Trending
Prev Story
Next Story

आइएमई मोटर्स अब स्विच मोबिलिटिका विद्युतीय गाडी र अशोक लेल्यान्डका डिजेल जेनेरेटरको आधिकारिक वितरक

Bizshala •
October 22, 2026 • 02:54 AM
1
1 reads 0 reactions

काठमाण्डौ । आइएमई मोटर्स नेपालमा स्विच मोबिलिटिका विद्युतीय गाडी र अशोक लेल्यान्डका डिजेल जेनेरेटरको बिक्रीवितरण...

आइएमई मोटर्स अब स्विच मोबिलिटिका विद्युतीय गाडी र अशोक लेल्यान्डका डिजेल जेनेरेटरको आधिकारिक वितरक

काठमाण्डौ । आइएमई मोटर्स नेपालमा स्विच मोबिलिटिका विद्युतीय गाडी र अशोक लेल्यान्डका डिजेल जेनेरेटरको बिक्रीवितरण गर्ने आधिकारिक प्रतिनिधि बनेको छ।

अशोक लेल्यान्डको ७५औँ वार्षिकोत्सवका अवसरमा भारतको चेन्नेईमा आयोजित एक विशेष समारोहबीच यससम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ।

सम्झौतामा स्विच मोबिलिटिका प्रमुख कार्यकारी अधिकृत महेश बाबु र आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले हस्ताक्षर गरेका छन्। अशोक लेल्यान्डका अध्यक्ष धिरज हिन्दुजाले उक्त सम्झौता आइएमई मोटर्सका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई हस्तान्तरण गरेका हुन्।

भारतीय अटोमोटिभ कम्पनी अशोक लेल्यान्डको सब्सिडियरी कम्पनी स्विच मोबिलिटीले विद्युतीय सवारीसाधन निर्माण तथा दिगो यातायातका साधनको विकासमा केन्द्रित रहेर वातावरणमैत्री विद्युतीय बस तथा हलुका व्यावसायिक सवारीसाधन उत्पादन तथा वितरण सुरु गरेको छ।

यो कम्पनी सन् २०२० मा अशोक लेल्यान्डको सहायक कम्पनीको रुपमा स्थापना भएको थियो।

अशोक लेल्यान्डको ७५औँ वार्षिकोत्सवका अवसरमा आयोजित एक समारोहबीच भारतीय यातायातमन्त्री नितिन गड्करीले स्विच मोबिलिटिद्वारा उत्पादित हलुका व्यावसायिक विद्युतीय सवारीसाधनको उद्घाटन गरेका हुन्।

त्यसैगरी आइएमई मोटर्स अशोक लेल्यान्डका डिजेल जेनेरेटर (जेनसेट) को पनि बिक्रीवितरण गर्ने आधिकारिक प्रतिनिधि बनेको छ। अशोक लेल्यान्डले आफ्नो उत्पादन पोर्टफोलियोको एक अंगका रुपमा डिजेल जेनेरेटरहरु उत्पादन गर्दछ।

अशोक लेल्यान्डका जेनेरेटर आवासीय, व्यावसायिक, औद्योगिक र कृषिलगायत विभिन्न क्षेत्रमा भरपर्दो र विश्वसनीय ऊर्जा परिपूर्तिका लागि डिजाइन गरिएको छ। अशोक लेल्याण्ड प्रसिद्ध व्यावसायिक समूह हिन्दुजा ग्रुपको प्रमुख कम्पनी हो।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Arthasansar
2w ago
ग्लोबल आइएमई बैंकको संस्थापक सेयर सर्वसाधारणमा बिक्री खुला

ग्लोबल आइएमई बैंकको संस्थापक सेयर सर्वसाधारणमा बिक्री खुला

ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ । बैंकका केही सस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको...

#आइएमई
Compare →
Ekantipur
2w ago
ग्लोबल आइएमई बैंकलाई तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’

ग्लोबल आइएमई बैंकलाई तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’

ग्लोबल आइएमई बैंकले सन् २०२४ र २०२५ मा पनि सोही विधामा ग्लोबल फाइनान्सको उक्त अवार्ड प्राप्त गरेको थियो ।

#आइएमई
Compare →
Hamro Patro News
5d ago
आइएमई बिग सावधिक जीवन बीमा योजना सार्वजनिक

आइएमई बिग सावधिक जीवन बीमा योजना सार्वजनिक

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लक्ष्मीपूजाको पावन अवसरमा कात्तिक २२ गते लोयल्टी बोनस सहितको नयाँ ‘आइएमई बिग सावधिक जीवन बीमा योजना’ सार्वजनिक गरेको छ । बचत र जीवन सुरक्षालाई ए...

#आइएमई
Compare →

Related Stories

Business & Economy
Build #2611