तोकिएको समयमा काम नगरी अलपत्र पारेका पूर्वाधारसँग सम्बन्धित करिब दुई सय आयोजनाको ठेक्का सरकारले तोडेको छ। पूर्ववर्ती सुशीला कार्की नेतृत्वको सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले आक्रामक रूपमा सुरु गरेको ठेक्का तोड्ने प्रक्रियालाई वर्तमान सरकारले पनि निरन्तरता दिएको हो। कार्की नेतृत्वको सरकारभन्दा अघि पनि कानुनबमोजिम ठेक्का तोडिँदै आएको थियो।
ठेकेदारले तोकिएको समयभित्र काम सम्पन्न नगरेका सडक पूर्वाधारसँग सम्बन्धित १७२ वटा, स्थानीय पूर्वाधार विकाससँग सम्बन्धित ६ वटा, सिँचाइका १६ वटा ठेक्का तोडिएको जानकारी विभागीय मन्त्रालयहरूले दिएका छन्। विगतका वर्षमा फाट्टफुट्ट ठेक्का तोड्ने गरिएकोमा अघिल्लो वर्षदेखि यो प्रक्रियालाई तीव्रता दिइएको छ।
Read full story at source ( nagariknews.nagariknetwork.com )