Trending
Prev Story
Next Story

सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृ*त्यु

Nagarik News •
November 05, 2026 • 06:41 AM
1
1 reads 0 reactions

सिरहा नगरपालिका–११ भलुवाहीस्थित चौहर्वा–सिरहा सडकखण्डमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृ*त्यु भएको छ।

सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृ*त्यु

सिरहा नगरपालिका–११ भलुवाहीस्थित चौहर्वा–सिरहा सडकखण्डमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

बिहीबार  बिहान चौहर्वाबाट सिरहातर्फ जाँदै गरेको विद्युत् प्राधिकरण मधेश प्रदेश प्रादेशिक कार्यालय जनकपुरको ना१ घ५५३ नम्बरको ट्रक र सिरहाबाट चौहर्वातर्फ आउँदै गरेको स ९ प ७६५० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकलमा सवार नामथर र ठेगाना नखुलेका दुई जना पुरुष गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहा पुर्‍याइएकोमा चिकित्सकले बिहान १०ः२५ बजे मृत घोषणा गरेका हुन्।

दुर्घटनापछि ट्रक चालक फरार रहेका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न दुवै सवारीसाधनलाई कार्यालयमा ल्याउने प्रक्रिया अघि बढाइएको छ।

प्रकाशित: १९ कार्तिक २०८३ १२:२६ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
17h ago
यूएईमा ट्रकले २३ वटा गाडीलाई ठक्कर दिँदा १४ जनाको मृत्यु, ३० जना घाइते

यूएईमा ट्रकले २३ वटा गाडीलाई ठक्कर दिँदा १४ जनाको मृत्यु, ३० जना घाइते

संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराहमा अनियन्त्रित ट्रकले २३ वटा सवारीसाधनलाई ठक्कर दिँदा तीन भारतीयसहित १४ जनाको मृत्यु भएको छ। दुर्घटनामा ३० जना घाइते भएका छन्। मृत्यु हुने भारतीयहरू केरलाको म...

#ट्रक #जनाको #त्यु
Compare →
Onlinekhabar
20h ago
धनगढीमा मोटरसाइकल र स्कुटी ठोक्किंदा एकजनाको मृ*त्यु, ५ जना घाइते

धनगढीमा मोटरसाइकल र स्कुटी ठोक्किंदा एकजनाको मृ*त्यु, ५ जना घाइते

२७ कात्तिक, धनगढी । धनगढीमा मोटरसाइकल र स्कुटी एकआपसमा ठोक्किंदा एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–१५ ज्योति आयल स्टोर नजिकै बिहीबार साँझ करिब ७ बजेतिर फूलबारीतर्फ जाँदै गरेको से४प …

#मोटरसाइकल #जनाको #त्यु
Compare →
Ekantipur
1d ago
दाङमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

दाङमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

गढवा–६ परिचोकमा बुधबार राति भएको दुर्घटनामा राप्ती–७ मानपुरका ३० वर्षीय रामकुमार चौधरीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

#मोटरसाइकल #त्यु
Compare →
Arthasansar
18h ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#जनाको #त्यु
Compare →

Related Stories

Technology
Build #2612