Trending
Prev Story
Next Story

देश प्रधानमन्त्रीले होइन, सल्लाहकारको ‘भूमिगत गिरोह’ ले चलाइरहेको छ: महामन्त्री राणा

Nagarik News •
November 04, 2026 • 03:53 PM
1
1 reads 0 reactions

नेपाली कांग्रेसका महामन्त्री उदय शमशेर राणाले देश प्रधानमन्त्री र मन्त्रीले नभई सल्लाहकारहरूको ‘भूमिगत गिरोह’ ले चलाइरहेको आरोप लगाएका छन्।

देश प्रधानमन्त्रीले होइन, सल्लाहकारको ‘भूमिगत गिरोह’ ले चलाइरहेको छ: महामन्त्री राणा

नेपाली कांग्रेसका महामन्त्री उदय शमशेर राणाले देश प्रधानमन्त्री र मन्त्रीले नभई सल्लाहकारहरूको ‘भूमिगत गिरोह’ ले चलाइरहेको आरोप लगाएका छन्।

बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फन्ट्रलाइन’ मा नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीसँग कुराकानी गर्दै उनले राज्य संयन्त्र पूर्ण रूपमा ‘प्यारालाइज्ड’ भएको दाबी गरे।

पञ्चायतकालमा जस्तै अहिले पनि पर्दा पछाडिबाट राज्य सञ्चालन भइरहेको महामन्त्री राणाको भनाइ छ। ‘पञ्चायतकालमा भूमिगत गिरोहले देश चलाउँथ्यो, त्यतिबेला त्यसको नेता ज्ञानेन्द्र शाह हुन् भनिन्थ्यो,’ उनले भने, ‘अहिले भूमिगत गिरोहको नेता को हो भनेर तपाईं हामीले खोज्नुपर्ने बेला आएको छ।’

मन्त्रालयका सचिव र आधिकारिक कर्मचारीलाई बाइपास गरेर प्रधानमन्त्री कार्यालय र मन्त्रालयहरूमा राखिएका ८-१० जना सल्लाहकारले सबै निर्णय गरिरहेको उनले बताए।

‘देश प्रधानमन्त्रीले पनि चलाउनुभएको छैन, कर्मचारीले पनि चलाएका छैनन्,’ राणाले थपे, ‘पर्दा पछाडि को छ ? कहिले मोबाइल गायब गर्ने, कहिले कल बाइपास गर्ने जस्ता क्रिमिनल माइन्ड भएका मान्छेले अहिले सरकार चलाइरहेका छन्।’

सरकार सञ्चालकहरूले राज्यका हरेक निकायलाई त्रसित बनाएको उनले बताए। मिडिया हाउसमा प्रहरी पठाएर तर्साउने, छोटो समयमै ५०० भन्दा बढी कर्मचारीलाई धम्काएर राजीनामा गर्न बाध्य पार्ने र सिँचाइका हाकिमलाई रातभरि थुनेर आफू अनुकूल टेन्डर रद्द गर्न लगाएको उदाहरण उनले प्रस्तुत गरे।

‘न्यायाधीशहरूलाई थुरथुर पारिएको छ, अख्तियारका प्रमुखलाई ल्याएर सिंहदरबारमा छुट्टै कोठा गठन गरी थुनिएको छ,’ राणाले भने, ‘प्रधानमन्त्रीको आदेशमा पक्राउ गरिएको भनिन्छ, तर प्रधानमन्त्री कार्यालयले हामीलाई थाहा छैन भन्छ। अनि यो देश कसले चलाइराख्या छ ?’

देशलाई गलत दिशामा लगिएको भन्दै उनले अब कांग्रेस चुप लागेर नबस्ने बताए। लोकतन्त्र, संविधान, प्रेस स्वतन्त्रता र स्वतन्त्र न्यायपालिकाको रक्षाका लागि संसद्‌मा सशक्त आवाज उठाउने भन्दै महामन्त्री राणाले सरकारको धम्कीबाट कांग्रेस र मिडिया कोही पनि नडराउने बताए।

प्रकाशित: १८ कार्तिक २०८३ २१:३८ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
देश प्रधानमन्त्रीले होइन, सल्लाहकारको ‘भूमिगत गिरोह’ ले चलाइरहेको छ: महामन्त्री राणा

देश प्रधानमन्त्रीले होइन, सल्लाहकारको ‘भूमिगत गिरोह’ ले चलाइरहेको छ: महामन्त्री राणा

नेपाली कांग्रेसका महामन्त्री उदय शमशेर राणाले देश प्रधानमन्त्री र मन्त्रीले नभई सल्लाहकारहरूको ‘भूमिगत गिरोह’ ले चलाइरहेको आरोप लगाएका छन्। बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फन्...

#भूमिगत #गिरोह #महामन्त्री
Compare →
Ekantipur
1w ago
सभापति थापा पक्राउ गरिए कांग्रेस चुप लागेर बस्दैन : महामन्त्री राणा

सभापति थापा पक्राउ गरिए कांग्रेस चुप लागेर बस्दैन : महामन्त्री राणा

नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगनकुमार थापामाथि सरकारले प्रतिशोधपूर्ण कदम चाल्न खोजेको आरोप लगाउँदै त्यसो गरिए कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

#महामन्त्री #राणा
Compare →
Onlinekhabar
6d ago
दुई तिहाइको दम्भमा सरकार लोकतन्त्र हरण गर्न खोज्दैछ : कांग्रेस महामन्त्री संग्रौला

दुई तिहाइको दम्भमा सरकार लोकतन्त्र हरण गर्न खोज्दैछ : कांग्रेस महामन्त्री संग्रौला

२० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौला पन्तले वर्तमान सरकार दुई तिहाइको दम्भमा प्रश्न गर्नेहरूलाई लखेट्ने र खेद्ने काममा लागेको आरोप लगाएकी छन्। उनले सरकार सत्ता कब्जा गर्ने र लोकतन्त्र हरण गर्ने बाटोमा …

#महामन्त्री
Compare →

Related Stories

Politics & Governance
Build #2611