Trending
Prev Story
Next Story

नियामकको स्वीकृतिभन्दा फरक इन्टरनेट प्याकेज बेच्ने १४ सेवा प्रदायकलाई जरिवाना

Arthasansar •
October 13, 2026 • 03:47 PM
1
1 reads 0 reactions

नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा सञ्चालन गरेको भन्दै १४ वटा इन्टरनेट सेवा प्रदायकलाई ५० हजारका दरले  जरिवाना गरेको...

नियामकको स्वीकृतिभन्दा फरक इन्टरनेट प्याकेज बेच्ने १४ सेवा प्रदायकलाई जरिवाना

नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा सञ्चालन गरेको भन्दै १४ वटा इन्टरनेट सेवा प्रदायकलाई ५० हजारका दरले  जरिवाना गरेको छ । प्राधिकरणबाट गरिएको निरीक्षण तथा जाँचबुझ प्रतिवेदनका आधारमा अनुमतिपत्रको सर्त विपरीत कार्य गरेको भन्दै ती सेवाप्रदायकहरूलाई दूरसञ्चार ऐन, २०५३ को दफा ४७ (१) बमोजिम जनही ५० हजार रुपैयाँ जरिवानासहित कारवाही गरिएको नेपाल दूरसञ्चार प्राधिकरणले बताएको छ ।

प्राधिकरणको स्वीकृति नलिई सञ्चालन गरिएका सम्पूर्ण इन्टरनेट सेवाका प्याकेज तथा शुल्कहरू तत्काल बन्द गरी त्यसको जानकारी प्राधिकरणलाई गराउन ती सेवाप्रदायकहरूलाई निर्देशन दिइएको पनि उनले जानकारी दिएका छन् । सेवा प्रदायकहरुलाई कुनै ग्राहकबाट गुनासो आएको र हानि नोक्सानी भएको भए क्षतिपूर्ति भराउनसमेत प्राधिकरणले निर्देशन दिएको छ । दूरसञ्चार ऐन, २०५३ बमोजिम दूरसञ्चार सेवाका जुनसुकै प्याकेज वा शुल्क अनिवार्य रूपमा प्राधिकरणबाट स्वीकृत गराएर मात्र लागू गर्नुपर्ने व्यवस्था छ। प्राधिकरणको स्वीकृतिबिना कुनै पनि प्याकेज तथा शुल्क सञ्चालन नगर्न र प्रचलित ऐन, नियम तथा अनुमतिपत्रका सर्तहरूको पूर्ण पालना गरी सेवा सञ्चालन गर्न सम्पूर्ण दूरसञ्चार सेवाप्रदायकहरूलाई निर्देशनसमेत दिइएको अर्यालले बताए ।

प्राधिकरणका अनुसार कारवाहीमा पर्ने इन्टरनेट सेवाप्रदायकहरूमा एरोनेट, ब्रोडलिङ्क नेटवर्क एण्ड कम्युनिकेसन, सिजि कम्युनिकेसन क्लासिक टेक, डिश मिडिया नेटवर्क, फाइबरवर्ल्ड कम्युनिकेसन र फर्स्ट लिङ्क कम्युनिकेसन रहेका छन्।  प्राधिकरणले कारवाहि गरेका सेवाप्रदायकहरुमा पोखरा इन्टरनेट, सुबिसु लिमिटेड, टेकमाइन्ड्स नेटवर्क लिमिटेड, भायानेट कम्युनिकेसन्स, वेबसर्फर नेपाल कम्युनिकेसन सिस्टम, वाइफाइ नेपाल र वर्ल्डलिङ्क कम्युनिकेसन्सलाई पनि जरिवाना गरिएको प्राधिकरणका प्रवक्ता अर्याले म‌ंगल बार जारी गरेको एक प्रेस विज्ञप्तिमा उल्लेख छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
खानामा मरेको साङ्लो फेला परेपछि बिरयानी हाउसलाई दुई लाख जरिवाना

खानामा मरेको साङ्लो फेला परेपछि बिरयानी हाउसलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) । खानामा मरेको साङ्लो फेला परेपछि रु दुई लाख जरिवाना गरिएको छ । वीरगञ्ज–२ छपकैयास्थित सामा मुरादावादी एन्ड हैदरावादी बिरयानी हाउसलाई उक्त जरिवाना तोकिएको हो । ग्राहकले खाइरहेको खान...

#जरिवाना
Compare →
Nagarik News
1d ago
खानामा मरेको साङ्लो परेपछि दुई लाख जरिवाना

खानामा मरेको साङ्लो परेपछि दुई लाख जरिवाना

खानामा मरेको साङ्लो फेला परेपछि रु दुई लाख जरिवाना गरिएको छ।

#जरिवाना
Compare →
Onlinekhabar
1d ago
खानामा मरेको साङ्लो भेटिएपछि बिरयानी हाउसलाई दुई लाख जरिवाना

खानामा मरेको साङ्लो भेटिएपछि बिरयानी हाउसलाई दुई लाख जरिवाना

२६ कात्तिक, वीरगञ्ज (पर्सा) । खानामा मरेको साङ्लो फेलापरेपछि रु दुई लाख जरिवाना गरिएको छ । वीरगञ्ज–२ छपकैयास्थित सामा मुरादावादी एन्ड हैदरावादी बिरयानी हाउसलाई उक्त जरिवाना तोकिएको हो । ग्राहकले खाइरहेको खानामा मरेको साङ्लो फेला परेको …

#जरिवाना
Compare →
Ekantipur
5d ago
कारबाहीमा परेकाहरू जरिवाना नै तिर्दैनन्, ४ करोडभन्दा बढी उठ्नै बाँकी

कारबाहीमा परेकाहरू जरिवाना नै तिर्दैनन्, ४ करोडभन्दा बढी उठ्नै बाँकी

बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा गल्ती गर्नेलाई कारवाहीस्वरुप जरिवाना गर्ने गरेको भए पनि रकम नतिर्नेहरुमाथि विभागले चासो नराख्दा ८ सय ६ वटा व्यवसाय गर्ने फर्मले जरिवाना बापत तिर्नुपर्ने ४ करोड ६ लाख २७ हजार उठ्न सकेको छैन ।

#जरिवाना
Compare →
Bizshala
1w ago
कम्पनीलाई जरिवाना छुटको अवसर, पुस मसान्तसम्म म्याद थप

कम्पनीलाई जरिवाना छुटको अवसर, पुस मसान्तसम्म म्याद थप

काठमाडौँ । लामो समयदेखि वार्षिक विवरण नबुझाएका तथा खारेजी प्रक्रियामा नगएका कम्पनीलाई जरिवाना छुटसहित विवरण...

#जरिवाना
Compare →

Related Stories

Technology
Build #2611