Trending
Prev Story
Next Story

जाडोमा एसी लामो समय बन्द राख्दै हुनुहुन्छ ? ५ कुरामा दिनुहोस् ध्यान

Onlinekhabar •
November 04, 2026 • 09:30 AM
1
1 reads 0 reactions

जाडो मौसम सुरु भएसँगै एसीको प्रयोजन ठाउँअनुसार फरक पर्न सक्छ । गर्मी ठाउँ छ भने गर्मीमा दिनरात चल्ने एसी अब धेरै महिनासम्म बन्द अवस्थामा रहन्छ । यदि जाडो ठाउँ छ भने यसको प्रयोग निरन्तर रहन …

जाडोमा एसी लामो समय बन्द राख्दै हुनुहुन्छ ? ५ कुरामा दिनुहोस् ध्यान

जाडो मौसम सुरु भएसँगै एसीको प्रयोजन ठाउँअनुसार फरक पर्न सक्छ । गर्मी ठाउँ छ भने गर्मीमा दिनरात चल्ने एसी अब धेरै महिनासम्म बन्द अवस्थामा रहन्छ । यदि जाडो ठाउँ छ भने यसको प्रयोग निरन्तर रहन सक्छ ।

तर पनि जाडोको समयमा धेरैजसो एसीहरू प्राय बन्द अवस्थामै राखिन्छ ।

जाडोमा एसीलाई लामो समयसम्म बन्द राख्नुअघि यसको उचित हेरचाह गर्नु अत्यन्तै आवश्यक हुन्छ ।

यदि तपाईंले सफाइ र मर्मतसम्भार नगरी एसी बन्द गर्नुभयो भने अर्को गर्मीमा यसलाई पुनः सञ्चालन गर्दा कूलिङको समस्या, दुर्गन्ध वा प्राविधिक खराबीको सामना गर्नुपर्ने हुन सक्छ । त्यसैले गर्मीमा एसी राम्रो अवस्थामा सञ्चालन होस् भन्नका लागि बन्द गर्नुअघि केही कुरामा ध्यान दिनु आवश्यक छ ।

एसीलाई लामो समयसम्म बन्द राख्नुअघि यसको एयर फिल्टर सफा गर्नु सबैभन्दा महत्त्वपूर्ण काममध्ये एक हो । गर्मीमा निरन्तर प्रयोग हुँदा फिल्टरमा धुलो, माटो तथा अन्य कणहरू जम्मा हुन्छन् । यदि यी कणहरू सफा नगरी छोडियो भने मेसिनभित्र फोहोर जमिरहन सक्छ र अर्को पटक प्रयोग गर्दा समस्या हुन सक्छ ।

यसका लागि सबैभन्दा पहिले एसी बन्द गरी यसको विद्युत् आपूर्ति काट्नुहोस् । त्यसपछि कम्पनीको म्यानुअलमा दिइएका निर्देशनअनुसार फिल्टर निकालेर सफा गर्नुहोस् ।

२ .एसीको इनडोर र आउटडोर युनिट सफा गर्ने

स्प्लिट एसीमा दुईवटा युनिट हुन्छन्– इनडोर र आउटडोर । गर्मीमा एसी प्रयोग गर्दा यी दुवै युनिटमा धुलो जम्न सक्छ । त्यसैले जाडोमा एसी बन्द गर्नुअघि यी दुवैको सफाइ गर्नुपर्छ ।

इनडोर युनिटको बाहिरी भागलाई सुक्खा वा हल्का भिजेको नरम कपडाले सफा गर्नुहोस् । त्यस्तै, आउटडोर युनिटको वरिपरि जम्मा भएका पात, धुलो तथा फोहोर हटाउनुहोस्, ताकि त्यहाँ हावाको आवतजावत सहज रूपमा भइरहोस् ।

३.एसीको ड्रेनेज पाइप अनिवार्य रूपमा जाँच गर्ने

एसी प्रयोग गर्दा निस्कने पानी ड्रेनेज पाइपमार्फत बाहिर जान्छ । यदि यस पाइपमा फोहोर, ढुसी वा अन्य धुलो जम्मा भयो भने पानीको निकासमा समस्या हुन सक्छ।

