टी–२० विश्वकप २०२६ मा १३ विकेट लिएका दक्षिण अफ्रिकामा जन्मिएका अमेरिकी खेलाडी शाड्ली भान स्काल्कविकले लुम्बिनीबाट तेस्रो संस्करणको एनपीएल खेल्नेछन् ।
काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि लुम्बिनी लायन्सले अमेरिकाका अनुभवी अलराउन्डर शाड्ली भान स्काल्कविकलाई टोलीमा अनुबन्ध गरेको छ ।
डिफेन्डिङ च्याम्पियन लुम्बिनीले सामाजिक सञ्जालमार्फत स्काल्कविकलाई टिममा सामेल गरेको जनाएको हो । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गरेका स्काल्कविकले १३ विकेट लिएका थिए । उनले प्रतियोगिताका चार इनिङ्समा १३ विकेट लिएका थिए, जुन एसोसिएट टोलीबाट नेदरल्यान्ड्सका बास डे लिडेसँग बराबरी हो ।
दक्षिण अफ्रिकामा जन्मिएका स्काल्कविक दायाँहाते मिडियम फास्ट बलर हुन् भने लेफ्ट ह्यान्डेड ब्याटर हुन् । उनले अमेरिकाका लागि एकदिवसीय क्रिकेटमा १७ विकेट तथा टी–२० आईमा २८ विकेट लिएका छन् ।
सुवास रोकाया कान्तिपुर टिभीका संवाददाता हुन् ।