Trending
Prev Story
Next Story

तेस्रो साख मूल्यांकनका लागि फिच रेटिङद्वारा नेपालको स्थलगत मूल्यांकन पूरा

Ekantipur •
November 04, 2026 • 03:02 PM
1
1 reads 0 reactions

नेपालले ७ मंसिर २०८१ मा पहिलो पटक र २ मंसिर २०८२ मा दोस्रो पटक ‘बीबी माइनस’ रेटिङ पाएको थियो । यो वर्ष पनि मंसिर पहिलो साता नयाँ रेटिङ प्राप्त हुने अपेक्षा गरिएको छ ।

तेस्रो साख मूल्यांकनका लागि फिच रेटिङद्वारा नेपालको स्थलगत मूल्यांकन पूरा

नेपालले ७ मंसिर २०८१ मा पहिलो पटक र २ मंसिर २०८२ मा दोस्रो पटक ‘बीबी माइनस’ रेटिङ पाएको थियो । यो वर्ष पनि मंसिर पहिलो साता नयाँ रेटिङ प्राप्त हुने अपेक्षा गरिएको छ ।

काठमाडौँ — मुलुकको तेस्रो सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) का लागि फिच रेटिङको विश्लेषकहरूको टोलीले नेपालको स्थलगत मूल्यांकन पूरा गरेको छ । स्थलगत मूल्यांकनका लागि फिचको टोली गत सोमबार नेपाल आएको थियो । टोलीले सोमबारदेखि बुधबारसम्म नेपालका विभिन्न सरकारी निकाय, निजी संघ/संगठन, विकास साझेदार, पूर्वअर्थमन्त्री, अर्थविद्लगायतसँग छलफल गरेको थियो ।

फिचको टोली बिहीबार राति फर्किएको छ । स्थलगत मूल्यांकनका क्रममा प्राप्त तथ्यांक विश्लेषणका आधारमा फिचले आउँदो वर्षका लागि नेपालको रेटिङ नतिजा प्रदान गर्नेछ । सम्भवतः मंसिर पहिलो साता फिचले नतिजा सार्वजनिक गर्ने स्रोतले बताएको छ । गत वर्ष पनि फिचले मंसिर पहिलो साता रेटिङ नतिजा सार्वजनिक गरेको थियो ।

मूल्यांकनका क्रममा टोलीले अर्थमन्त्री स्वर्णिम वाग्ले, गभर्नर विश्वनाथ पौडेल, मुख्यसचिव गोविन्दबहादुर कार्की, निजी क्षेत्र, पूर्वअर्थमन्त्री रामेश्वर खनाल, विश्व बैंक, आईएमएफ, एडीबीलगायत निकायसँग छलफल गरेको थियो । ‘दुईतिहाइ निकट रास्वपाको विद्यमान सरकार बनेसँगै मुलुकमा राजनीतिक स्थिरता हुनेमा फिच विश्वस्त देखिन्छ,’ फिचसँगको बैठकमा सहभागी एक उच्च अधिकारीले भने, ‘समग्रमा हेर्दा तेस्रो वर्ष पनि नेपालको रेटिङ अघिल्ला दुई वर्षभन्दा कम हुनेछैन । बरु स्तरोन्नतिको सम्भावना छ ।’

यो सरकारले काम गर्न खोजेको, कानुनी सुधार र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिएकोमा सहमत टोलीले व्यावहारिक रूपमा नीति तथा निर्देशन कार्यान्वयनको अवस्थाबारे जिज्ञासा राखेको स्रोतले बताएको छ । नेपालले अघिल्ला दुई वर्ष ७ मंसिर २०८१ मा पहिलो पटक र २ मंसिर २०८२ मा दोस्रो पटक ‘बीबी माइनस’ रेटिङ पाएको थियो ।

सार्वभौम साख मूल्यांकनका लागि विश्वभर कहलिएको अन्तर्राष्ट्रिय एजेन्सी ‘फिच’ ले नेपालको ‘रेटिङ’ गरिरहेको छ । यस कम्पनीलाई नेपाल सरकारले तीन वर्ष (दुई वर्षसम्म मूल्यांकन र तेस्रो वर्षमा प्राविधिक सहयोग) का लागि यसअघि नै छनोट गरिसकेको थियो । सोहीअन्तर्गत कम्पनीले तेस्रो वर्ष रेटिङका लागि मूल्यांकन गरेको हो । २९ फागुन २०८२ मा रेटिङ एजेन्सी फिचले स्पष्ट बहुमत प्राप्त सरकारले सुशासन, नीतिगत तथा आर्थिक सुधार गर्ने विश्वास व्यक्त गर्दै विज्ञप्ति जारी गरेको थियो । यो विषयमा फिच अहिले पनि सकारात्मक रहेको अधिकारीहरू बताउँछन् ।

