Trending
Prev Story
Next Story

शिवसेनाका नेताले नगर पञ्चायत प्रमुखको टेबलमै राखिदिए छाडा कुकुर

Onlinekhabar •
September 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१ असोज, काठमाडौं । छाडा कुकुरको समस्या कति गम्भीर छ भनेर देखाउन भारतमा एक नेताले अनौठो विरोधको बाटो रोजेका छन् । उनले नगर पञ्चायत प्रमुख अधिकृतको कार्यकक्षको टेबुलमै छाडा कुकुर राखिदिएका छन् । घटना भारतको …

शिवसेनाका नेताले नगर पञ्चायत प्रमुखको टेबलमै राखिदिए छाडा कुकुर

१ असोज, काठमाडौं । छाडा कुकुरको समस्या कति गम्भीर छ भनेर देखाउन भारतमा एक नेताले अनौठो विरोधको बाटो रोजेका छन् । उनले नगर पञ्चायत प्रमुख अधिकृतको कार्यकक्षको टेबुलमै छाडा कुकुर राखिदिएका छन् । घटना भारतको महाराष्ट्रस्थित निफाड नगर पञ्चायतको हो ।

मंगलबार (सेप्टेम्बर १५) शिवसेना (यूबीटी)का युवा सेना जिल्ला प्रमुख विक्रम रान्धवेले छाडा कुकुरको समस्या समाधान गर्न नगर प्रशासन असफल भएको आरोप लगाउँदै यस्तो विरोध गरेका हुन् ।

रान्धवेले चार–पाँचवटा छाडा कुकुरलाई झोलामा राखेर निफाड नगर पञ्चायतका प्रमुख अधिकृत धीरज भामरेको कार्यालयमा पुर्‍याएका थिए । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा उनले कार्यालयभित्रै झोला खोलेर कुकुर निकाल्दै प्रमुख अधिकृतको टेबलमा राखिदिएको देखिन्छ ।

अचानक कार्यालयभित्र कुकुर छाडिएपछि कुर्सीमा बसेका भामरे केही पछाडि सरेका थिए । झोलाभित्र थुनिएका कारण त्रसित जस्तो देखिएको एउटा कुकुर अर्को टेबलको कुनामा गएर बसेको थियो भने अर्को कार्यालयभित्रै यताउता हिँडिरहेको थियो ।

त्यसपछि रान्धवे र प्रमुख अधिकृत भामरेबीच केहीबेर भनाभनसमेत भएको थियो । विरोधलाई थप प्रतीकात्मक बनाउन रान्धवेले प्रमुख अधिकृतको टेबलमा नोटको माला समेत राखिदिएका थिए ।

रान्धवेका अनुसार निफाड नगर पञ्चायत क्षेत्रभित्र चार सयभन्दा बढी छाडा कुकुर छन् । तिनको टोकाइबाट हरेक महिना एक सयभन्दा बढी मानिस घाइते हुने उनको दाबी छ ।

बारम्बार गुनासो गर्दा पनि छाडा कुकुर नियन्त्रण, समात्ने तथा बन्ध्याकरणका लागि नगर प्रशासनले प्रभावकारी व्यवस्था गर्न नसकेको उनको आरोप छ । छाडा कुकुरका कारण विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक र मोटरसाइकल चालक प्रभावित भइरहेको उनले बताए ।

निफाड उपजिल्ला अस्पतालमा दैनिक पाँचदेखि छ जनासम्म कुकुरले टोकेका बिरामी उपचारका लागि आउने गरेको अस्पतालका चिकित्सक डा. राजीव ताम्बलेले बताएका छन् ।

‘यस हिसाबले महिनामा एक सयभन्दा बढी कुकुर टोकाइका घटना हुने देखिन्छ । अहिले अस्पतालमा एन्टि–रेबिज खोप उपलब्ध छ,’ डा. ताम्बलेले भने ।

नगर पञ्चायतले छाडा कुकुर नियन्त्रणका लागि ठोस कदम नचाले नागरिकहरूको उपस्थितिमै पुन: प्रमुख अधिकृतको कार्यालयमा कुकुर ल्याएर छाड्ने रान्धवेले चेतावनी दिएका छन् ।

उनले लामो समयदेखि स्थानीयवासीले भोग्दै आएको छाडा कुकुरको समस्या प्रशासनलाई प्रत्यक्ष अनुभूति गराउन कार्यालयभित्र कुकुर छाडिएको बताएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
9h ago
वन्यजन्तु संरक्षणमा चुनौती बन्दै छाडा कुकुर

वन्यजन्तु संरक्षणमा चुनौती बन्दै छाडा कुकुर

गण्डकी- अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइने दुर्लभ वन्यजन्तु संरक्षणमा छाडा कुकुर चुनौती बनेको छ । छाडा कुकुरले कस्तुरीमृग, नाउरलगायतका वन्यजन्तुलाई आक्रमण गरी सिकार गर्ने गरेको छ । छाडा कुकुर नियन्त...

#छाडा #कुकुर
Compare →
Nagarik News
22h ago
बागलुङमा ‘कुकुर होस्टेल’ : मेनुमा बिहान दूधभात, बेलुका ‘चिकनभात’

बागलुङमा ‘कुकुर होस्टेल’ : मेनुमा बिहान दूधभात, बेलुका ‘चिकनभात’

बागलुङ नगरपालिकाले सडकमा छाडिएका तथा भुस्याहा कुकुरको व्यवस्थापनका लागि सञ्चालनमा ल्याएको ‘कुकुर होस्टेल’ प्रभावकारी बन्दै गएको छ।

#कुकुर
Compare →

Related Stories

National (Nepal)
Build #2612