Trending
Prev Story
Next Story

नेकपा एमाले मधेश सरकारमा फर्किन लागेको हो ?

Onlinekhabar •
November 04, 2026 • 09:31 AM
1
1 reads 0 reactions

१८ कात्तिक, जनकपुरधाम । मधेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिनुपर्ने समय अब १० दिन मात्र बाँकी छ । नेपाली कांग्रेस नेतृत्वको मधेश सरकार अहिलेसम्म अल्पमतमा छ । यद्यपि, मुख्यमन्त्री यादव आफ्नै नेतृत्वको सरकार टिकाउने …

नेकपा एमाले मधेश सरकारमा फर्किन लागेको हो ?

१८ कात्तिक, जनकपुरधाम । मधेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिनुपर्ने समय अब १० दिन मात्र बाँकी छ । नेपाली कांग्रेस नेतृत्वको मधेश सरकार अहिलेसम्म अल्पमतमा छ ।

यद्यपि, मुख्यमन्त्री यादव आफ्नै नेतृत्वको सरकार टिकाउने कसरतमा जुटिरहेका छन् । एमालेले साथ छाडेपछि मुख्यमन्त्री यादवलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले काँध थापिरहेको छ ।

गत असोज ३० गते नेकपा एमाले समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो । जसका कारण यादव नेतृत्वको सरकार अल्पमतमा परेको थियो भने त्यसको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यता मुख्यमन्त्री यादवलाई छ ।

मधेश सरकारबारे विभिन्न दलका केन्द्रीय नेतृत्व तहमा छलफल भइरहेको छ । उनीहरूबीच नयाँ समीकरण बनाउने विषयमा छलफल भइरहेको छ ।

खासगरी, जनता समाजवादी पार्टी नेपाल (जसपा) आफ्नो नेतृत्वमा सरकार बनाउने प्रयासमा छ । जसका लागि एमालेले समर्थन फिर्ता लिएकै दिन एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटघाट भएको थियो । त्यतिबेला एमाले जसपा नेपालको नेतृत्वमा सरकार बनाउन सकारात्मक थियो ।

तर, जनमत पार्टीले जसपा नेतृत्वमै सरकार भए पनि एमाले र कांग्रेस बाहेकको सरकार बनाउन चाहेको राजनीतिक वृत्तमा चर्चा छ । यसले एमाले प्रतिपक्षमा पुग्ने खतरा बढ्दा फेरि वर्तमान सरकारमा नै फर्किने गरी विभिन्न चरणमा संवाद जारी छ ।

एमालेले विगतमा सरकारमा सहभागी हुँदा तीनदलीय सत्ता गठबन्धनबीच भएको १५ बुँदे सहमति कार्यान्वयन र केही महिनापछि आफ्नो नेतृत्वमा सरकार बनाउने गरी कांग्रेससँगै संवाद गरिरहेका छन् । यद्यपि, अहिलेसम्म सहमति नजिक नपुगेको एमालेका एक सांसदले बताए ।

‘राजनीतिमा असम्भव भन्ने कुरा हुँदैन । यहाँ न कोही कसैको शत्रु हुन्छ, न मित्र । यसकारण असम्भव केही छैन,’ ती सांसदले भने, ‘विगतमा भएको १५ बुँदे सहमति अक्षरसः पालना नहुँदा हामी सरकारबाट निस्कियौं । यति त्यो सहमति कार्यान्वयन र पालपालै नेतृत्व भयो भने एमाले सरकारमा सहभागी हुनसक्छ । शीर्ष तहमा छलफल भइरहेको छ ।’

केन्द्रीय नेतृत्व तहमै कांग्रेस, एमाले र नेकपाबीच पनि छलफल भइरहेको छ । मंगलबार साँझ कांग्रेस सभापति गगन थापाले गुण्डु पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । ओली र थापाबीच समसामयिक राजनीतिक विषय तथा मधेश सरकारबारे विमर्श भएको बताइएको छ ।

कांग्रेस, एमाले र नेकपाबीच प्याकेजमा सहमति गरी यही सरकारलाई निरन्तरता दिने प्रयास भइरहेको स्रोतले जनाएको छ ।

शीर्ष तहमा छलफल गर्न मधेशका नेताहरूसमेत अहिले काठमाडौं केन्द्रित भएका छन् । मुख्यमन्त्री कृष्णप्रसाद यादव पनि आजै काठमाडौं पुगेका छन् । यादवले अहिलेसम्म आफ्नै नेतृत्वको सरकारले निरन्तरता पाउने सम्भावना रहेको दाबी गरे ।