विज्ञप्तिमा फिच रेटिङले नेपालमा समयमै निर्वाचन सम्पन्न भएसँगै राजनीतिक स्थिरता कायम भई आर्थिक सुधार र लगानी वातावरणमा सुधार हुने विश्वास व्यक्त गरेको थियो । निर्वाचन सम्पन्न भएपछि फिच रेटिङले अब राजनीतिक स्थिरता हुने भएकाले आर्थिक सुधारले प्राथमिकता पाउने र लगानी वातावरणमा पनि सुधार हुने जनाएको थियो । ‘संसद्मा रास्वपाले स्पष्ट बहुमत प्राप्त गरेपछि राजनीतिक अनिश्चितता कम भएको छ । अब नीतिगत सुधार, सुशासन र आर्थिक सुधारका नीति कार्यान्वयनका लागि अवसर मिलेको छ,’ फिचले त्यतिबेला भनेको थियो, ‘राजनीतिक अस्थिरता समाप्त भएपछि सरकार बनाउनै लामो समय वार्ता गर्नुपर्ने जोखिम घट्ने र बारम्बार सरकार परिवर्तन हुने जोखिम न्यून भएको छ । सुशासन र आर्थिक सुधारमा ठोस प्रगति देखिए दीर्घकालमा लगानी वातावरण सुध्रिने भएकाले लगानीकर्ताको विश्वास बढ्नेछ ।’

एकल दलको सरकार बनेपछि राजनीतिक संक्रमण समाप्त हुने भएकाले ठूला पूर्वाधार र जलविद्युत्मा आधारित लगानीलाई तीव्र रूपमा विस्तार गर्ने नेपालको क्षमतामा सुधार हुने पनि फिचको तर्क थियो । स्थलगत मूल्यांकनमा पनि यो तर्क कायमै देखिएको अर्थ मन्त्रालयका एक अधिकारीले बताए । ‘यसका आधारमा पनि आगामी वर्ष नेपालको रेटिङ कि त स्तरोन्नति हुन्छ, नभए पनि अघिल्ला दुई वर्ष बराबर नै हुन्छ,’ ती अधिकारीले भने ।

गत फागुनमा फिचले राजनीतिक परिवर्तनपछि लगातार दिगो आर्थिक वृद्धि हासिल भई प्रतिव्यक्ति आय उल्लेख्य बढ्ने, सुशासनमा सुधार, निजी र वैदेशिक लगानीमैत्री वातावरण बने नेपालको क्रेडिट स्तरमा सुधार हुन सक्ने बताएको थियो । यही विषय स्मरण गर्दै ती अधिकारीले भने, ‘त्यतिबेला फिचले दीर्घकालमा सुशासन, नीतिगत सुधार र नीति कार्यान्वयन मुख्य चुनौती रहेको औंल्याएको थियो । ती पक्षमा अहिले कत्तिको सुधार पायो, त्यसका आधारमा रेटिङ बढ्ने/नबढ्ने निर्धारण हुन्छ ।’

यज्ञ बञ्जाडे कान्तिपुर मिडिया ग्रुपका आर्थिक ब्युरो प्रमुख हुन् । उनी आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
1w ago
एमालेले गरेका कामको मूल्यांकन हुनुपर्छ : विद्या भण्डारी

एमालेले गरेका कामको मूल्यांकन हुनुपर्छ : विद्या भण्डारी

भण्डारीले पार्टीले देश र जनताको हितमा गरेका काम तथा हासिल गरेका उपलब्धिबारे सही सूचना प्रवाह गर्न आवश्यक रहेको बताएकी छन्।

#मूल्यांकन
Compare →
Hamro Patro News
1d ago
मुख्यमन्त्रीद्वारा सडकको स्थलगत निरीक्षण

मुख्यमन्त्रीद्वारा सडकको स्थलगत निरीक्षण

भक्तपुर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले घ्याम्पेडाँडा हुँदै रानीकोट गढी जाने सडकको स्थलगत निरीक्षण गरेका छन्। भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित उक्त सडक हिजोको वर्षाले क्षति पु...

#स्थलगत
Compare →

Related Stories

National (Nepal)
Build #2611