Trending
Prev Story
Next Story

सरकारले गठन गरेको टोलीसँग वार्ता गर्न डा. गोविन्द केसीद्वारा अस्वीकार

Onlinekhabar •
November 04, 2026 • 04:00 PM
1
1 reads 0 reactions

१८ कात्तिक, काठमाडौं । डा. गोविन्द केसीले सरकारद्वारा गठित वार्ता टोलीसँग वार्ता गर्न अस्वीकार गरेका छन् । बुधबार साँझ वार्ताका लागि शिक्षण अस्पताल पुगेको टोलीलाई डा. केसीले यही सन्देश दिँदै फिर्ता पठाइदिएका छन् । डा. केसीले गत …

सरकारले गठन गरेको टोलीसँग वार्ता गर्न डा. गोविन्द केसीद्वारा अस्वीकार

१८ कात्तिक, काठमाडौं । डा. गोविन्द केसीले सरकारद्वारा गठित वार्ता टोलीसँग वार्ता गर्न अस्वीकार गरेका छन् ।

बुधबार साँझ वार्ताका लागि शिक्षण अस्पताल पुगेको टोलीलाई डा. केसीले यही सन्देश दिँदै फिर्ता पठाइदिएका छन् ।

डा. केसीले गत साउन ११ को सहमतिमा दुईजना सचिवले हस्ताक्षर गर्दा पनि त्यसलाई अपनत्व लिएर कार्यान्वयन गर्ने प्रक्रिया अगाडि नबढेको भन्दै अगाडि भएका तथा अहिले हुने सहमतिको शिक्षामन्त्री वा प्रधानमन्त्रीबाट कार्यान्वयन गर्ने अख्तियारी पाएको राजनीतिक तहको नेतृत्वमा गठन हुने टोलीसँग मात्र वार्ता गर्ने सन्देश पठाएका छन् ।

यस्तै, वार्ताको पूर्वसर्तका रूपमा अघिल्ला सत्याग्रहका क्रममा भएको सहमति कार्यान्वयन हुनपर्ने पनि डा. केसीले अडान लिएका छन् ।

यसअघि सरकारले शिक्षा मन्त्रालयका सहसचिव जयराम अधिकारीको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन गरेको थियो । जसमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहसचिव, चिकित्सा शिक्षा आयोगका सदस्यसचिव र शिक्षा मन्त्रालयका एक उपसचिव सदस्य राखिएको थियो ।

इलाममा २५औँ पटक आमरण अनशनमा बसेका डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि सरकारले वार्ता समिति गठन गरेको थियो ।

स्वास्थ्यमा थप जटिलता देखिएपछि उनलाई सोमबार हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो । हाल उनी थप उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।

डा. केसीले यसपटक चिकित्सा शिक्षा र स्वास्थ्य सेवासँग सम्बन्धित ६ बुँदे माग अघि सारेका छन् । उनले आवश्यक पूर्वाधार र जनशक्ति नपुगेको अवस्थामा कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएस तथा नर्सिङ कार्यक्रम सञ्चालन गर्न दिइएको अनुमति खारेज गर्नुपर्ने माग गरेका छन् ।

त्यस्तै, चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा देखिएको स्वार्थको द्वन्द्वबारे निष्पक्ष छानबिन गर्नुपर्ने, गेटा अस्पताल पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने तथा यसअघि सरकारसँग भएका सहमति कार्यान्वयन गर्नुपर्ने उनको माग छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
6d ago
सरकारसँग ६ बुँदे सहमतिपछि गोविन्द केसीले तोडे अनशन

सरकारसँग ६ बुँदे सहमतिपछि गोविन्द केसीले तोडे अनशन

काठमाडौं । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै २५औँ सत्याग्रहमा बसेका डा. गोविन्द केसीले सरकारसँग ६ बुँदे सहमति भएपछि अनशन तोडेका छन् । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल ...

#केसी #गोविन्द
Compare →
Nagarik News
6d ago
यस्ता छन् सरकार र डा. केसीबिच भएका सहमति

यस्ता छन् सरकार र डा. केसीबिच भएका सहमति

विभिन्न माग राखेर अनशनरत प्रा डा गोविन्द केसीसँग सरकारले छ बुँदे सहमति गरेको छ।

#केसी #गोविन्द
Compare →
Ekantipur
1d ago
भीमफेदी दुर्घटनाको कारण अध्ययन गर्न समिति गठन

भीमफेदी दुर्घटनाको कारण अध्ययन गर्न समिति गठन

समितिले सात दिनभित्र दुर्घटनाको कारण, सडकको अवस्था र सम्भावित जोखिमबारे अध्ययन गरी प्रतिवेदनसहित दुर्घटना न्यूनीकरणका सुझाव पेस गर्नेछ।

#गठन
Compare →
Arthasansar
5d ago
नेतान्याहुलाई पछि पार्दै इजरायलको नयाँ सरकार गठन गर्ने जिम्मेवारी आइजेनकोटलाई

नेतान्याहुलाई पछि पार्दै इजरायलको नयाँ सरकार गठन गर्ने जिम्मेवारी आइजेनकोटलाई

इजरायलका राष्ट्रपति इसाक हर्जोगले पूर्वप्रधानसेनापति गादी आइजेनकोटलाई नयाँ सरकार गठन गर्ने जिम्मेवारी दिएका छन्। वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई पछि पार्दै...

#गठन
Compare →

Related Stories

Politics & Governance
Build #2611