‘म पनि अहिले काठमाडौं आएको छु । केन्द्रीय नेतृत्व तहमा कुराकानी भइरहेको छ । अहिलेसम्मको कुराकानी सकरात्मक छ,’ उनले अनलाइनखबरसँग भने ।

नेकपाले सरकारबारे निर्णय गर्न पार्टीको शीर्ष तहमा छलफल गरिरहेको छ ।

हुन त एमालेले मधेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन चाहेको थियो । तर अन्य दलहरूले एमालेको नेतृत्वमा सरकार बनाउन नचाहेको स्रोतले बताएको छ ।

यता, जसपाका तीन जना नेता पनि आफैं मधेशको मुख्यमन्त्री बन्ने दाउमा छन् । दलका नेतासमेत रहेका पूर्वमुख्यमन्त्री सरोजकुमार यादव, पूर्वमुख्यमन्त्री जितेन्द्र सोनल र पूर्वमुख्यमन्त्री लालबाबु राउत पनि मुख्यमन्त्री बन्ने आकांक्षामा रहेको जसपाका एक सांसदले बताए ।

‘जसपाभित्र पनि नेतृत्व गर्ने विषयमा आआफ्नै दाउमा छन् । जसपाले सरकारको नेतृत्व गर्छ । नभए अर्को दलको नेतृत्वको सरकारमा जसपा जाँदैन,’ उनले भने ।

पछिल्लो राजनीतिक घटनाक्रमले एमाले पुन: वर्तमान सरकारमै फर्किने सम्भावना बढेको देखाउँछ । जसका कारण, मधेशमा वर्तमान सरकारले नै निरन्तरता पाउने विश्लेषण सुरु भएको छ । जसपा र जनमत प्रतिपक्षी बेन्चमा यथावत रहने सम्भावना पनि छ ।

१०७ सदस्यीय मधेश प्रदेशसभामा सरकारको विश्वासको लागि ५४ सिट आवश्यक छ । अहिले मधेश प्रदेशसभामा सांसद संख्या १०३ छ । त्यसअनुसार सरकार बनाउनका लागि ५२ सिट चाहिन्छ ।

मधेश प्रदेशसभामा सबभन्दा ठूलो दल जसपा नेपालको २७ सिट, एमालेको २३, कांग्रेसको २२, नेकपाको १५, जनमतको १२ सिट छ । संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक-एक सांसद छन् ।

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
2d ago
मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी २८ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । तीनदलीय गठबन्धनको सरकारबाट नेकपा एमाले...

#यादव #मधेश #मुख्यमन्त्री
Compare →
Ekantipur
1d ago
मधेश प्रदेशसभाको बैठक शनिबार, मुख्यमन्त्रीलाई विश्वासको मत अनिश्चित

मधेश प्रदेशसभाको बैठक शनिबार, मुख्यमन्त्रीलाई विश्वासको मत अनिश्चित

एमाले र नेकपाले सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिन लागेका हुन् ।

#यादव #मधेश #मुख्यमन्त्री
Compare →
Hamro Patro News
2d ago
मधेशका मुख्यमन्त्री यादवले २८ कात्तिकमा विश्वासको मत लिने

मधेशका मुख्यमन्त्री यादवले २८ कात्तिकमा विश्वासको मत लिने

काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही २८ कात्तिकमा प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिस्ट पार्टी ९एमाले० र नेपाली कम्युनिस्ट पार्टीले...

#यादव #मधेश #मुख्यमन्त्री
Compare →
Nagarik News
2d ago
मुख्यमन्त्री यादवले यही कात्तिक २८ गते विश्वासको मत लिने

मुख्यमन्त्री यादवले यही कात्तिक २८ गते विश्वासको मत लिने

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।

#यादव #मुख्यमन्त्री
Compare →
Bizshala
1d ago
सुदूरपश्चिममा बजेट विवाद चर्कियो, नेकपाभित्रै सरकारको विकल्पबारे बहस

सुदूरपश्चिममा बजेट विवाद चर्कियो, नेकपाभित्रै सरकारको विकल्पबारे बहस

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशको बजेट पारित भए पनि त्यसले निम्त्याएको विवादले सरकारको नेतृत्व गरिरहेको नेपाली...

#नेतृत्व #नेकपा
Compare →

Related Stories

Politics & Governance
Build #2611