Trending
Prev Story
Next Story

जेन्जी आन्दोलन र बाढीपहिरोले व्यवसाय थला पर्‍यो, सरकारको सुस्तताले अर्थतन्त्र उकासिएन - उपाध्यक्ष श्रेष्ठ

Arthasansar •
October 02, 2026 • 12:35 PM
1
1 reads 0 reactions

पछिल्लो समय बाढी पहिरोका मारमा देश छ । दशैँको मुखैमा आएको विनासकारी बाढी र पहिरोका कारण ठूलो मात्रामा जनधनको क्षति...

जेन्जी आन्दोलन र बाढीपहिरोले व्यवसाय थला पर्‍यो, सरकारको सुस्तताले अर्थतन्त्र उकासिएन - उपाध्यक्ष श्रेष्ठ

पछिल्लो समय बाढी पहिरोका मारमा देश छ । दशैँको मुखैमा आएको विनासकारी बाढी र पहिरोका कारण ठूलो मात्रामा जनधनको क्षति भएको छ । बाढी पहिरोको प्रभाव, सरकारको काम र व्यवसायको अवस्थाका विषयमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठसँग अर्थसंसारका महेन्द्र शाहीले गरेको कुराकानीको सम्पादित अंश :

पछिल्लो समय रसुवामा महा विपत्ति नै आयो । पछिल्ला दिनहरुमा आएको बाढीका कारण निकै अवस्था गम्भीर रहेको छ । बाढी पहिरोले गर्दा देशको अवस्था निकै जर्जरपूर्ण अवस्थामा छ । यो बेला व्यवसायी र व्यवसायको अवस्था चाहिँ कस्तो छ ?

अहिले व्यवसायको अवस्था निकै कमजोर अवस्थामा रहेको छ । अझ भनौ अहिले व्यवसाय थला परेको अवस्था छ । अहिलेको अवस्थामा हाम्रो अर्थतन्त्र पनि निकै संकुचनमा रहेको छ । अर्थतन्त्र चलायमान छैन, आर्थिक चलायमान छैन । ४०–४५ प्रतिशतमा मात्रै उद्योग कलकारखानाहरु चलिरहेका छन् । यस्तो अवस्थामा व्यवसायीहरुलाई बैंकको ब्याज, किस्ता बुझाउनलाई पनि गाह्रो अवस्थामा छ ।

एकातिर केही पहिले भएको जेन्जी मुभमेन्टको पनि प्रभाव पर्‍यो । त्यो भन्दा अगाडि कोभिडको प्रभावहरु थियो । भूकम्पको प्रभावहरु थुप्रै हामीले पार गर्दै आयौं । तर, अब यो जेन्जी आन्दोलन पछि देशमा चाहिँ अब नयाँ सरकार बन्यो । सरकार बनेपछि हामी ठुलो अपेक्षा गर्या थियौं । सरकारबाट अनि यो युवाहरुले देश चलाउन आएका पढेलेखेकोहरु हुन् । अब सबै सुशासन हुन्छ, राम्रो हुन्छ सोचेको थियौँ । निजी क्षेत्रले पनि ठूलो आश गरिएको थियो । तर, सरकार कहाँ निर चुक्यो, चुक्यो । सरकार कता कता चुकेको छ । अब सरकारले चाहिँ ठ्याक्कै डेलिभरी दिन सकेको छैन । यसको मतलब रिजल्ट आउने कामहरु चाहिँ अलि त्यति भएको छैन भन्ने हो । त्यसैले गर्दा समग्र निजी क्षेत्रहरु बारम्बार सरकारलाई घचघच्याइहेका छौँ । अब यो भन्दा पनि तल गयो भने अझै गाह्रो हुन्छ भनेर हामीहरुले भनिरहेका छौँ । अब सरकारले पनि गर्ने प्रयास गरिरहेको भनिरहेको छ । अब कहाँ निर के तालमेल मिलेको छैन, के भाछ, अर्थतन्त्र चाहिँ सुधार गर्न अलिकति माथि आउन सकेको छैन् ।

अहिले तपाईंले भने अनुसार सरकारले गरिरहेको भनेको छ । त्यसपछि निजी क्षेत्रले चाहिँ काम भएको अनुभूति गरिराखेको अवस्था छैन । बाढी पहिरोको उद्धारमा केन्द्रीत हुँदा सरकारले काम गर्न नसकेको पनि हो कि ?

