Trending
Prev Story
Next Story

इलाममा प्लास्टिकका माला र फूल प्रतिबन्ध

Nagarik News •
November 04, 2026 • 12:33 PM
1
1 reads 0 reactions

इलाममा तिहारलाई लक्षित गरी प्लास्टिकका माला र फूल प्रयोगमा प्रतिबन्ध गरिएको छ।

इलाममा प्लास्टिकका माला र फूल प्रतिबन्ध

इलाममा तिहारलाई लक्षित गरी प्लास्टिकका माला र फूल प्रयोगमा प्रतिबन्ध गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी जिल्लाका पसल र हाटबजार सबैतिर प्लास्टिकका फूलगुच्छा, माला भण्डारण, विक्री गर्न रोक लगाएको हो।

चाडपर्वमा प्रयोग हुने प्लास्टिकजन्य माला र फूलगुच्छाले हुने वातावरणीय क्षति न्यूनीकरण गर्न ‘वातावरण संरक्षण ऐन–२०७६’ अनुसार सूचना जारी गरिएको प्रशासनले जनाएको छ।

सूचनाको अवज्ञा गरी यस्ता सामग्री आयात, भण्डारण र विक्री गरिए कानुनबमोजिम कारबाही हुनेसमेत प्रशासनले चेतावनी दिएको छ।

प्रशासनले वातावरण विभागले २०७९ साउन ९ मा सूचना जारी गरी नेपालमा प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, भण्डारण र विक्री–वितरणमा रोक लगाएको स्मरणसमेत गराएको छ।

जिल्लाका स्थानीय तहहरू समेतलाई प्रशासनले वातावरण संरक्षण ऐन र विभागको सूचनाअनुसार अनुगमन अघि बढाउन पनि अनुरोध गरेको छ।

इलाम नगरपालिकाले समेत प्लास्टिकजन्य फूलगुच्छा र मालाको उत्पादन, भण्डारण, आयात र विक्री–वितरण नगर्न सूचना जारी गरेको छ।

इलाम नगरपालिका यसअघि नै पोलिथिन झोलामुक्त घोषित भइसकेको र स्थानीय प्राकृतिक फूल प्रयोगलाई प्रोत्साहन गरिरहेको पनि नगरले जनाएको छ।

नगरले पनि प्लास्टिकजन्य माला, फूललगायत प्रयोग, भण्डारण, आयात र विक्री नगर्न सचेत गर्दै कसैले सूचना विपरीत गरेको पाइए कारबाही हुनेसमेत जनाएको छ।

इलाम उद्योग वाणिज्य संघ अध्यक्ष चेतनाथ पौडेल (कृष्ण)ले प्रशासन र नगरले सूचना ढिलो जारी गरेका कारण व्यवसायीलाई भने आर्थिक क्षति भएको बताए।

उनले प्लास्टिकजन्य फूल तथा मालामा प्रतिबन्ध लगाउने निर्णय वातावरण संरक्षण, स्थानीय फूल खेतीको प्रवर्द्धन र आयात प्रतिस्थापनका दृष्टिले स्वागतयोग्य भए पनि कम्तीमा १० दिनअघि नै यस्तो सूचना आउँदा चाहिँ आर्थिक क्षति हुन नपाउने जनाएका छन्।

‘जिल्ला प्रशासन कार्यालय र नगरपालिकाबाट जारी सूचनाबारे कम्तीमा १० दिनअघि नै जानकारी गराइएको भए व्यवसायीले यस्ता सामग्री बेचबिखनका निमित्त ल्याउँदैन थिए। आफ्नो मौज्दात व्यवस्थापन गर्न र सम्भावित आर्थिक क्षति कम गर्न सक्थे,’ उनले भने, ‘नीति राम्रो हुनु मात्र पर्याप्त हुँदैन, त्यसको कार्यान्वयन पनि व्यावहारिक र व्यवसायीमैत्री हुनुपर्छ।’

प्रकाशित: १८ कार्तिक २०८३ १८:१८ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
5d ago
किसानका दुःख उस्तै : फूल फुल्यो, माला बन्यो, तर उचित मूल्य पाउनै मुस्किल

किसानका दुःख उस्तै : फूल फुल्यो, माला बन्यो, तर उचित मूल्य पाउनै मुस्किल

तिहारमा घरघरमा मखमली र सयपत्री फूलका माला झुन्डिँदा भक्तपुरका फूल उत्पादन गर्ने किसान भने आफ्नो उत्पादन बजार पुर्‍याउन र बिक्री गर्न व्यस्त छन्। महिनौँसम्म गरेको मेहनतपछि फूल टिप्ने, माला उन्ने र ...

#माला #फूल
Compare →
Bizshala
2d ago
मखमलीको मालादेखि रानीपोखरीसम्म फैलिएको भाइटीका

मखमलीको मालादेखि रानीपोखरीसम्म फैलिएको भाइटीका

काठमाण्डौ । घरको संघारमा ओखर फुटाएर, तेलको धाराले दाजुभाइलाई घेरेर र मखमलीको माला पहिर्‍याएर आज भाइटीका मनाइँदैछ।...

#माला
Compare →
Onlinekhabar
4d ago
गुल्मीमा कृत्रिम माला विस्थापित हुँदै, प्राकृतिक फूलप्रति बढ्दै आकर्षण

गुल्मीमा कृत्रिम माला विस्थापित हुँदै, प्राकृतिक फूलप्रति बढ्दै आकर्षण

२३ कात्तिक, गुल्मी । तिहारमा प्राकृतिक फूलका मालाले विशेष महत्व राख्छ । विशेषगरी भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइको गलामा मखमली र सयपत्री फूलका माला पहिर्‍याएर दीर्घायू, सुख, शान्ति र समृद्धिको कामना गर्ने परम्परा छ । तर, पछिल्ला …

#माला
Compare →

Related Stories

Technology
Build #2611