Trending
Prev Story
Next Story

बाक्लो र स्वादिलो दही घरमै कसरी बनाउने ? ५ कुरामा ध्यान दिनुहोस्

Onlinekhabar •
November 04, 2026 • 12:31 PM
1
1 reads 0 reactions

नेपाली परम्परामा घरमा दही बनाउनु कुनै नयाँ कुरा होइन । दहीको कुरा गर्दैगर्दा सायद धेरैलाई काठको ठेकीमा जमाइएको बाक्लो र स्वादिलो दहीको याद पनि आयो होला । अब दही जमाउने परम्परागत तरिका बिस्तारै हराउँदै गएको छ …

बाक्लो र स्वादिलो दही घरमै कसरी बनाउने ? ५ कुरामा ध्यान दिनुहोस्

नेपाली परम्परामा घरमा दही बनाउनु कुनै नयाँ कुरा होइन । दहीको कुरा गर्दैगर्दा सायद धेरैलाई काठको ठेकीमा जमाइएको बाक्लो र स्वादिलो दहीको याद पनि आयो होला ।

अब दही जमाउने परम्परागत तरिका बिस्तारै हराउँदै गएको छ । उहिलेजस्तो अहिले धेरैका गोठमा दुहुना गाईभैंसी छैनन् । कसैका घरमा काठका ठेकीहरू भए पनि पटपटी फुटेर काम नलाग्ने भइसके होलान्।

तर पनि किनेरै ल्याएको दूध किन नहोस् घरमै बनाइएको दही खाने रहर त लागिहाल्छ ।

घरमा दही बनाउँदा धेरैजसोको गुनासो रहेने गर्छ– दही राम्रोसँग जम्दैन । दहीमा पानी फाट्छ । स्वाद पनि राम्रो हुँदैन । अहिले नयाँ पुस्ताका धेरै व्यक्तिलाई त झन् दही जमाएको कुनै अनुभव नै हुँदैन ।

बजारमा पाइने जस्तै बाक्लो र स्वादिलो दही बनाउन जमाउँदा केही साना कुरामा ध्यान दिनुपर्छ ।

दही जमाउनका लागि ननिकालेको दूध सबैभन्दा राम्रो हुन्छ । यसमा चिल्लो पदार्थको मात्रा बढी हुने भएकाले दही बाक्लो र क्रिमी बन्छ । टोनड वा स्किम्ड दूधबाट जमाइएको दही पातलो हुन्छ । त्यसैले कुनै प्रशोधन नगरेको शुद्ध दूध नै प्रयोग गर्नु राम्रो हुन्छ ।

पहिले दूधलाई राम्ररी उमाल्नुहोस् र त्यसपछि हल्का मनतातो नहुन्जेल राख्नुहोस् । दूध धेरै तातो वा धेरै चिसो हुनुहुँदैन भन्ने कुरा ध्यान दिनुपर्छ । दही जमाउनका लागि मनतातो दूध उपयुक्त हुन्छ ।

दही जमाउनका लागि पहिले जमाइएको थोरै दही प्रयोग गर्नुपर्छ । यसलाई बीउ दही भन्ने पनि प्रचलन छ । एक लिटर दूधमा करिब १–२ चम्चा पूरानो दही राख्नु पर्याप्त हुन्छ । धेरै राख्दा दही अमिलो हुन सक्छ भने कम राख्दा राम्रोसँग नजम्न सक्छ ।

दही जमाउनका लागि माटो वा सिसाको भाँडो सबैभन्दा राम्रो मानिन्छ । माटोको भाँडोले अतिरिक्त पानी सोस्ने भएकाले दही अझ बाक्लो बन्छ । स्टिलको भाँडो पनि प्रयोग गर्न सकिन्छ । सकेसम्म प्लास्टिकको भाँडो प्रयोग नगर्नु राम्रो हुन्छ ।

दही जमाउनका लागि न्यानो वातावरण आवश्यक हुन्छ । जाडोमा दहीको भाँडोलाई भान्साको न्यानो ठाउँमा राख्नुहोस् वा हल्का कपडाले छोप्नुहोस् ।

दही जमाउन राखिसकेपछि दूधलाई नचलाउनुहोस् । यसलाई ६ देखि ८ घण्टासम्म नचलाई त्यत्तिकै छोड्नुहोस् । बारम्बार चलाउँदा वा जाँच गर्दा दही राम्रोसँग जम्दैन र यसको बनावट पनि बिग्रन सक्छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1w ago
यो युरोपेली देशमा आप्रवासीको घरमै छिर्न पाउने भयो प्रहरी, यस्तो छ नयाँ कानुन

यो युरोपेली देशमा आप्रवासीको घरमै छिर्न पाउने भयो प्रहरी, यस्तो छ नयाँ कानुन

कानुनअनुसार घरमा प्रवेश गर्नुअघि अनुसन्धान न्यायाधीशबाट अनुमति लिनुपर्नेछ। प्रहरीसँगै अध्यागमन कार्यालयका कर्मचारी पनि उपस्थित हुनुपर्नेछ। घरमा छापा मार्ने समय बिहान ५ बजेदेखि ९ बजेसम्म तोकिएको छ।

#घरमा #घरमै
Compare →
Ekantipur
2d ago
बाक्लो असिनासहितको वर्षाले त्रिभुवन विमानस्थल बन्द, कम्तीमा आठ विमान आकाशमै होल्ड

बाक्लो असिनासहितको वर्षाले त्रिभुवन विमानस्थल बन्द, कम्तीमा आठ विमान आकाशमै होल्ड

बाक्लो असिना, वर्षा र हावाहुरीले रनवे ढाकेपछि चार अन्तर्राष्ट्रिय र चार आन्तरिक विमान आकाशमै रोकिएका छन्।

#बाक्लो
Compare →
Bizshala
3d ago
भाटभटेनीबाट किनेको दहीमा ढुसी भेटिएपछि पास्कुअलको एक ब्याच बजारबाट फिर्ता गर्न आदेश

भाटभटेनीबाट किनेको दहीमा ढुसी भेटिएपछि पास्कुअलको एक ब्याच बजारबाट फिर्ता गर्न आदेश

काठमाण्डौ । इटहरीको भाटभटेनी सुपरमार्केटबाट किनेको स्पेनमा उत्पादित ‘पास्कुअल बिग डे’ दहीमा ढुसी भेटिएपछि खाद्य...

#दही
Compare →

Related Stories

World News
Build #2611