काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले १७ महिना कार्यकाल बाँकी छँदै प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको कदमको आलोचना गरेका छन् । आङ्देम्बेले नागरिक बाढीपहिरो, विस्थापन र महँगीको मारमा परिरहेका बेला सरकार भने प्रहरी नेतृत्व परिवर्तनमा केन्द्रित भएको भन्दै असन्तुष्टि पोखेका हुन् ।
‘के अहिले देशको राष्ट्रिय आवश्यकता नै आईजीपी परिवर्तन गर्नु हो ? भोटेकोशी र बूढीगण्डकी बाढीले नागरिकहरू पीडामा छन् । विस्थापित सुकुम्बासीको बेहाल छ । महँगीले जनजीवन आक्रान्त छ । देश गम्भीर संकटतिर फस्दैछ । तर, सरकारको प्राथमिकता आईजीपी हटाउनेमा भयो,’ उनले बिहीबार भनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( nepalviews.com )