तिहार पर्वको पाँचै दिन हुने पूजाआजादेखि सजावटका लागि फूलको प्रयोग हुन्छ । पछिल्लो समय विभिन्न सभा, समारोहमा समेत फूल, मालाको प्रयोग हुन थालेपछि फूल खेती व्यावसायिक हुँदै गएको छ । फूलखेती व्यावसायिक हुँदै जाँदा पोखरा तिहारमा प्रयोग हुने फूलदेखि अरु प्रकारका फूलमा समेत आत्मनिर्भर बन्दै गएको छ ।
पोखरा महानगरभित्र करिब दुई सय रोपनीमा यस वर्ष किसानले सयपत्री फूल लगाएका छन् । पोखरा महानगरपालिकासहित अन्य निकायसँग यहाँ कति फूल उत्पादन हुन्छ र माग कति छ भन्ने यकिन तथ्याङ्क छैन । महानगरको आर्थिक महाशाखा प्रमुख मनहर कडरियाले पोखरामा तिहार बेला दुईदेखि तीन करोडको फूलको कारोबार हुने अनुमान गर्नुभयो ।
Read full story at source ( gorkhapatraonline.com )