यस्तो अवस्था पनि हैन । सरकार एक महिना त राहतमा केन्द्रीत भयो । तर, सरकार भनेको ६ महिना भइसक्यो । ५ महिना त हामीले अझै पनि त्यो टाइम लियौँ । किनभने सरकारले अब १०० दिनमा पनि धेरै परिवर्तन गर्न सक्ने अवस्थाहरु हुन्थ्यो । किनभने उहाँहरु अहिले दुई तिहाइको सरकारमा हुनुहुन्छ । उहाँहरुको कुनै पनि विधेयक पास गर्नको लागि कुनै पनि बिल पास गर्नको लागि उहाँहरुलाई कुनै गाह्रो छैन । त्यसकारणले गर्दाखेरि निजी क्षेत्रले मागेको कुराहरु जस्तै आर्थिक अवस्थालाई चलायमान गर्न अब अलिकति विकास बजेटहरु चाहिँ फ्लो गर्नु पर्यो । हामीले बारम्बार भन्दै आएको कुरा पनि यहि हो । त्यस्तै भ्याटको दरमा चाहिँ अलिकति हेरफेर गर्नु पर्यो । अहिले खानेकुरालाई पनि त्यही १३ प्रतिशत अनि अलि बहुमुल्यलाई पनि १३ प्रतिशत छ । त्यो भएन् । भन्सारमा पनि अलि परिवर्तन भएको छैन । जसले गर्दाखेरि उच्च दरको भन्सारले गर्दा पनि चोरी पैठारीहरु अझै बढिरहेको छन् ।

अब घरजग्गाको अवस्था त्यही छ, सबै शिथिल छ, घरजग्गा सुस्ताएको छ । सबै हदबन्दीको कारणले गर्दाखेरि ठुल्ठुला उद्योगहरुले जमिनहरु अधिग्रहण गर्न सकेको छैन । त्यस्तै अब हाइड्रोपावरको कुरा गर्ने हो भने अब नेपालले इन्डियालाई हाइड्रोपावर नबेचीकन यहाँ हाइड्रोपावर बन्नेवाला छैन । बाढी पहिरोले गर्दा अब एक हजार मेगावाट लस भयो । १ हजार मेगावाट लस नहुने हो भने हामी सरप्लसमा हुन्थ्यौं । कतिपय हाइड्रोपावर त सटडाउन पनि गर्ने अवस्था थियो । त्यसकारणले गर्दाखेरि अहिले नेपालमा चाहिँ ४ हजार मेगावाट जतिको फ्लो छ । अब त्यो भन्दा अहिले हामी १२ हजार १५ हजारको कुरा गर्छौं । त्यो ८ हजार मेगावाट त हामीले भारतमा नै बेच्नुपर्छ । नभए देखि यो हाइड्रोपावरमा लगानी गरेको पनि अलिकति अवस्था चिन्ताजनक नै होला जस्तो छ ।

कोभिड पछिको जुन अवस्था थियो हामीसँग, त्यो बेला चाहिँ बैंकको ब्याजदर एकदम माथिल्लो बिन्दुमा पुगेको थियो । त्यो कारणले व्यवसाय गर्ने वातावरण नै छैन भन्ने गरिन्थ्यो । अहिले बैंकमा तरलता पर्याप्त छ । बैंकको ब्याजदर पनि कम छ । तर, लगानी नहुनुको कारण चाहिँ केलाई मान्नुहुन्छ ?

