Trending
Prev Story
Next Story

भगवती हाइड्रोको नाफा ५३ प्रतिशत वृद्धि, प्रतिसेयर आम्दानी कति ?

Bizshala •
November 04, 2026 • 10:03 AM
1
1 reads 0 reactions

काठमाण्डौ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २ करोड ४५ लाख ५३...

भगवती हाइड्रोको नाफा ५३ प्रतिशत वृद्धि, प्रतिसेयर आम्दानी कति ?

काठमाण्डौ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २ करोड ४५ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले १ करोड ६० लाख ६ हजार रुपैयाँ नाफा कमाएको थियो। यस आधारमा कम्पनीको खुद नाफा करिब ५३ प्रतिशतले बढेको हो।

समीक्षा अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ४ करोड १० लाख ४५ हजार रुपैयाँ आम्दानी गरेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ३ करोड ९२ लाख ५९ हजार रुपैयाँ थियो।

अन्य स्रोतबाट १ करोड ३ लाख ७१ हजार रुपैयाँ आम्दानी भएसँगै कम्पनीको कुल आम्दानी ५ करोड १४ लाख १६ हजार रुपैयाँ पुगेको छ।

पहिलो त्रैमासमा कम्पनीको सञ्चालन खर्च १ करोड ३४ लाख ७९ हजार रुपैयाँ र गैरसञ्चालन खर्च १ करोड ६ लाख ५५ हजार रुपैयाँ रहेको छ।

कम्पनीको करअघिको नाफा २ करोड ७२ लाख ८२ हजार रुपैयाँ रहेको छ।

कम्पनीको चुक्तापुँजी ६७ करोड ८२ लाख ४० हजार रुपैयाँ रहेको छ भने रिजर्भ तथा सरप्लस ११ करोड ५० लाख रुपैयाँभन्दा बढी छ।

कम्पनीको वार्षिकीकरण गरिएको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ४८ पैसा प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ ९६ पैसा र प्रतिशेयर कुल सम्पत्ति मूल्य १४७ रुपैयाँ २० पैसा रहेको  छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
4d ago
सामान्य बढ्यो नागरिक लगानी कोषको नाफा, अन्य सूचक कस्ता ?

सामान्य बढ्यो नागरिक लगानी कोषको नाफा, अन्य सूचक कस्ता ?

नागरिक लगानी कोषको खुद नाफामा सामान्य वृद्धि देखिएको छ । कोषले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो त्रैमासिकसम्मको...

#आम्दानी #नाफा
Compare →
Ekantipur
10h ago
नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

सोल्टी होटेलको नाफा १५.२० प्रतिशतले बढेर १४ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

#नाफा
Compare →
Onlinekhabar
1d ago
टिमुर : आम्दानी बढाउँछ, मानव-वन्यजन्तु द्वन्द्व घटाउँछ

टिमुर : आम्दानी बढाउँछ, मानव-वन्यजन्तु द्वन्द्व घटाउँछ

काँडेदार र सुगन्धित टिमुरको व्यावसायिक खेतीले मध्यपहाडमा वन्यजन्तुबाट हुने बाली क्षति घटाउन, सामुदायिक वनको संरक्षण गर्न र स्थानीय समुदायको आम्दानी बढाउन सहयोग पुर्‍याउन सक्छ। नेपालमा पछिल्ला दशकमा वन क्षेत्रको पुनस्थापना, सामुदायिक वन व्यवस्थापन र स्थानीय समुदायको …

#आम्दानी
Compare →
Hamro Patro News
2d ago
विदेश र बजार छाडेर गाउँमा कृषि, मासिक आम्दानी २ लाख

विदेश र बजार छाडेर गाउँमा कृषि, मासिक आम्दानी २ लाख

२५ कात्तिक, विराटनगर । केही वर्ष उनले परदेशको तातो घाममा पसिना बगाए । फर्किएपछि स्थानीय बजारमा यातायात व्यवसाय पनि गरे । आम्दानी नभएको होइन, तर मोरङ केराबारी गाउँपालिका–९ घङ्गरुका गणेशबहादुर थापाक...

#आम्दानी
Compare →
Nagarik News
4d ago
केराका बोट, आम्दानीको स्रोत

केराका बोट, आम्दानीको स्रोत

मिथिला क्षेत्रमा दीपावली पर्व केराखेती गर्ने किसानका लागि अतिरिक्त आम्दानीको अवसर बनेको छ।

#आम्दानी
Compare →

Related Stories

Business & Economy
Build #2611