तिहार सुरु हुने भएसँगै भक्तपुरमा माटोका भाँडा बनाउन प्रजापति परिवारका सदस्यलाई भ्याइनभ्याइ भएको छ । भक्तपुर नगरपालिका–४ पोर्टरीस्क्वायरमा पुस्तौदेखि माटोका भाँडा बनाउँदै आएका प्रजापति समुदायका पूरै परिवार यतिखेर तिहारका लागि आवश्यक पाला बनाउन एकछिन फुर्सद नलिकनै भाँडा बनाउन व्यस्त छ ।
पाला किन्ने सर्वसाधारणहरूलाई दर्जनको ४० रुपियाँमा दियोको पाला बेच्ने गरिएको छ प्रजापतिको भनाइ छ। माटोको पालाहरू (दीयो) नेपाली संस्कृति, विशेषगरी तिहार (यमपञ्चक) र अन्य धार्मिक पूजाआजामा असाध्य महत्त्वपूर्ण मानिन्छ। तिहारको बेला घर–घरमा उज्यालो फैलाउन माटोको पालामा तेल वा घ्यू र कपासको बत्ती राखेर बाल्ने परम्परा छ।
स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )