Trending
Prev Story
Next Story

जातीय विभेदका आरोपी जनप्रतिनिधि र कर्मचारी धरौटीमा रिहा

Ekantipur •
November 04, 2026 • 06:01 AM
1
1 reads 0 reactions

सोह्र श्राद्धका बेला दलित महिला कर्मचारीलाई भान्सामा पस्न, खाना पकाउन र पानी दिन रोक लगाएको आरोपमा उनीहरू पक्राउ परेका थिए।

जातीय विभेदका आरोपी जनप्रतिनिधि र कर्मचारी धरौटीमा रिहा

सोह्र श्राद्धका बेला दलित महिला कर्मचारीलाई भान्सामा पस्न, खाना पकाउन र पानी दिन रोक लगाएको आरोपमा उनीहरू पक्राउ परेका थिए।

पोखरा — पोखरा महानगरपालिका–१४ को वडा कार्यालयमा दलित महिला कर्मचारीमाथि जातीय विभेद गरेको आरोप लागेका जनप्रतिनिधि र दुई कर्मचारी धरौटीमा रिहा भएका छन् । कास्की जिल्ला अदालतले मंगलबार तीनै जनालाई धरौटीमा छाड्न आदेश दिएको हो ।

अदालतका न्यायाधीश डा. रमेशप्रसाद रिजालको एकल इजलासले कार्यालय सहयोगी अम्बिका क्षेत्री भण्डारीलाई एक लाख ५० हजार रुपैयाँ, वडा सदस्य कृष्णहरि काफ्लेलाई एक लाख रुपैयाँ र अर्की कार्यालय सहयोगी देवी विकलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

सोह्र श्राद्धका नाममा वडा कार्यालयमा कार्यरत कार्यालय सहयोगी गंगा विकलाई जातकै आधारमा भान्सामा पस्न, चिया पकाउन, खाना बनाउन र पानी दिनसमेत रोक लगाएको आरोपमा प्रहरीले तीनै जनालाई पक्राउ गरेको थियो । विकले २२ असोजमा जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएकी थिइन् ।

जाहेरीअनुसार अर्की कार्यालय सहयोगी अम्बिका भण्डारीले गत १२ असोजदेखि सोह्र श्राद्धमा भान्सामा प्रवेश नगर्न र भान्सासम्बन्धी काम नगर्न भनेकी थिइन् । यस्तो निर्देशन तत्कालीन कार्यवाहक वडाध्यक्ष कृष्णहरि काफ्लेलगायतले दिएको जवाफ पाएको विकको दाबी थियो ।

मुद्दामा जाहेरीकर्ता गंगा विकका तर्फबाट अधिवक्ताहरू शिव सुनार, कुञ्जनी परियार प्यासी र जिल्ला सहायक न्यायाधिवक्ता वसन्त अर्यालले बहस गरेका थिए । प्रतिवादीका तर्फबाट अधिवक्ता कमल अर्याललगायतले बहस गरेका थिए ।

जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव (कसुर र सजाय) ऐन, २०६८ ले जातीय विभेद तथा छुवाछूतलाई दण्डनीय कसुर मानेको छ । ऐनअनुसार यस्तो कसुरमा तीन महिनादेखि तीन वर्षसम्म कैद वा ५० हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ । सार्वजनिक पद धारण गरेको व्यक्तिले यस्तो कसुर गरेमा थप ५० प्रतिशत सजाय हुने प्रावधानसमेत छ ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1w ago
१० लाख धरौटी बुझाएर रिहा भए सेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवाल

१० लाख धरौटी बुझाएर रिहा भए सेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवाल

सेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवाल धरौटीमा रिहा भएका छन्। काठमाडौं जिल्ला अदालतले बिहीबार १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनले उक्त रकम बुझाएर रिहाइ पाएका हुन्। अग्रवाललाई केन्द्रीय...

#धरौटी #रिहा
Compare →
Onlinekhabar
1w ago
१० लाख धरौटीमा रिहा भए सेयर लगानीकर्ता अग्रवाल

१० लाख धरौटीमा रिहा भए सेयर लगानीकर्ता अग्रवाल

१९ कात्तिक, काठमाडौं । सेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवाल रिहा भएका छन् । बुधबार पक्राउ परेका अग्रवाललाई बिहीबार जिल्ला अदालत, काठमाडौंले १० लाख धरौटीमा छाड्न आदेश दिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एआईजी उमाप्रसाद …

#धरौटी #रिहा
Compare →
Nagarik News
4h ago
‘२१औँ शताब्दीमा पनि जातीय विभेद कायम रहनु दुःखद’

‘२१औँ शताब्दीमा पनि जातीय विभेद कायम रहनु दुःखद’

जेनजी अभियन्ता मिराज ढुंगानाले जातीय विभेद तथा छुवाछूतविरुद्ध लामो समयदेखि प्रदर्शन भइरहँदा पनि सरकारले वार्ता र समस्या समाधानका लागि कुनै प्रभावकारी पहल नगरेको भन्दै आलोचना गरेका छन्।

#जातीय #विभेद
Compare →
Bizshala
1w ago
मेटाले कर्मचारीलाई स्वेच्छिक अवकाश लिन प्रस्ताव गर्‍यो, ८० प्रतिशत तलब दिने

मेटाले कर्मचारीलाई स्वेच्छिक अवकाश लिन प्रस्ताव गर्‍यो, ८० प्रतिशत तलब दिने

काठमाडौं । फेसबुक र इन्स्टाग्रामको सञ्चालक कम्पनी मेटाले खर्च कटौती तथा कर्मचारी सङ्ख्या घटाउने योजनाअन्तर्गत...

#कर्मचारी
Compare →
Arthasansar
1w ago
विद्युत् प्राधिकरणमा राेजगारीकाे अबसर, ४०५ कर्मचारी माग

विद्युत् प्राधिकरणमा राेजगारीकाे अबसर, ४०५ कर्मचारी माग

नेपाल विद्युत् प्राधिकरणले रिक्त पदपूर्तिका लागि ४०५ जना कर्मचारी माग गरेको छ । प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको विज्ञापनमार्फत अधिकृतस्तरका ८३...

#कर्मचारी
Compare →

Related Stories

Technology
Build #2611