Trending
Prev Story
Next Story

भारतीय विदेश सचिवको काठमाडौँ अवतरण: बालेन-मोदी शिखर बैठकको आधार तयार पार्ने प्रयास

Hamro Patro News •
November 04, 2026 • 08:20 AM
1
1 reads 0 reactions

काठमाडौँ। पछिल्लो समय केही चिसिएको नेपाल-भारत कूटनीतिक सम्बन्धलाई पुनः लयमा फर्काउने उद्देश्यका साथ भारतीय विदेश सचिव विक्रम मिस्रीको दुईदिने काठमाडौँ अवतरण भएको छ। परराष्ट्र सचिव अमृतबहादुर राईको ...

1 / 2
Swipe Photos

काठमाडौँ। पछिल्लो समय केही चिसिएको नेपाल-भारत कूटनीतिक सम्बन्धलाई पुनः लयमा फर्काउने उद्देश्यका साथ भारतीय विदेश सचिव विक्रम मिस्रीको दुईदिने काठमाडौँ अवतरण भएको छ। परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा काठमाडौँ आएका मिस्रीको यो भ्रमण नियमित कूटनीतिक आदानप्रदानमा मात्र सीमित छैन; यसको मुख्य केन्द्रविन्दु प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको आसन्न भारत भ्रमणको राजनीतिक र आर्थिक कार्यसूची तयार पार्नु हो।

गत मे महिनामा कूटनीतिक प्रोटोकल र भेटघाटको समयसम्बन्धी विवादका कारण स्थगित भएको मिस्रीको भ्रमण अहिले पुनः हुनुले दुवै देश उच्चस्तरीय राजनीतिक संवादलाई तीव्रता दिन उत्सुक रहेको सङ्केत गर्छ। भ्रमणका क्रममा मिस्रीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरिसकेका छन् भने प्रधानमन्त्री बालेन शाहसँग भेट गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट आगामी मंसिर ७ गते (नोभेम्बरको तेस्रो साता) का लागि तय गर्न खोजिएको भारत भ्रमणको औपचारिक निमन्त्रणा हस्तान्तरण गर्ने कार्यक्रम छ।

Read full story at source ( reportersnepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
7h ago
हायस दुर्घटनापछि काठमाडौं–हेटौँडा सडकमा कडाइ, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

हायस दुर्घटनापछि काठमाडौं–हेटौँडा सडकमा कडाइ, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

काठमाडौं प्रशासनले काठमाडौं–हेटौँडा सडकखण्डमा यात्रुवाहक सवारीसाधन सञ्चालनमा कडाइ गरेको छ।

#काठमाडौं
Compare →
Onlinekhabar
9h ago
प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?

२७ कात्तिक, काठमाडौं । नेपालीले भारतमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने व्यवस्था गर्न दुई देशबीच सम्झौता भएको ३ वर्ष बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन । भारतीयले नेपालमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने भए पनि नेपालीलाई …

#बालेन-शाह #बालेन
Compare →
Bizshala
12h ago
चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

काठमाण्डौ । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले देशभरका नेता तथा कार्यकर्तालाई काठमाण्डौमा...

#काठमाडौं
Compare →
Ekantipur
1d ago
जलवायु संकट र मानवीय सेवाबारे छलफल गर्न शुक्रबारदेखि काठमाडौंमा ११औं ड्रुक्पा परिषद्

जलवायु संकट र मानवीय सेवाबारे छलफल गर्न शुक्रबारदेखि काठमाडौंमा ११औं ड्रुक्पा परिषद्

नेपालमा समय बाढीपहिरोलगायत प्राकृतिक विपद्का घटना बढिरहेका बेला यस वर्षको परिषद्ले हिमाली क्षेत्रको वातावरणीय संवेदनशीलता र जलवायु संकटलाई प्राथमिकतामा राखेको छ ।

#काठमाडौं
Compare →

Related Stories

World News
Build #2611