Trending
Prev Story
Next Story

सरकारलाई आङदेम्बेको प्रश्न : १७ महिना कार्यकाल बाँकी छँदै आईजीपी हटाउनुपर्ने बाध्यता किन ?

Nagarik News •
November 05, 2026 • 05:37 AM
1
1 reads 0 reactions

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रहरी महानिरीक्षक (आईजीपी) लाई कार्यकाल बाँकी छँदै हटाउनुपर्ने बाध्यताबारे सरकारसँग प्रश्न गरेका छन्।

सरकारलाई आङदेम्बेको प्रश्न : १७ महिना कार्यकाल बाँकी छँदै आईजीपी हटाउनुपर्ने बाध्यता किन ?

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रहरी महानिरीक्षक (आईजीपी) लाई कार्यकाल बाँकी छँदै हटाउनुपर्ने बाध्यताबारे सरकारसँग प्रश्न गरेका छन्।

उनले वर्तमान सरकारको प्राथमिकता १७ महिना कार्यकाल बाँकी रहेका प्रहरी प्रमुखलाई हटाउनेमा केन्द्रित भएको भन्दै अहिले देशको राष्ट्रिय आवश्यकता नै आईजीपी परिवर्तन गर्नु हो कि होइन भन्दै प्रश्न गरेका हुन्।

सामाजिक सञ्जालमार्फत आङदेम्बेले भोटेकोशी र बूढीगण्डकी बाढीबाट नागरिक पीडित रहेको, विस्थापित सुकुम्बासीको अवस्था बेहाल रहेको र महँगीले जनजीवन आक्रान्त बनेको उल्लेख गरेका छन्। देश गम्भीर संकटतर्फ अघि बढिरहेको अवस्थामा सरकारले प्रहरी प्रमुख हटाउनुलाई प्राथमिकता दिएको उनको भनाइ छ।

उनले आईजीपीलाई कुन तथ्य र प्रमाणका आधारमा हटाइएको हो भन्ने प्रश्न गर्दै सरकारसँग जवाफ मागेका छन्।

‘सरकारका प्रवक्ता पार्टीको निर्देशनमा हटाइएको भन्छन्। तर, रास्वपाकै प्रवक्ता पार्टीको निर्देशन नभएको बताउँछन्। आखिर सरकार कसको निर्देशनमा चलिरहेको छ? सिंहदरबार र बालुवाटारमा कस्तो रमिता चलिरहेको हो?’ उनले प्रश्न गरेका छन्।

आङदेम्बेले अनुसन्धानका लागि प्रहरीले बरामद गरेको एक बिचौलियाको मोबाइल प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारको घरमा पुगेको विषयलाई पनि गम्भीर रूपमा उठाएका छन्।

‘अनुसन्धानका लागि बरामद गरिएको मोबाइल त्यहाँ किन पुग्यो? मोबाइलमा भएको के मेटाउनु थियो?’ उनले प्रश्न गरे।

जनताले ठूलो आशा र अपेक्षासहित वर्तमान सरकारलाई मत दिएको उल्लेख गर्दै उनले त्यो मत सुशासन कायम गर्न, भ्रष्टाचार अन्त्य गर्न र जनताको जीवन बदल्नका लागि भएको बताएका छन्। सत्ता र शक्तिको दुरुपयोग गर्न तथा प्रहरी प्रशासनलाई आफ्नो नियन्त्रणमा राख्न जनताले मत नदिएको उनको भनाइ छ।

‘अनेक तानाबाना र षड्यन्त्रको जालो बुनेर आईजीपी हटाउनु गलत छ। यो सुशासन होइन, शक्ति प्रदर्शन हो,’ आङदेम्बेले भनेका छन्।

प्रकाशित: १९ कार्तिक २०८३ ११:२२ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
6d ago
शाकिब अल हसनले एनपीएलका बाँकी खेल नखेल्ने

शाकिब अल हसनले एनपीएलका बाँकी खेल नखेल्ने

२१ कात्तिक, काठमाडौं । बंगलादेशका स्टार अलराउन्डर शाकिब अल हसनले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका बाँकी खेल नखेल्ने भएका छन्। पोखरा एभेन्जर्स र शाकिबबीच आपसी छलफलपछि उनले प्रतियोगिताका बाँकी खेलमा सहभागी नहुने निर्णय भएको …

#बाँ
Compare →
Hamro Patro News
6d ago
प्रहरी नेतृत्वमा दुई आईजीपी भएको दानबहादुर कार्कीको दाबी

प्रहरी नेतृत्वमा दुई आईजीपी भएको दानबहादुर कार्कीको दाबी

काठमाडौं : प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले सरकारको निर्णयले प्रहरी संगठनमा दुई जना आईजीपीस्तरका पदाधिकारी सिर्जना गरेको दाबी गरेका छन् । सरकारले आफूलाई आईजीपीबाट हटाएर...

#आईजीपी
Compare →
Ekantipur
1w ago
निवर्तमान आईजीपी दानबहादुर कार्कीले सर्वोच्चमा दर्ता गराएको रिटमा के छ ?

निवर्तमान आईजीपी दानबहादुर कार्कीले सर्वोच्चमा दर्ता गराएको रिटमा के छ ?

प्राकृतिक न्यायको सिद्धान्तविपरीत आफूलाई स्पष्टीकरण दिने अवसरसमेत नदिई सरकारले आफूलाई हटाएको दाबी रिटमा गरिएको छ । हेर्नुहोस् रिटको पूर्णपाठ :

#आईजीपी
Compare →

Related Stories

Politics & Governance
Build #2611