Trending
Prev Story
Next Story

एमालेले गरेका कामको मूल्यांकन हुनुपर्छ : विद्या भण्डारी

Nagarik News •
November 04, 2026 • 07:44 AM
1
1 reads 0 reactions

भण्डारीले पार्टीले देश र जनताको हितमा गरेका काम तथा हासिल गरेका उपलब्धिबारे सही सूचना प्रवाह गर्न आवश्यक रहेको बताएकी छन्।

एमालेले गरेका कामको मूल्यांकन हुनुपर्छ : विद्या भण्डारी

नेकपा एमालेकी वरिष्ठ नेता विद्या भण्डारीले पार्टीले देश र जनताको हितमा गरेका काम तथा हासिल गरेका उपलब्धिबारे सही सूचना प्रवाह गर्न आवश्यक रहेको बताएकी छन्।

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै भण्डारीले पार्टीका उपलब्धिको मूल्यांकन हुनुपर्ने बताइन्।

‘यस पार्टीले देश र जनताको हितमा गरेका काम तथा हासिल गरेका उपलब्धिहरूबारे सही जानकारी प्रवाह हुनुका साथै तिनको वस्तुनिष्ठ मूल्यांकन हुनु आवश्यक छ’, उनले भनिन्,‘पार्टीका बारेमा फैलाइएका भ्रम, गलत सूचना तथा अफवाहहरूको तथ्य र प्रमाणका आधारमा खण्डन गर्नुपर्दछ।’

यस्तै, उनले विदेशमा रहेका नेपालीहरूको अवस्था, आवश्यकता र समस्या फरक–फरक रहेको उल्लेख गर्दै श्रमिक, विद्यार्थी, व्यवसायी, महिला, युवा तथा विभिन्न पेशामा संलग्न नेपालीका समस्या र सरोकारलाई समेटेर संगठनका गतिविधि अघि बढाउनुपर्ने बताइन्।

संगठनलाई सबै वर्ग र समुदायका नेपालीको साझा सरोकारसँग जोड्दै प्रभावकारी रूपमा अघि बढाउनुपर्ने उनको भनाइ छ।

विदेशमा हुर्किरहेका नेपाली बालबालिका तथा नयाँ पुस्तालाई भाषा, संस्कृति, इतिहास र मातृभूमिसँग जोडिराख्नु साझा जिम्मेवारी भएको भण्डारीले बताइन्।

उनीहरू जहाँ रहे पनि आफ्नो नेपाली पहिचानप्रति गर्व गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने बताउँदै उनले यसका लागि नेपाली भाषा शिक्षण, सांस्कृतिक कार्यक्रम तथा साहित्यिक गतिविधिहरूलाई प्रोत्साहन र प्रवर्द्धन गर्न आवश्यक रहेको बताइन्।

प्रकाशित: १८ कार्तिक २०८३ १३:२९ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3d ago
सुदूरपश्चिमलाई पहिलो झड्का, विनोद भण्डारी रनमा आउट

सुदूरपश्चिमलाई पहिलो झड्का, विनोद भण्डारी रनमा आउट

काठमाडौँ । सुदूपश्चिम रोयल्सले जनकपुरविरुद्ध पहिलो विकेट गुमाएको छ । ओपनर विनोद भण्डारी १० बलमा १० रन बनाएर रन आउट भएका हुन् । जनपुरविरुद्ध सुदूरले टस जितेर ब्याटिङ रोजेको हो । दुवै टोलीका आज छैटौ...

#भण्डारी
Compare →
Onlinekhabar
6d ago
कांग्रेस समयक्रममा एकजुट हुन्छ, गालीगलौज नगर्नुस् : चन्द्र भण्डारी

कांग्रेस समयक्रममा एकजुट हुन्छ, गालीगलौज नगर्नुस् : चन्द्र भण्डारी

२१ कात्तिक, बुटवल । नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीले अहिले विभाजित नेपाली कांग्रेस समयक्रममा एकजुट हुने बताएका छन् । उनले भविष्यमा दुई पार्टी एक हुने भएकाले अहिले एकअर्काविरुद्ध नराम्रो टिप्पणी र गालीगलौज नगर्न नेता–कार्यकर्तालाई आग्रह …

#भण्डारी
Compare →
Bizshala
10h ago
चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

काठमाण्डौ । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले देशभरका नेता तथा कार्यकर्तालाई काठमाण्डौमा...

#एमाले #भण्डारी
Compare →

Related Stories

Politics & Governance
Build #2611