Trending
Prev Story
Next Story

उड्डयन प्राधिकरण र भन्सार विभागबीच राष्ट्रिय एकद्वार प्रणालीबारे सम्झौता

Onlinekhabar •
November 04, 2026 • 01:01 PM
1
1 reads 0 reactions

१८ कात्तिक, काठमाडौं । हवाई यातायात तथा वायुयान पार्टपुर्जा आयात–निर्यात प्रक्रिया सहज, छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउन नेपाल राष्ट्रिय एकद्वार प्रणाली ‘नेसनल सिंगल विन्डो’ (एनएनएसडब्लू) सम्झौता भएको छ । भन्सार विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच …

उड्डयन प्राधिकरण र भन्सार विभागबीच राष्ट्रिय एकद्वार प्रणालीबारे सम्झौता

१८ कात्तिक, काठमाडौं । हवाई यातायात तथा वायुयान पार्टपुर्जा आयात–निर्यात प्रक्रिया सहज, छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउन नेपाल राष्ट्रिय एकद्वार प्रणाली ‘नेसनल सिंगल विन्डो’ (एनएनएसडब्लू) सम्झौता भएको छ ।

भन्सार विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच बुधबार नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन सम्बन्धी सम्झौता भएको हो ।

यस सम्झौतासँगै वायुयान तथा तिनका पार्टपुर्जा (एचएस कोड ८८०१ र ८८०२) आयात–निर्यातका लागि आवश्यक नागरिक उड्डयन प्राधिकरणको सिफारिस तथा अनुमति प्रक्रिया अनलाइन प्रणाली मार्फत सञ्चालन हुने भएको छ ।

यसबाट व्यवसायी तथा सेवाग्राहीले सिफारिस र अनुमति लिन विभिन्न सरकारी निकायमा भौतिक रूपमा धाउनुपर्ने तथा कागजी प्रक्रिया पूरा गर्नुपर्ने झन्झट हट्ने अपेक्षा गरिएको छ ।

सम्झौता अनुसार प्राधिकरणले आफ्नो प्रणालीबाट आवश्यक वेबसर्भिस उपलब्ध गराइ भन्सार विभागको राष्ट्रिय एकद्वार प्रणालीसँग सूचना आदान–प्रदान तथा प्रणाली एकीकरण गर्ने छ ।

साथै, सिफारिस प्रक्रियाको विद्युतीय व्यवस्थापन, प्रयोगकर्ता व्यवस्थापन, तथ्यांक सुरक्षा र प्रणालीको स्थायित्व सुनिश्चित गर्न आवश्यक प्राविधिक सहयोग समेत उपलब्ध गराउने छ ।

त्यसैगरी भन्सार विभागले राष्ट्रिय एकद्वार प्रणाली मार्फत प्राप्त हुने प्राधिकरणका सिफारिस तथा अनुमति सम्बन्धी विवरण आधारमा आयात–निर्यात सम्बन्धी भन्सार प्रक्रिया अघि बढाउने छ । प्रणालीको प्रभावकारी सञ्चालनका लागि दुवै निकायबीच आवश्यक प्राविधिक समन्वय र सूचना आदान–प्रदान व्यवस्था गरिने छ ।

यस व्यवस्थाले वायुयान तथा तिनका पार्टपुर्जा आयात–निर्यातमा हुने प्रशासनिक ढिलाइ न्यूनीकरण गर्नुका साथै सरकारी सेवा प्रवाहमा पारदर्शिता र अन्तरनिकाय डिजिटल समन्वय अभिवृद्धि गर्ने विश्वास गरिएको छ ।

विशेषगरी हवाई सेवा सञ्चालक, विमान मर्मतसम्भार तथा उड्डयन क्षेत्रसँग सम्बन्धित व्यवसायीलाई आवश्यक सामग्री आयात गर्न सहज हुने र समग्र हवाई यातायात क्षेत्रको सेवा प्रवाह थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।

सरकारी निकायका सेवा प्रक्रिया डिजिटल प्रविधिमा आबद्ध गर्दै सार्वजनिक सेवा प्रवाह सरल, पारदर्शी र सेवाग्राहीमैत्री बनाउने सरकारको नीति अनुरूप यो व्यवस्था कार्यान्वयनमा ल्याउन लागिएको हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1w ago
उड्डयन प्राधिकरण र भन्सार विभागबीच राष्ट्रिय एकद्वार प्रणालीबारे सम्झौता

उड्डयन प्राधिकरण र भन्सार विभागबीच राष्ट्रिय एकद्वार प्रणालीबारे सम्झौता

१८ कात्तिक, काठमाडौं । हवाई यातायात तथा वायुयान पार्टपुर्जा आयात–निर्यात प्रक्रिया सहज, छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउन नेपाल राष्ट्रिय एकद्वार प्रणाली ‘नेसनल सिंगल विन्डो’ (एनएनएसडब्लू) सम्झौ...

#उड्डयन #एकद्वार #प्रणाली
Compare →
Nagarik News
1w ago
वायुयानका पार्टपुर्जा आयात–निर्यातलाई पारदर्शी बनाउन एकद्वार प्रणाली सम्झौता

वायुयानका पार्टपुर्जा आयात–निर्यातलाई पारदर्शी बनाउन एकद्वार प्रणाली सम्झौता

भन्सार विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच बुधबार नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयनसम्बन्धी सम्झौता भएको हो।

#एकद्वार #प्रणाली #वायुयान
Compare →
Bizshala
1w ago
हवाई क्षेत्रको आयात–निर्यात प्रक्रिया सहज बन्दै, भन्सार र प्राधिकरणबीच सम्झौता

हवाई क्षेत्रको आयात–निर्यात प्रक्रिया सहज बन्दै, भन्सार र प्राधिकरणबीच सम्झौता

काठमाण्डौ । वायुयान तथा तिनका पार्टपुर्जाको आयात–निर्यात प्रक्रियालाई सहज छरितो र डिजिटल बनाउन भन्सार विभाग र नेपाल...

#भन्सार #वायुयान #प्राधिकरण
Compare →
Arthasansar
6d ago
तिहार बिदामा पनि भन्सार नाकाका बैंक शाखा खुला रहने

तिहार बिदामा पनि भन्सार नाकाका बैंक शाखा खुला रहने

तिहारको सार्वजनिक बिदाका समयमा पनि भन्सार नाकामा रहेका बैंकका शाखाहरू खुला रहने भएका छन्। नेपाल राष्ट्र बैंकले भन्सार जाँचपास प्रक्रियालाई...

#भन्सार
Compare →
Ekantipur
1w ago
भन्सार छली भित्र्याइएका दुईवटा चारपाङ्ग्रे सवारी बरामद

भन्सार छली भित्र्याइएका दुईवटा चारपाङ्ग्रे सवारी बरामद

पर्साका ग्रामीण तथा बजार क्षेत्रमा अवैध रूपमा चलाइएका सवारीसाधन खोज्ने क्रममा प्रहरीले दुवै गाडी फेला पारेको हो।

#भन्सार
Compare →

Related Stories

World News
Build #2612