मैले अघि नै भनेँ कि अब ४० देखि ४५ प्रतिशतको हाराहारीमा उद्योग चलिरहेको छ । पूर्ण क्षमतामा उद्योग चल्न सकेको छैन । यस्तो अवस्थामा व्यवसायीले अर्को नयाँ उद्योग कसरी खोल्ने ? कसरी ऋण लिने ? एउटा उद्योग चलेपछि त्यो अर्को उद्योग खोल्ने भन्दा खेरि ऋण लिन जाने हो । अनि त्यो भन्दा ठुलो कुरा अर्को के भयो भन्दाखेरि अब जेन्जी मुभमेन्टले निजी क्षेत्रको व्यवसायमा ८ घण्टा भित्र अर्बौं खर्बौं रुपैयाँको क्षति पुग्यो । त्यस्तो अवस्थामा रिक्स लिएर फेरि लगानी कसरी हुनु सक्छ ? त्यसको जिम्मेवार कसले लिने ? सरकारले लगानीको सुरक्षित कानुन ल्याउनु पर्यो । जहिले पनि आन्दोलन हुने, खाली निजी क्षेत्रलाई प्रहार गर्ने, निजी क्षेत्रको ठुल्ठुला घरदेखि उद्याग जलाउने काम गरेको छ । त्यस्तै होटल जलाउने । देशलाई चाहिँ आर्थिक चलायमान गर्ने त निजी क्षेत्र हो नि ? आन्दोलन हुँदा निजी क्षेत्रलाई प्रहार गर्दा लगानीको वातावरण बिग्रिन्छ ।

जेन्जी मुभमेन्टले गर्दा हामीलाई एउटा खालको असर गरेको थियो । अब नेपालमा पर्यटन चाहिँ एकदम राम्रो सम्भावना भएको देश हो । होटल क्षेत्रमा पनि आक्रमण भएको थियो । अब अहिले फेरि बाढी पहिरो आयो । यसले चाहिँ पर्यटन क्षेत्रमा कत्तिको असर पुगेको छ ?

पर्यटन क्षेत्रमा एकदमै ठूलो असर परेको छ । अहिले म आफैँ पनि होटल व्यवसायी भएको हिसाबले अर्बौं रुपैयाँ लगानी भइसक्यो होटेल सेक्टर । हाम्रो होटल व्यवसाय तपाईंले भनेको जस्तो राम्रो सम्भावना भएको क्षेत्र हो । १.२ मिलियन सम्म पुगिसक्या थियो । राम्रो भइसक्या थियो । अब त्यो जेन्जी आन्दोलन पछि होटेलहरु जलाइयो । अलिकति सुरक्षित छैन भन्ने कुरा विदेशीहरु पनि परेको छ । त्यो बेला होटेलमा मान्छे पनि मरे । हायतमा त इन्डियन एउटा गेस्ट पनि हाम फालेर मरे । त्यसले नेगेटिभ न्युज विश्व बजारमा गएको छ । फेरि अहिले अब बाढी पहिरो आयो । बाढी आउँदा खेरि पनि नेपालभरि नै बाढी आएको जस्तो न्युज गयो । हाम्रोमा बाढीले रसुवा, नुवाकोट लगायत केही जिल्लामा मात्र असर गरेको थियो । तर, पुरै नेपाल भर नै समस्या भए जस्तो गरि समाचार आयो । नेपालमा बाढीको एकदमै ठूलो जोखिम छ त्यहाँ भिजिट गर्न हुँदैन भन्ने किसिमको एउटा नेगेटिभ समाचार गएको छ । त्यो कुरालाई चिर्नका लागि पर्यटन बोर्डले अब बिबिसी सिएनएन मार्फत अथवा नेपालका विदेशमा रहेको हाम्रो एम्बेसीहरु मार्फत सकारात्मक समाचार प्रवाह गर्नु पर्ने छ ।

