Trending
Prev Story
Next Story

यो युरोपेली देशमा आप्रवासीको घरमै छिर्न पाउने भयो प्रहरी, यस्तो छ नयाँ कानुन

Nagarik News •
November 06, 2026 • 04:17 PM
1
1 reads 0 reactions

कानुनअनुसार घरमा प्रवेश गर्नुअघि अनुसन्धान न्यायाधीशबाट अनुमति लिनुपर्नेछ। प्रहरीसँगै अध्यागमन कार्यालयका कर्मचारी पनि उपस्थित हुनुपर्नेछ। घरमा छापा मार्ने समय बिहान ५ बजेदेखि ९ बजेसम्म तोकिएको छ।

यो युरोपेली देशमा आप्रवासीको घरमै छिर्न पाउने भयो प्रहरी, यस्तो छ नयाँ कानुन

बेल्जियमले अवैध रूपमा बसिरहेका केही आप्रवासीलाई उनीहरूकै घरमा प्रवेश गरेर पक्राउ गर्न प्रहरीलाई अनुमति दिने कानुन पारित गरेको छ।

शुक्रबार संसदबाट पारित नयाँ कानुनअनुसार प्रहरीले निश्चित सर्त पूरा भएका व्यक्तिलाई पक्राउ गर्न उनीहरू बसिरहेको घरमा प्रवेश गर्न र खानतलासी गर्न सक्नेछ। यो व्यवस्था सबै अवैध आप्रवासीका लागि लागू हुने छैन। देश छाड्न आदेश दिइए पनि त्यसलाई पालना नगरेका तथा सार्वजनिक व्यवस्था वा राष्ट्रिय सुरक्षाका लागि खतरा मानिएका व्यक्तिलाई लक्षित गरिएको छ।

कानुनअनुसार घरमा प्रवेश गर्नुअघि अनुसन्धान न्यायाधीशबाट अनुमति लिनुपर्नेछ। प्रहरीसँगै अध्यागमन कार्यालयका कर्मचारी पनि उपस्थित हुनुपर्नेछ। घरमा छापा मार्ने समय बिहान ५ बजेदेखि ९ बजेसम्म तोकिएको छ।

बेल्जियममा यो विषय लामो समयदेखि विवादमा थियो। सरकारले अवैध रूपमा बसेका र सुरक्षा जोखिम निम्त्याउन सक्ने व्यक्तिलाई देशबाट निकाल्ने प्रक्रिया प्रभावकारी बनाउन नयाँ कानुन आवश्यक रहेको बताएको छ।

बेल्जियमकी आप्रवासन मन्त्री एनेलीन भान बोसुइटले नयाँ कानुनलाई 'ऐतिहासिक' उपलब्धि बताएकी छन्। 'यदि कुनै व्यक्ति हाम्रो समाजका लागि खतरा हो भने हाम्रा निकायले हस्तक्षेप गर्न सक्नुपर्छ', उनले विज्ञप्तिमार्फत भनेकी छन्। उनले अवैध आप्रवासीविरुद्ध अन्धाधुन्ध कारबाही गर्न खोजिएको भन्ने आरोप पनि अस्वीकार गरेकी छन्।

तर मानव अधिकारवादी संगठनहरूले भने नयाँ कानुनको विरोध गरेका छन्। उनीहरूका अनुसार यसले नागरिक स्वतन्त्रता, निजी जीवनको गोपनीयता र बेल्जियमको संविधानमाथि असर पार्न सक्छ। एमनेस्टी इन्टरनेशनल बेल्जियमले यो कानुनले कानुनी हैसियत नभई देशमा बसिरहेका व्यक्तिलाई अपराधीसँग गलत रूपमा जोडेको बताएको छ।

यसअघि ब्रसेल्समा करिब ३ हजार मानिसले मानव साङ्लो बनाएर कानुनको विरोध गरेका थिए। देशका विभिन्न स्थानमा पनि विरोध प्रदर्शन भएका थिए।

सरकारले नयाँ कानुनले आप्रवासन नियन्त्रण र देश निकाला प्रक्रियालाई प्रभावकारी बनाउने दाबी गरेको छ भने आलोचकहरूले यसले घरको गोपनीयता र मौलिक अधिकार कमजोर बनाउने चिन्ता व्यक्त गरेका छन्। एजेन्सी

प्रकाशित: २० कार्तिक २०८३ २२:०२ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
4d ago
सेनेगलमा आप्रवासीको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो

सेनेगलमा आप्रवासीको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो

एजेन्सी । सेनेगलको तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिँदा मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ । सोमबार थप शव फेला परेपछि मृतकको सङ्ख्या बढेको आपत्कालीन सेवा विभागले जनाएको छ । उत्तरी सेनेगलको सेन्ट लु...

#आप्रवासी
Compare →
Bizshala
4d ago
दुवै सदन गुमेपछि ट्रम्पको स्वीकारोक्ति ‘आप्रवासी निकाल्ने कडाइले मलाई घाटा भयो’

दुवै सदन गुमेपछि ट्रम्पको स्वीकारोक्ति ‘आप्रवासी निकाल्ने कडाइले मलाई घाटा भयो’

काठमाण्डौ । अमेरिकी संसद्का दुवै सदनमा रिपब्लिकन पार्टीले नियन्त्रण गुमाएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो...

#आप्रवासी #भयो
Compare →

Related Stories

World News
Build #2611