Trending
Prev Story
Next Story

अन्यायविरुद्व पाँच पाण्डवको विद्रोह

Hamro Patro News •
November 05, 2026 • 03:53 AM
1
1 reads 0 reactions

फिल्मको विषयवस्तुलाई लिएर गरिएका विभिन्न अड्कलबाजी, चर्चा, आलोचना र विरोधका बीच पाँच पाण्डवको केही कथावस्तु झल्कने गरी मंगलवार राजधानीमा आयोजित एक समारोहबीच यसको दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ। य...

1 / 2
Swipe Photos

फिल्मको विषयवस्तुलाई लिएर गरिएका विभिन्न अड्कलबाजी, चर्चा, आलोचना र विरोधका बीच पाँच पाण्डवको केही कथावस्तु झल्कने गरी मंगलवार राजधानीमा आयोजित एक समारोहबीच यसको दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ। यसअघि सार्वजनिक ट्रेलरमा भन्दा दोस्रो ट्रेलरमा फिल्मका मुख्य पात्र र उनीहरूको भूमिका प्रस्ट्याउने प्रयास गरिएको छ।

दोस्रो ट्रेलरको केन्द्रमा अभिनेता हरिवंश आचार्य छन्। पूरै ट्रेलर उनकै वरपर घुमेको छ। पृथ्वीमा रहेका आप्mना भाइहरू दु:खी रहेको भन्दै पृथ्वीलोकमा आइपुगेका युधिष्ठिर अर्थात् हरिवंश समस्यामा परेका भाइहरूलाई कसरी छुटकारा दिलाउने भन्ने अभियानमा देखिन्छन्। हरिवंशले भीम, अर्जुन र सहदेव भन्दै नामकरण गरेर आप्mना चार भाइ बनाइरहेका छन्। उनी विभिन्न समस्यामा परेकाहरूलाई सहयोग गर्दै हि“ड्छन्। अन्याय र विकृतिविरुद्ध उभिएका हरिवंश समस्यामा परेकाहरूको उद्धारकर्ताका रूपमा देखिन्छन्। छोटा कपडा लगाएर क्यासिनोमा देखिएकी युवतीलाई आङ ढाकिदिने दृश्यले सभ्य समाज निर्माण गर्ने उनको उद्देश्यलाई संकेत गर्छ। अन्याय, हिंसा र अत्याचारविरुद्ध पा“च भाइ मिलेर गर्ने संघर्ष र विद्रोहलाई ट्रेलरमा प्रस्तुत गरिएको छ। फिल्मको मुख्य कथ्य र हुक लाइन पनि यही रहेको ट्रेलरले संकेत गर्छ। फिल्मले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेबाट यसको विषयवस्तुमा समस्या नभएको पनि प्रष्ट भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् ( newsofnepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1w ago
फिल्म ‘पाँच पाण्डव’ तोकिएको मितिमै रिलिज हुने

फिल्म ‘पाँच पाण्डव’ तोकिएको मितिमै रिलिज हुने

सञ्चारमन्त्री विक्रम तिमल्सिनाले भने- ‘चलचित्रले संस्थागत रूपमा अनुमति पाइसकेपछि सहज रूपमा प्रदर्शन हुनुपर्छ र सर्जकको सिर्जनालाई सम्मान गर्दै उनीहरूको प्रदर्शन गर्ने अधिकारको संरक्षण गरिनुपर्छ ।’

#पाण्डव #फिल्म
Compare →
Onlinekhabar
1w ago
सेन्सरले पास गरिसकेको ‘पाँच पाण्डव’को प्रदर्शन रोक्न  गृह मन्त्रालयको ठाडो आदेश

सेन्सरले पास गरिसकेको ‘पाँच पाण्डव’को प्रदर्शन रोक्न गृह मन्त्रालयको ठाडो आदेश

सबै कुरा ठीकठाक हुँदो हो त यतिबेला ‘पाँच पाण्डव’ टिम प्रचारप्रसारको अन्तिम तयारीमा जुटिरहेको हुन्थ्यो । किनभने, आउँदो शुक्रबारदेखि फिल्म प्रदर्शन हुँदै थियो । केन्द्रिय चलचित्र जाँच समितिले यो फिल्म सार्वजनिक रूपमा प्रदर्शन गर्न कुनै …

#पाण्डव #फिल्म
Compare →
Nagarik News
6d ago
धार्मिक आवरणभित्र अल्झिएको ‘पाँच पाण्डव’ को धरातल

धार्मिक आवरणभित्र अल्झिएको ‘पाँच पाण्डव’ को धरातल

प्रदर्शनपूर्व नै विवादको घेरामा ताबनिएको चलचित्र ‘पाँच पाण्डव’ अन्ततः शुक्रबारदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आएको छ।

#पाण्डव
Compare →

Related Stories

Technology
Build #2612