नेपालमा भजिट गर्न सुरक्षित छ भनेर भन्नुपर्ने अवस्था छ । अर्को अवस्था भनेको हाम्रो सडकहरु जिर्ण भएकका छन् । त्यसलाई चाहिँ अलिकति फास्ट ट्रयाकमा छिटो छिटो बनाउनु पर्यो । अहिले काठमाडौँबाट मुग्लिनसम्मको बाटो एकदमै खराब छ । जसले गर्दा खेरि हामी नारायणघाटसम्म पनि मुग्लिन नारायणघाट राम्रै छ । मुग्लिन पोखरा राम्रो छ । तर, त्यो बाटोले गर्दा खेरि पनि पर्यटकहरुलाई त्यहाँ दुःख भइरहेको छ । अर्को कुरा भनेको हामीले मुस्ताङलाई हामीले डेभलप गर्यौं । त्यस्तै गरी अरु अरु पर्यटनको गन्तव्यहरु विस्तार गर्नुपर्छ । त्यसमा रारा होला, खप्तड होला । अरु धेरै एउटा हामीले क्षेत्रहरुमा हामी विकास गर्नुपर्छ । किनभने नेपालमा पर्यटकहरु आउँछन् । उनीहरु खाली पोखरा, चितवन, भक्तपुर, ललितपुर त्यति मात्र घुमेर जान्छन् । अब उनीहरु दोहोर्याएर आउनलाई ‘अब मैले यो दुइटा तीनटा सहर घुमिसकेँ अब म नेपालमा गएर अर्को नयाँ एउटा डेस्टिनेसन जान्छु’ भन्ने कुरा नै छैन । त्यो भएकाले हामीहरुले पूर्वाधार विकास गर्नुपर्छ । त्यसकारणले गर्दाखेरि हामीले होलिडे डेस्टिनेसनहरुको लागि विकास गर्नुपर्छ । यो काम सरकारले गर्ने हो । पर्यटकका लागि अर्को कुरा भनेको हाम्रो हवाई भाडा हो । किनभने नेपालमा आउने हवाई भाडा एकदम महँगो छ । नेपाल आउँदा लाग्ने हवाइ भाडा भन्दा ५० प्रतिशत कममा पर्यटकहरु बाली पुग्नुहुन्छ, थाइल्याण्ड पुग्नुहुन्छ । नेपालमा २ हजार डलरले पे गर्नुपर्छ एउटा टु वे को टिकटका लागि । तर, पर्यटकहरुले अहिले १ हजार डलरमा बाली र थाइल्याण्डमा मज्जाले यात्रा गर्न पाइरहेका छन् । त्यसकारणले गर्दाखेरि सरकारले पनि टिकटमा भ्याट लगाउने हो भने पर्यटक नेपाल आउन गाह्रै छ ।  सरकारले भ्याट हटाएर हुन्छ कि अथवा हामीले बढी भन्दा बढी चाहिँ एअरलाइन्सहरुलाई नेपालमा ल्याउनु पर्छ ।  त्यसले गर्दा हवाइ भाडा सस्तो हुन्छ । अहिले नेपालमा होटलको रेट त सस्तो छ । विदेश भन्दा नेपालमा एकदमै सस्तो छ । होटलहरु पनि राम्रा राम्रा छन् । हामीहरुकहाँ होटलको कमी छैन । मुख्य कुरा पूर्वाधार बन्नु पर्यो र हामीले फ्रेड हैन एअर फ्रेड चाहिँ हाम्रो हुनु पर्छ । एअरपोर्टमा अलि बढी भन्दा बढी अन्तराष्ट्रिय एअरलाइन्सहरु ल्याण्ड गर्न सक्ने व्यवस्था र उनीहरुलाई हामीले स्वीकृति दिन सक्ने ल्यान्डिङ पर्मिसनहरु दिनु पर्ने हुन्छ ।

हामी अहिले दशैंको मुखैमा छौं । बाढी पहिरोले छिन्नभिन्न भएको अवस्था छ । हामीहरुले पेट्रोल, डिजेल, ग्यासहरु सबै आयात गर्नुपर्ने हुन्छ । तपाईंले अघि भन्नुभएको कृष्णभिरमा पहिरो गएको छ । त्यहाँ बाटो बनिरहेको अवस्था छैन । यो अवस्थामा यो पटकको दशैंमा चाहिँ व्यवसायीहरुको अवस्था कस्तो हुने अनुमान छ ?

अहिले अलिकति निराशाजनक नै अवस्था छ । अहिले चाइनाको सबै नाका बन्द जस्तै छन् । अब हामीले कोदारी एउटा विकल्प छ । त्यसलाई अब सरकार मार्फत हामीले धेरै प्रयास गरिराछौं । कोदारीको चाहिँ यो खासाको एउटा नाका खुल्यो भने त्यहाँबाट सामान आउन सक्छ । अब रसुवामा नुवाकोटमा अहिले सम्भवै छैन । अब हाम्रो मुस्ताङको पनि अलि गाह्रो छ भन्ने सुनेको छु । टाढा पनि छ । ४०० किलोमिटर जति टाढा छ भनेपछि अलि टाढा पर्छ । त्यसकारणले गर्दा सकेसम्म चाँडै गर्नुपर्यो । अर्को कुरा अब बजारमा जुन कृत्रिम अभाव सिर्जना भएको देखिन्छ त्यसलाई चाहिँ सरकारले अनुगमन गरेर नियन्त्रण गर्नु पर्छ । हामीले पनि हाम्रो निजी क्षेत्रका मेम्बरहरुलाई पनि त्यसै अनुसारको निर्देशन दिएका छौँ ।  ‘अनावश्यक रुपमा मूल्यवृद्धि नगर्नु, कृत्रिम अभाव नगर्नु, सबैलाई राम्रो सेवा गर्नु, उपभोक्तालाई चाहिँ नठग्नु,’ भनेर हामीले पनि भनिरहेका छौँ ।  समग्रमा विपतका घटना घटेकोले यसपालिको दशैं त्यति राम्रो होला जस्तो लाग्दैन । अझैँ पनि १५–२० दिन बाँकी छ केही होला कि ।

अघिल्ला वर्षहरुमा चाहिँ के हुन्थ्यो भने दशैं तिहारमा चाहिँ व्यवसाय अरु बेला भन्दा बढी हुने गरेको थियो । विपत्त लगायतका कारणले यो वर्ष व्यापार व्यवसायमा कस्तो असर पर्ला ?

अहिले पहिलेको जस्तो व्यवसाय हुन्दैन । अहिले सबै निरुत्साहित छन् । त्यति चहलपहल छैन । बसपार्क तिर हेर्यो भने अग्रिम बुकिङको चहलपहल छैन । अब सबै जना अलि निराशमै छन् । मेरो विचारमा यसपालि अब गाउँतिर जाने बाटोहरु पनि धेरै बिग्रेकोले पोहोर परार त झण्डै १० लाख १५ लाख नै नेपालीहरु चाहिँ उपत्यका छाड्ने गरेका थिए । यसपालि त्यो आँकडा चाहिँ नहोला कि भन्ने अनुमान गरेको छौं ।

अघिल्ला वर्षहरुमा चाहिँ त्यत्रो मान्छेहरु जान्थे । अहिले बाटोको समस्याका कारणले गर्दा उनीहरु काठमाडौंमै बस्दाखेरी अथवा उपत्यकामै बस्दाखेरी खाद्यान्न, इन्धन, ग्यासको चाहिँ अभाव हुने चुनौती पनि थपिएला नि है ?

अहिले इन्धन ग्यासको अवस्था केही सहज हुँदै गइरहेको छ । अभाव भन्दा पनि अहिले अलिकति महँगो चाहिँ बढी भाछ । अलिकति त्यसलाई चाहिँ नियन्त्रण गर्न सकियो भने धेरै गाह्रो नहोला । अब काठमाडांँमा त्यति समस्या चाहिँ नहोला जस्तो लाग्छ । तपाईंले भनेको जस्तै अहिले जुन बाटोको अवस्था खराब भएकोले स्थल मार्ग भएर जानका लागि धेरै गाह्रो अवस्था छ । यो अवस्थामा हवाई भाडा पनि अलि महँगो छ । पहिला ४ हजार ४५ सयले रुपैयाँमा हामी पोखरा जान्थ्यौँ भने अहिले ६ हजार देखि ६५ सय जति छ । सबैतिर हवाई भाडा पनि बढेको छ । त्यसकारणले गर्दाखेरि अलिकति सहज स्थिति चाहिँ मैले देख्दिनँ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
8h ago
छठको समाजशास्त्र : जातीय विभेद, महिला श्रम र सीमान्त समुदायको अर्थतन्त्र

छठको समाजशास्त्र : जातीय विभेद, महिला श्रम र सीमान्त समुदायको अर्थतन्त्र

अस्ताउँदो र उदाउँदो सूर्यको उपासना गर्दै प्रकृतिको आभार प्रकट गरिने लोकआस्थाको महापर्व छठ आज प्रथम दिन‘नहाय—खाय’ का साथ सुरु भएको छ । चार दिनसम्म चल्ने यो कठोर अनुष्ठानमा साधकहरूले प्रथम दिन पवित्र स्नान गरी चोखो …

#अर्थतन्त्र
Compare →
Nagarik News
12h ago
दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएपछि होटल व्यवसाय प्रभावित

दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएपछि होटल व्यवसाय प्रभावित

दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएर आवामन रोकिएपछि पुल वारिपारितर्फका होटल व्यवसाय धरासायी बनेका छन्।

#व्यवसाय
Compare →

Related Stories

Business & Economy
Build #2611