Trending
Prev Story
Next Story

ललितपुरका मासु पसल र वधशालालाई प्रशासनको निर्देशन- अनिवार्य अनुमति लिएरमात्र चलाउनू

Onlinekhabar •
November 04, 2026 • 09:30 AM
1
1 reads 0 reactions

१८ कात्तिक, काठमाडौं । सरकारले उपभोक्तालाई स्वच्छ र स्वस्थ मासु उपलब्ध गराउने उद्देश्यले आगामी १ मंसिरदेखि काठमाडौं उपत्यकामा ‘पशु वधशाला र मासु जाँच ऐन २०५५’ पूर्णरूपमा लागु गर्न लागेको छ । यसै सन्दर्भमा जिल्ला प्रशासन कार्यालय …

ललितपुरका मासु पसल र वधशालालाई प्रशासनको निर्देशन- अनिवार्य अनुमति लिएरमात्र चलाउनू

१८ कात्तिक, काठमाडौं । सरकारले उपभोक्तालाई स्वच्छ र स्वस्थ मासु उपलब्ध गराउने उद्देश्यले आगामी १ मंसिरदेखि काठमाडौं उपत्यकामा ‘पशु वधशाला र मासु जाँच ऐन २०५५’ पूर्णरूपमा लागु गर्न लागेको छ ।

यसै सन्दर्भमा जिल्ला प्रशासन कार्यालय ललितपुरले आफ्ना जिल्लाभरि सञ्चालित मासु पसल, पशु वधस्थल तथा वधशालाहरूलाई अनिवार्य मापदण्ड पूरा गरी सञ्चालन अनुमति लिन निर्देशन दिएको छ ।

ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले काठमाडौं उपत्यकाका सबै स्थानीय तहमा उक्त ऐन लागु गर्ने सरकारको निर्णय कार्यान्वयनका लागि यो कदम चालिएको बताए ।

प्रशासनले ललितपुर जिल्लाभित्र मासु व्यवसाय र वधशाला सञ्चालन गरिरहेका सम्पूर्ण सरोकारवालालाई सम्बन्धित निकायबाट अनिवार्य सञ्चालन अनुमति लिन र कानुन बमोजिम मापदण्ड पूरा गरेरमात्र व्यवसाय सञ्चालन गर्न सूचित गरेको छ ।

१ मंसिरपछि मापदण्ड विपरीत वा अनुमतिविना सञ्चालन भएका व्यवसायमाथि कानुनी कारबाही हुने सरकारले बताउँदै आएको छ । नयाँ नियम र मापदण्डका विषयमा थप जानकारी आवश्यक परे पशु सेवा कार्यालय लगनखेल (ललितपुर) मा सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Ekantipur
6h ago
भीमफेदी दुर्घटना : प्रशासनको आश्वासनसँगै शव लिएर सर्लाही फर्किए आफन्त

भीमफेदी दुर्घटना : प्रशासनको आश्वासनसँगै शव लिएर सर्लाही फर्किए आफन्त

भीमफेदी दुर्घटनामा ज्यान गुमाएका परिवारले क्षतिपूर्ति, घाइते बालबालिकाको शिक्षा र पालनपोषण तथा रोजगारीको माग राखे पनि ठोस लिखित सहमतिबिनै शव बुझे । मकवानपुर प्रशासनले सात दिनभित्र माग सम्बोधनका लागि पहल गर्ने आश्वासन दिएको छ ।

#प्रशासन
Compare →

Related Stories

National (Nepal)
Build #2611