Trending
Prev Story
Next Story

टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद थाप्ने क्रम जारी

Arthasansar •
October 22, 2026 • 07:25 AM
1
1 reads 0 reactions

बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाउने क्रम जारी छ...

टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद थाप्ने क्रम जारी

बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाउने क्रम जारी छ । विजयादशमीको दिन आफ्नै घरपरिवारभित्र टीका–जमरा लगाएकाहरू आज दोस्रो दिन आफ्ना टाढा–टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर आशीर्वाद लिने गर्दछन् । मान्यजन टाढा हुनेहरू आजदेखि कोजाग्रत पूर्णिमासम्म नै आशीर्वाद थाप्न जाने गर्दछन् ।

नेपालका कतिपय स्थानमा विजयादशमीको दिन मात्र टीका लगाउने परम्परा भए पनि अधिकांश स्थानमा भने विजयादशमीदेखि सुरु भएको टीका लगाउने क्रम कोजाग्रत पूर्णिमासम्मै निरन्तर चल्ने गर्दछ। नवदुर्गा भवानीको प्रसाद भएकाले कोजाग्रत पूर्णिमासम्म नै दसैँको टीका र जमरा लगाएर आशीर्वाद ग्रहण गर्न सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
18h ago
सडक निर्माणका क्रममा पहिरो खस्दा एक जना घाइते

सडक निर्माणका क्रममा पहिरो खस्दा एक जना घाइते

२७ कात्तिक, डोल्पा । हिमाली जिल्ला डोल्पामा सडक निर्माणका क्रममा ढुङ्गासहितको पहिरो खस्दा कार्यवाहक वडा अध्यक्ष घाइते भएका छन् । जिल्लाको काइके गाउँपालिका-७ लावनमा सडक निर्माणका क्रममा माथिबाट ढुङ्गासहितको सुक्खा पहिरो खस्दा सोही वडाका ३४ …

#क्रम
Compare →
Hamro Patro News
1d ago
इस्लाम धर्मावलम्बीले पनि लगाए भाइटीका

इस्लाम धर्मावलम्बीले पनि लगाए भाइटीका

बाँके, कात्तिक २६ गते । सांस्कृतिक सद्भावको सहर मानिने नेपालगन्जमा इस्लाम धर्मावलम्बीका अगुवाहरूले पनि हिन्दू समुदाय जस्तै गरी टीका लगाएर तिहार मनाएका छन् । दिदीबहिनीको हातबाट सप्तरङ्गी टीका र माला...

#टीका
Compare →

Related Stories

National (Nepal)
Build #2611