एसीलाई लामो समयसम्म बन्द राख्नुअघि ड्रेनेज पाइप र यसको वरिपरिको भाग जाँच गर्नुपर्छ । यदि पाइपमा पानी जमेको छ, पानी चुहिएको देखिन्छ वा दुर्गन्ध आइरहेको छ भने प्राविधिकबाट जाँच गराउनुहोस् ।

४.एसी बन्द गर्नुअघि ड्राई मोड प्रयोग गर्ने

एसीको इनडोर युनिटमा ओसिलोपन रहिरह्यो भने लामो समयसम्म बन्द अवस्थामा रहँदा दुर्गन्ध वा ढुसी लाग्ने समस्या हुन सक्छ । त्यसैले एसीमा ड्राई वा सेल्फ-क्लिन सुविधा उपलब्ध छ भने कम्पनीको निर्देशनअनुसार यसको प्रयोग गर्नुहोस् । केही एसीमा सेल्फ-क्लिन, कोइल ड्राई वा फ्यान-अनलीजस्ता सुविधा हुन्छन्, जसले युनिटभित्रको ओसिलोपन कम गर्न मद्दत गर्न सक्छन् ।

५.एसीलाई कभर गर्नुअघि विद्युत् आपूर्ति बन्द गर्ने

एसीको सफाइ र आवश्यक जाँच पूरा भएपछि लामो समयसम्म बन्द राख्न यसको विद्युत् आपूर्ति बन्द गर्नुहोस् । रिमोटबाट एसी बन्द गरेपछि आवश्यकताअनुसार यसको छुट्टै इलेक्ट्रिकल आइसोलेटरको विद्युत् आपूर्ति पनि बन्द गर्नुहोस् ।

विद्युत् प्यानलबारे जानकारी छैन भने इलेक्ट्रीसियनको सहयोग लिनुहोस् । एसीलाई कभर गर्दा आउटडोर युनिटको आवश्यक भागमा मात्र कभर लगाउनुहोस् । इनडोर युनिट वा पूरै एसीलाई हावा नछिर्ने गरी प्लास्टिकले नछोप्नुहोस् ।

जाडोमा एसीको मर्मतसम्भारका लागि के गर्ने ?

– यदि एसीलाई धेरै महिनासम्म प्रयोग गर्ने योजना छैन भने रिमोटको ब्याट्री निकालेर छुट्टै राख्ने

– एसीको वरिपरि सामान थुपारेर नराख्ने, विशेषगरी आउटडोर युनिटको नजिक सामान राख्दा हावाको आवतजावत रोकिन सक्छ ।

– अर्को गर्मीमा एसी सञ्चालन गर्नुअघि यसको फिल्टर, वायरिङ र युनिटको अवस्था जाँच गराउनुहोस् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
1w ago
जाडो सुरु भएसँगै फेरि बढ्न थाल्यो वायु प्रदूषण

जाडो सुरु भएसँगै फेरि बढ्न थाल्यो वायु प्रदूषण

युनिसेफको नयाँ प्रतिवेदनअनुसार नेपालका ९९ लाख बालबालिका अस्वस्थकर वायु प्रदूषणको जोखिममा छन् ।

#जाडो
Compare →
Hamro Patro News
1w ago
जाडोमा वायु प्रदूषण बढ्ने जोखिम, प्लास्टिकजन्य फोहर नबाल्न महानगरको आग्रह

जाडोमा वायु प्रदूषण बढ्ने जोखिम, प्लास्टिकजन्य फोहर नबाल्न महानगरको आग्रह

काठमाडौँ महानगरपालिकाले जाडो मौसम सुरु भएसँगै वायु प्रदूषणबाट हुनसक्ने जोखिम बढ्नसक्ने भन्दै प्लास्टिकजन्य फोहरमैला नबाल्नका लागि आग्रह गरेको छ । वातावरण विभागका प्रमुख सरिता राईका अनुसार वायु प्र...

#जाडो
Compare →

Related Stories

Science & Climate
Build #2611