Trending
Prev Story
Next Story

५५ वर्षकी तब्बू : रोमान्टिक हिरोइनदेखि रहस्यमयी र एक्शन अवतारसम्म

Onlinekhabar •
November 05, 2026 • 07:30:51 AM
1
1 reads 0 reactions

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank

५५ वर्षकी तब्बू : रोमान्टिक हिरोइनदेखि रहस्यमयी र एक्शन अवतारसम्म

अनलाइनखबर २०८३ कात्तिक १९ गते १२:५८

सन् १९७१ नोभेम्बर ४ मा हैदराबादमा जन्मिएकी तब्बूले १४ वर्षकै उमेरमा देव आनन्दको फिल्म ‘हम नौजवान’बाट अभिनय यात्रा सुरु गरेकी थिइन् । उनको वास्तविक नाम तबस्सुम फातिमा हाश्मी हो । देव आनन्दले नै उनलाई ‘तब्बू’ नाम दिएका थिए ।

‘जीत’, ‘साजन चले ससुराल’ र ‘बोर्डर’ जस्ता फिल्मबाट दर्शकमाझ चिनिएकी तब्बूले सन् १९९६ मा ‘माचिस’बाट आफ्नो अभिनयको फरक पक्ष देखाइन् । पञ्जाबको द्वन्द्वमा आधारित फिल्ममा वीरोको भूमिका निभाएकी उनले यही फिल्मबाट पहिलो राष्ट्रिय चलचित्र पुरस्कार जितिन् ।

‘अस्तित्व’मा महिला स्वतन्त्रताको प्रश्न उठाउने पात्रदेखि ‘चाँदनी बार’मा संघर्षरत बार डान्सरसम्मका भूमिका उनले जीवन्त बनाइन् । ‘चाँदनी बार’बाट दोस्रो राष्ट्रिय चलचित्र पुरस्कार जितिन् । ‘मकबूल’मा नकारात्मक छायाँ भएको चरित्र निभाएर उनले आफ्नो अभिनयको अर्को आयाम देखाइन् ।

तब्बूको अभिनय यात्रा भारतीय सिनेमामा मात्रै सीमित रहेन । सन् २००६ मा उनले हलिउड फिल्म ‘द नेमसेक’मा काम गरिन् । भारतीय मूलकी महिलाको भूमिका निर्वाह गरेकी उनले परिवार, सम्बन्ध र सांस्कृतिक पहिचानबीचको द्वन्द्वलाई स्वाभाविक अभिनयमार्फत प्रस्तुत गरेर अन्तर्राष्ट्रिय दर्शकमाझ पनि पहिचान बनाइन् ।

सन् २०१४ को ‘हैदर’मा गजाला मीर बनेर प्रशंसा बटुलेकी तब्बू ‘दृश्यम’मा कठोर प्रहरी अधिकारीका रूपमा देखिइन् । ‘दृश्यम २’मा पनि यही भूमिका दोहोर्‍याइन् । पारिवारिक द्वन्द्वदेखि अपराध अनुसन्धानसम्मका फरक चरित्रमा उनले आफ्नो अभिनय क्षमता प्रमाणित गरिन् ।

‘गोलमाल अगेन’मा हास्यरस र ‘अन्धाधुन’मा रहस्यमयी सिमीको भूमिकामा देखिएकी तब्बूले आफूलाई एउटै छविमा सीमित राखिनन् । रोमान्स, बोल्ड, गम्भीर, हास्य र एक्शनसम्मका भूमिकामा देखिएकी उनी आज पनि फरक चरित्र रोज्ने अभिनेत्रीका रूपमा चिनिन्छिन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Nagarik News
1w ago
तब्बूको जन्मदिनमा फ्यानहरूलाई विशेष उपहार सार्वजनिक भयो अभिनेत्रीको पहिलो लुक

तब्बूको जन्मदिनमा फ्यानहरूलाई विशेष उपहार सार्वजनिक भयो अभिनेत्रीको पहिलो लुक

फिल्म ‘किङ १००’ मा तब्बू ‘महन्ती झाँसी रानी’ को भूमिकामा देखिनेछिन्।

#तब्बू #फिल्म
Compare →

Related Stories

World News
Build #2611