Trending
Prev Story
Next Story

एनपीएलमा बंगलादेशी लहर : एउटै सिजनमा १० खेलाडी

Ekantipur •
November 04, 2026 • 11:31 AM
1
1 reads 0 reactions

यो सिजनमा ५ टिमबाट १० जना बंगालादेशी खेलाडी खेलिरहेका छन्। बंगलादेशी पत्रकारका अनुसार एउटै सिजनमा यति धेरै बंगलादेशी खेलाडीले एउटै फ्रेन्चाइज प्रतियोगिता खेलेको यो पहिलो पटक हो।

एनपीएलमा बंगलादेशी लहर : एउटै सिजनमा १० खेलाडी

यो सिजनमा ५ टिमबाट १० जना बंगालादेशी खेलाडी खेलिरहेका छन्। बंगलादेशी पत्रकारका अनुसार एउटै सिजनमा यति धेरै बंगलादेशी खेलाडीले एउटै फ्रेन्चाइज प्रतियोगिता खेलेको यो पहिलो पटक हो।

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा बंगलादेशी क्रिकेटरको उल्लेख्य उपस्थिती देखिएको छ । जबकी पहिलो दुई संस्करणमा एकैजना पनि बंगलादेशी खेलाडी थिएनन् । तर यसपाला  ५ टिमबाट १० जना खेलिरहेका छन्।  बंगलादेशी पत्रकारका अनुसार एउटै सिजनमा यति धेरै बंगलादेशी खेलाडीले एउटै फ्रेन्चाइज प्रतियोगिता खेलेको यो पहिलो पटक हो।

यी खेलाडी पाँच फ्रेन्चाइजमा बाँडिएका छन्। कर्णाली याक्स र पोखरा एभेन्जर्समा ३–३ जना छन्। पोखरामा शकिब अल हसन, महेदी हसन र मोहम्मद सैफुद्दिन छन् भने कर्णालीमा आरिफुल इस्लाम, जिसन आलम र अकबर अली छन्। काठमान्डु गोर्खाजमा रिपन मोन्डोल, जनकपुर बोल्ट्समा सैफ हसन र परवेज हुसेन इमोन तथा लुम्बिनी लायन्समा शामिम हुसेन छन्।

एनपीएलले आईसीसीबाट मान्यता पाएको समयमै यो उपस्थिति देखिएको छ। सैफ हसनले बंगलादेश क्रिकेट बोर्डले सजिलै एनओसी दिएकोमा कृतज्ञता व्यक्त गरे। उनका अनुसार बंगलादेशी खेलाडी विश्वभर फ्रेन्चाइज क्रिकेट खेलिरहेका छन्, त्यसैले यहाँ पनि धेरै आएका हुन्।

खेलाडीसँगै बंगलादेशी सञ्चारमाध्यमका प्रतिनिधि पनि काठमाडौं आएका छन्। क्रिकफ्रेन्जी, सी स्पोर्ट्स र बीडीक्रिकटाइम डट कमका पत्रकार रिपोर्टिङमा छन्। उद्घाटनको अघिल्लो दिन तीन बंगलादेशी पत्रकार आफ्नो सामान मिडिया सेन्टरमै छाडेर शकिबलाई भेट्न विमानस्थल दौडिएका थिए। पत्रकारहरूका अनुसार यति धेरै खेलाडी आएपछि बंगलादेशमा पनि एनपीएलको क्रेज बढेको छ।

सबैभन्दा चर्चित खेलाडीमध्ये २१ वर्षीय आरिफुल इस्लाम एक हुन्। उनले कर्णालीबाट ३ खेलमा १११ रन बनाएका छन्, जसमा काठमान्डुविरुद्ध २२ बलमा ४४, विराटनगरविरुद्ध १२ बलमा ३२ र जनकपुरविरुद्ध २९ बलमा ४३ रन छन्। जिसन आलम भने डेब्यु खेलमा ५ बलमा ७ रन मात्र बनाउन सके। दुवैले अहिलेसम्म राष्ट्रिय टोलीबाट खेलेका छैनन्। पत्रकार कावसर सान्तोका अनुसार एनपीएलको प्रदर्शन उनीहरूका लागि निकै महत्त्वपूर्ण छ।

