष्मीपूजाको साँझ जगमग काठमाडौं, हेर्नुस् तस्वीरहरू

लक्ष्मीपूजाको साँझ जगमग काठमाडौं, हेर्नुस् तस्वीरहरू

२२ कात्तिक, काठमाडौं । तिहारको आज तेस्रो दिन । तिहारको मुख्य दिन लक्ष्मीपूजा घरघरमा धनकी देवी लक्ष्मीको पूजा गरिएको छ । आइतबार साँझ हिन्दू धर्मावलम्बीहरुले आफ्नो घर, कार्यालय, उद्योग व्यवसायमा धनकी देवी लक्ष्मीको पूजा गरेका छन् …

#लक्ष्मी
Compare →

Related Stories

Business & Economy
Build #2611