Trending
Prev Story
Next Story

लाभांशसँगै ४० करोडको अग्राधिकार सेयर जारी गर्ने प्रस्तावमा मञ्जुश्री फाइनान्स

Arthasansar •
October 16, 2026 • 08:48 AM
1
1 reads 0 reactions

मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो १९औँ वार्षिक साधारणसभा कात्तिक २० गते बोलाएको छ। कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले काठमाडौंको थापागाउँस्थित...

लाभांशसँगै ४० करोडको अग्राधिकार सेयर जारी गर्ने प्रस्तावमा मञ्जुश्री फाइनान्स

मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो १९औँ वार्षिक साधारणसभा कात्तिक २० गते बोलाएको छ। कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले काठमाडौंको थापागाउँस्थित थापागाउँ ब्यांक्वेटमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो।

सभाले गत आर्थिक वर्ष २०८२/८३ का लागि सञ्चालक समितिले प्रस्ताव गरेको कुल २० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। प्रस्तावित लाभांशमा करसहित १५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर रहेको छ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ता अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पनि सभामा पेस गर्नेछ। उक्त सेयरको कुल मूल्य ४० करोड रुपैयाँ हुनेछ भने लाभांश दर ८.७५ प्रतिशत प्रस्ताव गरिएको छ। मुनाफा भएको वर्षमा मात्र लाभांश वितरण गर्ने गरी अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने र नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि प्राथमिक पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव सभामा पेस गरिनेछ।

बोनस सेयर वितरण र अग्राधिकार सेयर जारीपछि कम्पनीको जारी तथा चुक्तापुँजी वृद्धि हुने भएकाले सोहीअनुसार प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

हाल १ अर्ब ३६ करोड रुपैयाँ रहेको कम्पनीको अधिकृत पुँजी बोनस सेयर समायोजन तथा अग्राधिकार सेयर जारीपछि १ अर्ब ८३ करोड रुपैयाँ पुर्‍याउने प्रस्तावसमेत सभामा पेस हुनेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरी स्वीकृत गर्नेछ। साथै, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्ने कार्यसूची रहेको छ।

लाभांश वितरण तथा साधारणसभा प्रयोजनका लागि कम्पनीले कात्तिक ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले कात्तिक १० गतेसम्म सेयरधनी कायम रहेका लगानीकर्ता प्रस्तावित लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन योग्य हुनेछन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
6d ago
मञ्जुश्री फाइनान्स लिमिटेडको १९औँ वार्षिक साधारण सभा सम्पन्न

मञ्जुश्री फाइनान्स लिमिटेडको १९औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं- मञ्जुश्री फाइनान्स लिमिटेडको १९औँ वार्षिक साधारण सभा २०८३ कार्तिक २० गते, शुक्रबार काठमाडौंको थापागाउँस्थित थापागाउँ ब्याङ्क्वेटमा सफलतापूर्वक सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८२/८३ क...

#मञ्जुश्री #फाइनान्स #सभा
Compare →
Ekantipur
5d ago
तिहारपछि पाइन सकिन्छ यी १८ कम्पनीको सेयर लाभांश, कसको कति?

तिहारपछि पाइन सकिन्छ यी १८ कम्पनीको सेयर लाभांश, कसको कति?

यी १८ कम्पनीमा ९ बाट १० प्रतिशतभन्दा धेरै लाभांश प्राप्त गर्न सकिने अवस्था छ ।

#लाभांश #सभा
Compare →

Related Stories

National (Nepal)
Build #2611