Trending
Prev Story
Next Story

च्याम्पियन्स लिग : पिएसजी, सीटी, लिभरपुल विजयी, बार्सिलोना पराजित

Arthasansar •
October 21, 2026 • 07:36 AM
1
1 reads 0 reactions

च्याम्पियन्स लिग फुटबल अन्तर्गत गए राति भएको खेलमा युरोपका शीर्ष क्लबलहरु विजयी हुँदा बार्सिलोना पराजित भएको छ । गए राति...

च्याम्पियन्स लिग : पिएसजी, सीटी, लिभरपुल विजयी, बार्सिलोना पराजित

च्याम्पियन्स लिग फुटबल अन्तर्गत गए राति भएको खेलमा युरोपका शीर्ष क्लबलहरु विजयी हुँदा बार्सिलोना पराजित भएको छ । गए राति भएको खेलमा पिएसजी, म्यानचेष्टर सीटी, लिभरपुल, रोमा र नापोलि विजयी हुँदा बार्सिलोना पराजित भएको हो ।

साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) ले बार्सिलोनालाई ४–२ ले पराजित गरेको छ । पार्क डे प्रिन्सेसमा भएको खेलमा पिएसजीलाई जित दिलाउन डेजिरे डुए, लुकास हर्नान्डेज, भिटिन्हा र फाबियन रुइजले गोल गरे । बार्सिलोनाका जाभी एस्पार्ट र लामिन यामलले गोल फर्काए । डुएले  ३८औं मिनेटमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको १० मिनेटमा १९ वर्षीय एस्पार्टले गोल गर्दै बार्सिलोनालाई १–१ को बराबरीमा ल्याए। त्यसपछि ७२ औं मिनेटमा हर्नान्डेजले कर्नरमा आएको बलमा शक्तिशाली हेडरमार्फत गोल गर्दै पिएसजीलाई पुनः अग्रता दिलाए । ७९ औं मिनेटमा यामलले उत्कृष्ट व्यक्तिगत कौशल देखाउँदै गोल गरेपछि बार्सिलोनाले २–२ को बराबरी गरेको थियो ।

तर त्यसको दुई मिनेट नबित्दै भिटिन्हाले उत्कृष्ट भलीमार्फत गोल गर्दै पिएसजीलाई अघि बढाए । त्यसको पाँच मिनेटपछि फाबियन रुइजले अचरफ हाकिमीको क्रसमा गोल गर्दै पिएसजीको जित पक्का गरे । दोस्रो हाफमा बार्सिलोनाले बराबरी गरे पनि पिएसजीले लगातार आक्रमण गर्दै जित आफ्नो पक्षमा पार्‍यो। यो हारसँगै बार्सिलोनाको सिजनको सुरुवातदेखि कायम ११ खेलको अपराजित यात्रा समाप्त भएको छ। जितपछि पिएसजीले च्याम्पियन्स लिगमा ३ खेलबाट ९ अंक जोडेको छ । बार्सिलोनाको ६ अंक छ ।

त्यस्तै गए राति नै भएको अन्य खेलमा फेनरबाचे र स्लाभिया प्रागले २–२ गोलको बराबरी खेले । त्यस्तै बोरुसिया डर्टमुन्डले साबाहलाई २–१ ले पराजित गरेको छ । रोमाले स्लोभान ब्राटिस्लाभालाई ४–० ले पराजित गरेको छ । त्यस्तै पोर्टो पिएसभी आइन्डहोभनसँग १–० ले पराजित भएको छ । त्यस्तै लिभरपुलले भिल्लारियललाई ४–३ ले पराजित गर्दा म्यानचेस्टर सिटीले एइके एथेन्सलाई ५–१ गोल अन्तरले पाराजित गरेको छ । नापोलीले पनि बोडो÷ग्लिम्टलाई ४–३ ले पराजित गरेको छ । स्टुटगार्ट र एट्लेटिको मड्रिड बीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
4d ago
स्पेनिस ला लिगा: बार्सिलोनाको जित, एट्लेटिको मड्रिड २–१ ले पराजित

स्पेनिस ला लिगा: बार्सिलोनाको जित, एट्लेटिको मड्रिड २–१ ले पराजित

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ । आज बिहान सम्पन्न खेलमा एट्लेटिको मड्रिडलाई २–१ गोलले हराउँदै बार्सिलोनाले जित निकालेको हो ।

#बार्सिलोना #पराजित
Compare →
Hamro Patro News
4d ago
स्पेनिस ला लिगा : बार्सिलोनासँग एट्लेटिको मड्रिड पराजित

स्पेनिस ला लिगा : बार्सिलोनासँग एट्लेटिको मड्रिड पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ । आज बिहान सम्पन्न खेलमा एट्लेटिको मड्रिडलाई २–१ गोलले हराउँदै बार्सिलोनाले जित निकालेको हो । बार्सिलोनाका लागि फर्मीन लोपेजले दुई तथा एट्...

#बार्सिलोना #पराजित
Compare →
Ekantipur
1d ago
लुम्बिनी प्लेअफमा, कर्णाली फेरि पराजित

लुम्बिनी प्लेअफमा, कर्णाली फेरि पराजित

जितपछि लुम्बिनीपछि शीर्ष स्थानमा मात्र उक्लिएन, प्लेअफमा पनि स्थान सुरक्षित गर्यो । लुम्बिनीको ६ खेलमा ९ अंक पुगेको छ । काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स ८–८ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छ । यस पराजयले कर्णालीको प्लेअफमा पुग्ने सम्भावना झनै कठिन बनेको छ ।

#पराजित
Compare →
Bizshala
1d ago
महँगो घरभाडाविरुद्ध स्पेनमा आमहडताल, म्याड्रिड र बार्सिलोनामा प्रहरीसँग झडप

महँगो घरभाडाविरुद्ध स्पेनमा आमहडताल, म्याड्रिड र बार्सिलोनामा प्रहरीसँग झडप

काठमाण्डौ । घरभाडा, आवासको मूल्य र जीवनयापनको खर्च बढ्दै गएपछि स्पेनमा बुधबार देशव्यापी आमहडताल तथा प्रदर्शन भएको छ।...

#बार्सिलोना
Compare →

Related Stories

Business & Economy
Build #2611