काठमाडौं– ‘ओबेलिस्क’, प्राचीन इजिप्टमा निर्माण गरिने अग्लो, चार पाटे तथा माथितिर साँघुरिँदै गएको ढुङ्गे स्तम्भ हो । एउटै विशाल ढुङ्गालाई ताछेर बनाइने यसको माथिल्लो भाग पिरामिड आकारको हुन्छ । प्राचीन इजिप्टमा यसलाई ‘तेखेनु’ भनिन्थ्यो भने यसको चुच्चो भागलाई ‘बेनबेन’ नामले चिनिन्थ्यो ।
प्राचीन समयमा यस्ता स्तम्भहरू प्रायः जोडीका रूपमा मन्दिरका प्रवेशद्वारमा स्थापना गरिन्थे । सूर्यदेव ‘रा’ वा ‘आमुन–रा’ को सम्मानमा निर्माण गरिने ओबेलिस्कलाई सूर्यको किरण पृथ्वीतर्फ झरेको प्रतीकका रूपमा व्याख्या गरिन्थ्यो । यसको टुप्पोमा सुन वा सुन र चाँदीको मिश्रणबाट बनेको धातुको जलप लगाइने प्रचलन थियो । सूर्यको पहिलो किरण पर्दा चम्किने यसको चुच्चोले सृष्टि, पुनर्जन्म र फराओहरूको दैवी शक्तिलाई प्रतिनिधित्व गर्ने विश्वास गरिन्थ्यो ।
स्रोतमा पूरा पढ्नुहोस् ( kalakarmi.com )