Trending
Prev Story
Next Story

विराटनगर किङ्सबाट एनपीएल खेल्दै एन्जेलो म्याथ्युज

Ekantipur •
October 22, 2026 • 01:30 PM
1
1 reads 0 reactions

सन् २०१४ को टी–२० विश्वकप विजेता श्रीलंकाका पूर्वकप्तान म्याथ्युज तेस्रो संस्करणको एनपीएल खेल्ने विदेशी खेलाडीमध्ये एक हुनेछन् ।

विराटनगर किङ्सबाट एनपीएल खेल्दै एन्जेलो म्याथ्युज

सन् २०१४ को टी–२० विश्वकप विजेता श्रीलंकाका पूर्वकप्तान म्याथ्युज तेस्रो संस्करणको एनपीएल खेल्ने विदेशी खेलाडीमध्ये एक हुनेछन् ।

काठमाडौँ — श्रीलंकाका पूर्वकप्तान एन्जेलो म्याथ्युजले विराटनगर किङ्सबाट तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् ।

श्रीलंकाबाट सन् २०१४ को टी–२० विश्वकप जितेका म्याथ्युजले सबै प्रारूपको क्रिकेटमा राष्ट्रिय टिमको कप्तानी सम्हालेका छन् । दायाँ हाते अलराउन्डर म्याथ्युजले श्रीलंकाका लागि ९० टी–२० आई खेलमा ६ अर्धशतकसहित १४ सय १६ रन बनाउनुका साथै ४५ विकेट लिएका छन् भने २ सय २६ ओडीआई खेलमा ३ शतक र ४० अर्धशतकसहित ५ हजार ९ सय १६ रन बनाएका छन् । उनको नाममा १ सय २६ ओडीआई विकेटसमेत छन् ।

१ सय १९ टेस्टमा उनले १६ शतकसहित ८ हजार २ सय १४ रन बनाउनुका साथै ३३ विकेट लिएका छन् । २ सय ३३ टी–२० खेलमा म्याथ्युजले ४ हजार ९० रन र ४५ विकेट लिएका छन् ।

विराटनगरले यसअघि वेस्ट इन्डिजका स्टार अलराउन्डर आन्द्रे रसेललाई टिममा सामेल गरिसकेको छ भने शुभम रन्जाने र चरिथ असलंकालाई पनि अनुबन्ध गरिसकेको छ ।

सुवास रोकाया कान्तिपुर टिभीका संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4h ago
विराटनगर किङ्स ‘गर या मर’ को अवस्थामा

विराटनगर किङ्स ‘गर या मर’ को अवस्थामा

विराटनगर। नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को लिग चरण अब निर्णायक तथा अन्तिम मोडमा आइपुगेको छ । कुल २८ लिग खेलमध्ये २५ खेल सकिँदा शीर्ष चारको समीकरण निकै रोचक बनेको छ । हालसम्म सुदूरपश्चिम रोयल्स ...

#एनपीएल #विराटनगर #किङ्स
Compare →
Arthasansar
9h ago
श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध

श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध

श्रीलंकाका ब्याटर थनुका दबारे नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। टप अर्डरमा ब्याटिङ गर्ने...

#एनपीएल #श्रीलंका
Compare →
Nagarik News
5h ago
एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले शीर्ष चारको दौडमा आफूलाई कायमै राखेको हो।

#एनपीएल
Compare →

Related Stories

National (Nepal)
Build #2611