Trending
Prev Story
Next Story

बलिउडकी नयाँ स्टार किड : को हुन् नाओमिका सरन ?

Onlinekhabar •
November 04, 2026 • 12:31 PM
1
1 reads 0 reactions

बलिउडमा अहिले नयाँ पुस्ताका कलाकारप्रति दर्शकको चासो बढिरहेको छ । यसैबीच अभिनेत्री डिम्पल कपाडिया र दिवंगत अभिनेता राजेश खन्नाकी नातिनी नाओमिका सरन पनि चर्चामा आउन थालेकी छिन् । सुन्दरता, आकर्षक व्यक्तित्व र फिल्मी परिवारसँगको सम्बन्धका …

बलिउडकी नयाँ स्टार किड : को हुन् नाओमिका सरन ?

बलिउडमा अहिले नयाँ पुस्ताका कलाकारप्रति दर्शकको चासो बढिरहेको छ । यसैबीच अभिनेत्री डिम्पल कपाडिया र दिवंगत अभिनेता राजेश खन्नाकी नातिनी नाओमिका सरन पनि चर्चामा आउन थालेकी छिन् । सुन्दरता, आकर्षक व्यक्तित्व र फिल्मी परिवारसँगको सम्बन्धका कारण उनी बलिउडको नयाँ सम्भावित स्टार किडका रूपमा हेरिन थालेकी छिन् ।

नाओमिका बलिउडका पहिलो सुपरस्टार मानिने राजेश खन्ना र चर्चित अभिनेत्री डिम्पल कपाडियाकी नातिनी हुन् । उनी अभिनेत्री रिंकी खन्ना र व्यवसायी समीर सरनकी छोरी हुन् । अभिनेत्री ट्विंकल खन्नाकी भतिजीसमेत हुन् ।

उनको परिवारको बलिउडसँग पुरानो सम्बन्ध छ । उनका हजुरबुवा राजेश खन्नाले सन् १९७० को दशकमा बलिउडमा ठूलो स्टारडम बनाएका थिए । हजुरआमा डिम्पल कपाडिया पनि आफ्नो अभिनयका कारण आजसम्म चर्चामा छिन् । उनकी आमा रिंकी र फुपू ट्विंकलले समेत फिल्ममा काम गरिसकेका छन् ।

नाओमिकाले मुम्बईबाट विद्यालय तहको शिक्षा पूरा गरेकी हुन् । त्यसपछि उनले सेन्ट जेभियर्स कलेजमा अध्ययन गरिन् । हाल उनी अमेरिकाको न्युयोर्क विश्वविद्यालयअन्तर्गत टिस स्कुल अफ आर्ट्समा उच्च शिक्षा हासिल गरिरहेकी छिन् ।

यो संस्था अभिनय, फिल्म निर्माण र प्रदर्शन कलाका लागि चर्चित मानिन्छ । नाओमिकाले पनि अभिनय तथा फिल्म निर्माणमा आफ्नो रुचि अघि बढाइरहेकी छिन् ।

ट्विंकल खन्नासँग मिल्दोजुल्दो अनुहार

अहिलेसम्म नाओमिका मुख्यधारको बलिउड फिल्म उद्योगमा सक्रिय भइसकेकी छैनन् । तर, सामाजिक सञ्जालमा उनको लोकप्रियता बढ्दै गएको छ । इन्स्टाग्राममा उनका १३ हजारभन्दा बढी फलोअर्स  छ ।

उनका तस्बिर र पोस्ट सामाजिक सञ्जालमा चर्चित हुने गरेका छन् । विशेषगरी उनी आफ्नी फुपू ट्विंकल खन्नासँग निकै मिल्दोजुल्दो देखिने भन्दै प्रशंसकहरूले उनलाई ट्विंकलको प्रतिरूपसमेत भन्ने गरेका छन् ।

आकर्षक पहिरन शैली, व्यक्तित्व र सुन्दरताका कारण नोमिकाले अहिले नै धेरैको ध्यान खिच्न थालेकी छिन् । फिल्मी परिवारमा जन्मिएकी उनी भविष्यमा बलिउडमा प्रवेश गर्छिन् वा फरक बाटो रोज्छिन् भन्ने चासो पनि बढेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
11h ago
बलिउड कलाकारको सुरक्षामा चिन्ता, निजी अंगरक्षकको माग बढ्यो

बलिउड कलाकारको सुरक्षामा चिन्ता, निजी अंगरक्षकको माग बढ्यो

अभिनेता अमिताभ बच्चनले आफ्नो निवासबाहिर बुलेटप्रुफ घेराबाट प्रशंसकलाई अभिवादन गरेका थिए भने अभिनेता शाहरुख खानको निवास आसपास पनि सुरक्षा बढाइएको छ ।

#बलिउड
Compare →
Hamro Patro News
12h ago
बलिउडमा अन्डरवर्ल्डको त्रास, बढ्यो निजी अङ्गरक्षकको माग

बलिउडमा अन्डरवर्ल्डको त्रास, बढ्यो निजी अङ्गरक्षकको माग

मुम्बई । कलाकारलाई लक्षित गरी गोली प्रहार र फिरौतीका धम्की बढेपछि भारतीय चलचित्र उद्योग बलिउडमा सुरक्षा व्यवस्था कडा पारिएको छ । पछिल्ला घटनाले सन् १९९० को दशकमा मुम्बईको चलचित्र उद्योगमा आपराधिक ग...

#बलिउड
Compare →
Nagarik News
13h ago
बलिउडमा अन्डरवर्ल्डको त्रास, सुरक्षा कडा

बलिउडमा अन्डरवर्ल्डको त्रास, सुरक्षा कडा

कलाकारलाई लक्षित गरी गोली प्रहार र फिरौतीका धम्की बढेपछि भारतीय चलचित्र उद्योग बलिउडमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

#बलिउड
Compare →

Related Stories

Entertainment & Cinema
Build #2611