बंगलादेशी क्रिकेटका सबैभन्दा ठूला नाम शकिब भने पहिलोपटक नेपाल खेल्न आएका हुन्। तर पोखराका लागि उनको प्रदर्शन निराशाजनक छ। पोखरा पहिलो तीनै खेल हारेको छ। शकिबले सुदूरपश्चिमविरुद्ध १४, जनकपुरविरुद्ध ९ र लुम्बिनीविरुद्ध ३ रन बनाए, तर चार विकेट लिइसकेका छन्। अगस्ट २०२४ मा शेख हसिनाको सरकार पतन भएपछि उनी अमेरिकाबाट बंगलादेश फर्किएका छैनन्। उनको अन्तिम अन्तर्राष्ट्रिय खेल सेप्टेम्बर–अक्टोबर २०२४ मा भारतविरुद्ध कानपुरमा थियो भनिएको छ।

मंगलबार कीर्तिपुरमा सैफ हसनले जनकपुरलाई विराटनगरविरुद्ध विजयको नजिक पुर्‍याएका थिए। १७५ रनको लक्ष्य पछ्याउँदै उनले ४७ बलमा ७१ रन बनाए। अन्तिम बलमा ३ रन चाहिँदा एन्ड्रे रसेलको बलमा बाउन्ड्री लाइननजिकै क्याच आउट भए। सैफले टोलीलाई जिताउन नसक्दा दुःखी भएको बताए। उनले एनपीएल ठूला स्टारसामु सीप देखाउने राम्रो मञ्च भएको पनि बताए।

बंगलादेशी खेलाडी एनपीएलमा पहिलो पटक आए पनि नेपाली फ्रेन्चाइज क्रिकेटमा नयाँ होइनन्। तामिम इकबाल २०२१ को एभरेस्ट प्रिमियर लिगमा भैरहवा ग्लाडियटर्सबाट खेलेका थिए। उनी हाल बीसीबीका अध्यक्ष छन्।

अब सबैको नजर पोखरा एभेन्जर्स र विराटनगर किङ्सबीचको खेलमा छ, जहाँ शकिब र एन्जेलो म्याथ्युज आमनेसामने हुन सक्छन्। २०२३ को विश्वकपमा शकिबको अपिलपछि म्याथ्युज 'टाइम आउट' हुने पहिलो खेलाडी बनेका थिए। अक्टोबर २९ मा पत्रकार सम्मेलनमा शकिबसँग भेट भयो कि भनी सोधिँदा म्याथ्युजले हाँस्दै भने, 'अहिलेसम्म छैन।'

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
9h ago
अन्तिम ओभरमा १६ रन जोगाउँदै सुदूरपश्चिम प्लेअफमा, काठमाडौं स्तब्ध

अन्तिम ओभरमा १६ रन जोगाउँदै सुदूरपश्चिम प्लेअफमा, काठमाडौं स्तब्ध

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ मा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको छ। अघिल्ला दुई सिजनको फाइनलमा पराजित भएको सुदूरपश्चिम लगातार तेस्रो सिज...

#एनपीएल #सिजन
Compare →
Nagarik News
5h ago
एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले शीर्ष चारको दौडमा आफूलाई कायमै राखेको हो।

#एनपीएल
Compare →
Bizshala
8h ago
नेपालमा हेलिकप्टर बुकिङ अब एउटै प्लेटफर्मबाट, मेडिकल फ्लाइटदेखि हिमाली उडानसम्मको सेवा दिने गो हेलि नेपालको घोषणा

नेपालमा हेलिकप्टर बुकिङ अब एउटै प्लेटफर्मबाट, मेडिकल फ्लाइटदेखि हिमाली उडानसम्मको सेवा दिने गो हेलि नेपालको घोषणा

काठमाण्डौ । नेपालमा हेलिकप्टर सेवा खोज्ने, मूल्य तथा उपलब्धताबारे जानकारी लिने र बुकिङ प्रक्रिया अघि बढाउने कार्यलाई...

#एउटै
Compare →
Arthasansar
9h ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै...

#एनपीएल #सिजन
Compare →
Onlinekhabar
13h ago
एनपीएलकी ग्ल्यामरस होस्टले काठमाडौंमा ‘माचा’ खोज्दा किन सबै तीनछक परे ?

एनपीएलकी ग्ल्यामरस होस्टले काठमाडौंमा ‘माचा’ खोज्दा किन सबै तीनछक परे ?

नेपाल प्रिमियर लिग (एनपीएल) यतिबेला सबैको केन्द्रमा छ । अनि त्यसैको एउटा हिस्सा बनेकी छन्, येशा सागर । अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अक्सर देखिने येशा पाहुना बनेर काठमाडौं आएकी छन् । उनी जारी एनपीएलकी होस्ट हुन् …

#एनपीएल
Compare →

Related Stories

Sports
Build #2611