Trending
Prev Story
Next Story

इनम सापकोटा प्रकरण : राज्य व्यवस्था समिति बैठक बोलाउन विपक्षीको माग

Onlinekhabar •
November 04, 2026 • 06:01 AM
1
1 reads 0 reactions

१८ कात्तिक, काठमाडौं । विपक्षी दलहरूले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिको बैठक बोलाउन माग गरेका छन् । बिचौलिया इनम सापकोटासँग जोडिएका आएका अडियो र उनीसँग सम्बन्धित रहेर उठेका प्रश्नहरूउपर छानबिन हुनुपर्ने भन्दै विपक्षी दलहरूले समितिको …

इनम सापकोटा प्रकरण : राज्य व्यवस्था समिति बैठक बोलाउन विपक्षीको माग

१८ कात्तिक, काठमाडौं । विपक्षी दलहरूले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिको बैठक बोलाउन माग गरेका छन् । बिचौलिया इनम सापकोटासँग जोडिएका आएका अडियो र उनीसँग सम्बन्धित रहेर उठेका प्रश्नहरूउपर छानबिन हुनुपर्ने भन्दै विपक्षी दलहरूले समितिको बैठक बोलाउन माग गरेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पत्र नै लेखेर समितिको बैठक बोलाउन माग गरेका छन् । अन्य विपक्षी दलहरूले अनौपचारिक रूपमा बैठक बोलाउन माग गरेको बताएका छन् ।

‘मैले लिखित रूपमा नै समितिको बैठक बोलाउन माग गरेको छु’ संसदीय दलका नेता शाहीले अनलाइनखबरसँग भने ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाललाई सम्बोधन गर्दै शाहीले लेखेको पत्रमा पछिल्लो समय नेपाल प्रहरीका महानिरीक्षक र सरकारबीच देखिएको तिक्तता, बिना कसुर पत्रकारहरू पक्राउ गरिनु, राज्यशक्तिको चरम दुरुपयोग हुनु तथा प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनको निवासमा प्रहरी हिरासतमा लगिएका व्यक्तिको मोबाइल फोन जफत गरिनुजस्ता गम्भीर र चिन्ताजनक घटनाहरू सार्वजनिक भएको उल्लेख छ ।

राज्य व्यवस्था र सुशासनसँग प्रत्यक्ष सरोकार राख्ने यस्ता विषयमा गम्भीर छलफल र आवश्यक छानबिनका लागि तत्काल राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बोलाउन माग गरिएको छ ।

साथै, संसदीय समितिको बैठकमा प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव तथा नेपाल प्रहरीका महानिरीक्षकलाई अनिवार्य रूपमा उपस्थित गराई सम्बन्धित विषयमा स्पष्ट जवाफ माग्ने व्यवस्था मिलाउन पनि अनुरोध गरिएको छ ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलाल पनि समितिको बैठक राख्न माग गर्दै पत्र पठाएका छन् ।

‘देशमा दिनप्रतिदिन राज्य एवं सरकारी निकायसँग जोडिएका अस्वभाविक घटनाहरू भइरहेका छन् । यसबारेमा के भएको हो र किन गैर कानुनी रूपमा सरकारका निकायहरू चलिरहेका छन् ? प्रहरी कस्टडीमा भएका इनम सापकोटाको भनिएको अडियो कसरी लिक भयो ?,’ पत्रमा लेखिएको छ, ‘यसैसँग जोडिएर प्रधानमन्त्री र प्रमुख सल्लाहकार कुमार बेनको फेसवुक स्टाटसहरूका आधार के हुन् ? पत्रकार गिरफ्तार हुने र छोडिने तर सरकार आफूलाई थाह नभएको भन्ने लगायतका गम्भीर सवालहरूमा गृहमन्त्री र आईजीपीलाई समितिको बैठकमा उपस्थित गराएर जवाफ माग्नु र सरकारलाई जवाफदेही बनाउनु राज्य व्यवस्था तथा सुशासन समितिको कर्तव्य/जिम्मेवारी रहेकोले अविलम्व समितिको बैठक बोलाउन हार्दिक अनुरोध सहित माग गर्दछु ।’

प्रमुख सचेतक दुलालले समिति सभापतिसँग कुरा भएको र बैठक बोलाउने मागलाई सकारात्मक रूपमा लिएको जानकारी दिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
2d ago
नयाँ संसद्‌मा नेतान्याहुलाई विपक्षीको चुनौती

नयाँ संसद्‌मा नेतान्याहुलाई विपक्षीको चुनौती

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई नयाँ संसद्् गठनसँगै राजनीतिक दबाब बढ्ने देखिएको छ। संसद्मा उनको गठबन्धनको शक्ति घटेको र विपक्षी बलियो बनेकाले हमासको आक्रमणबारे छानबिन, विवादास्पद कान...

#विपक्षी
Compare →
Arthasansar
5d ago
इजरायलका राष्ट्रपतिद्वारा विपक्षी नेता आइजेनकोटलाई सरकार गठनको आह्वान

इजरायलका राष्ट्रपतिद्वारा विपक्षी नेता आइजेनकोटलाई सरकार गठनको आह्वान

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले विपक्षी दलका नेता तथा पूर्व सैन्य प्रमुख गादी आइजेनकोटलाई नयाँ गठबन्धन सरकार गठनको जिम्मेवारी दिएका छन्।...

#विपक्षी
Compare →

Related Stories

Politics & Governance
Build #2611