Trending
Prev Story
Next Story

गगन थापामाथि प्रतिशोधपूर्ण कदम चालिए प्रतिवाद गर्छौ : उदयशमशेर राणा

Nagarik News •
November 05, 2026 • 07:15 AM
1
1 reads 0 reactions

नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगनकुमार थापामाथि सरकारले प्रतिशोधपूर्ण कदम चाल्दै पक्राउ गर्न खोजे सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन्।

गगन थापामाथि प्रतिशोधपूर्ण कदम चालिए प्रतिवाद गर्छौ : उदयशमशेर राणा

नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगनकुमार थापामाथि सरकारले प्रतिशोधपूर्ण कदम चाल्दै पक्राउ गर्न खोजे सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन्।

बिहीबार ललितपुरको बज्रबाराहीमा आयोजित सरसफाइ तथा फूल रोप्ने कार्यक्रममा बोल्दै राणाले बिचौलिया इनम सापकोटाको बयानका आधारमा थापालाई पक्राउ गर्ने प्रयास भइरहेको दाबी गरे।

उनले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई गैरकानुनी रूपमा पक्राउ गर्न दबाब दिइएको र नमानेपछि पदबाट हटाइएको आरोप लगाए। प्रहरी, सञ्चारमाध्यम र न्यायालयमाथि समेत राजनीतिक हस्तक्षेप बढेको उनको भनाइ थियो।

प्रधानमन्त्रीले तानाशाही प्रवृत्ति अपनाउन खोजेको आरोप लगाउँदै राणाले लोकतन्त्र, विधिको शासन र नागरिक अधिकारको पक्षमा सबै राजनीतिक शक्ति तथा नागरिक एकजुट हुनुपर्ने बताए।

‘सभापति गगनकुमार थापामाथि सरकारले कुनै पनि गलत कदम चाल्यो भने कांग्रेस टुलुटुलु हेरेर बस्दैन,’ उनले भने, ‘त्यस्तो कदमको दृढतापूर्वक प्रतिरोध गर्छौँ।’

प्रकाशित: १९ कार्तिक २०८३ १३:०० बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
6d ago
मोहन बस्नेतको गगन थापामाथि कडा प्रहार: 'ओलीको खुट्टा ढोग्न जानेले देउवालाई भेटे आशीर्वाद पाउँथे'

मोहन बस्नेतको गगन थापामाथि कडा प्रहार: 'ओलीको खुट्टा ढोग्न जानेले देउवालाई भेटे आशीर्वाद पाउँथे'

काठमाडौं - नेपाली काङ्ग्रेसका देउवा समूहका नेता मोहनबहादुर बस्नेतले पार्टी सभापति गगन थापामाथि कडा राजनीतिक प्रहार गर्दै कटाक्ष गरेका छन्। बस्नेतले गगन थापा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई...

#गगन-थापा #थापामाथि #गगन
Compare →
Onlinekhabar
1w ago
गगन थापाको प्रतिवाद– ‘प्रायोजित प्रचारबाजी मेरो वरिपरि ल्याइएको छ’

गगन थापाको प्रतिवाद– ‘प्रायोजित प्रचारबाजी मेरो वरिपरि ल्याइएको छ’

कांग्रेस सभापति गगन थापाले उनीमाथि चलेका अफवाह र राज्यपक्षबाट भइरहेका कामकारबाहीप्रति बिहीबार आफ्नो धारणा राखेका छन् । उनले भिडियोमार्फत् समग्र विषयमा आफ्नो कुरा राखेका हुन्। नेपाली कांग्रेसको आधिकारिकताको विषयमा एउटा हल्लाले अहिले राजनीतिक बजार पिटेको छ …

#गगन-थापा #गगन #प्रतिवाद
Compare →
Ekantipur
1w ago
के गगन थापा पक्राउ पर्दै छन् ?

के गगन थापा पक्राउ पर्दै छन् ?

सादा पोसाकका प्रहरीले कांग्रेस सभापति गगन थापाको निवास र सम्पर्क कार्यालय वरपर रेकी गरिरहेको कांग्रेस नेताहरूले दाबी गरेका छन् ।

#गगन-थापा #गगन
Compare →
Arthasansar
1w ago
गगन थापाको पक्राउ चर्चाबीच कांग्रेसले बोलायो पदाधिकारी बैठक

गगन थापाको पक्राउ चर्चाबीच कांग्रेसले बोलायो पदाधिकारी बैठक

नेपाली कांग्रेसले आज दिउँसो ३ बजेका लागि पदाधिकारी बैठक बोलाएको छ।...

#गगन-थापा #गगन
Compare →

Related Stories

Politics & Governance
Build #2611