Trending
Prev Story
Next Story

मध्यावधि चुनाव : ट्रम्पलाई झट्का, सिनेटमा डेमोक्र्याटको बहुमत

Nagarik News •
November 04, 2026 • 04:48 AM
1
1 reads 0 reactions

बहुमत पाएसँगै डेमोक्र्याटहरूले ट्रम्प प्रशासनमाथि निगरानी बढाउन, प्रशासनिक तथा न्यायिक नियुक्तिमा प्रभाव पार्न र सिनेटको कार्यसूची निर्धारण गर्न सक्नेछन्।

मध्यावधि चुनाव : ट्रम्पलाई झट्का, सिनेटमा डेमोक्र्याटको बहुमत

अमेरिकाको मध्यावधि चुनावमा डेमोक्र्याटिक पार्टीले सिनेटमा बहुमत हासिल गरेको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा रहेको रिपब्लिकन पार्टीका लागि यो ठुलो धक्का हो। चुनावअघि सिनेटमा रिपब्लिकनको ५३ र डेमोक्र्याटको ४७ सिट थियो। बहुमत हासिल गर्न डेमोक्र्याटहरूले कम्तीमा चार सिट थप जित्नुपर्ने थियो।

अमेरिकी सञ्चारमाध्यमहरूको पछिल्लो मतपरिणाम अनुसार १०० सदस्यीय अमेरिकी सिनेटका ३५ सिटका लागि निर्वाचन भएको हो। हालसम्म २४ सिटको नतिजा सार्वजनिक भइसकेको छ, जसमा डेमोक्र्याटिक पार्टीले १५ र रिपब्लिकन पार्टीले ९ सिट जितेका छन्।

बाँकी ११ सिटमा भने अझै मतगणना जारी छ। यो नतिजासँगै सिनेटमा बहुमतका लागि आवश्यक ५१ सिट संख्या पुर्‍याउँदै डेमोक्र्याटले आफ्नो नियन्त्रण कायम गरेको छ भने रिपब्लिकनको सिट संख्या ४० पुगेको छ।

बहुमत पाएसँगै डेमोक्र्याटहरूले ट्रम्प प्रशासनमाथि निगरानी बढाउन, प्रशासनिक तथा न्यायिक नियुक्तिमा प्रभाव पार्न र सिनेटको कार्यसूची निर्धारण गर्न सक्नेछन्।

यसले ट्रम्पको आगामी दुई वर्षको कार्यकालमा विधायिकी एजेन्डा अघि बढाउन कठिन बनाउनेछ। साथै, उनले आफ्ना नीतिहरू कार्यान्वयन गर्न डेमोक्र्याटहरूको समर्थन जुटाउनुपर्ने अवस्था सिर्जना भएको छ। ट्रम्पले चुनावी नतिजा स्वीकार्ने बताउँदै डेमोक्र्याटसँग मिलेर काम गर्ने प्रतिक्रिया दिएका छन्।

चुनावी अभियानमा ट्रम्पले रिपब्लिकन उम्मेदवारहरूको पक्षमा व्यापक प्रचार गरेका थिए। तर, बढ्दो महँगी, इन्धनको मूल्य र इरान युद्धप्रति मतदाताको असन्तुष्टिले रिपब्लिकनलाई ठुलो क्षति पुर्‍याएको छ।

प्रकाशित: १८ कार्तिक २०८३ १०:३३ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
4d ago
ट्रम्पले सुनाए मध्यावधि चुनावमा रिपब्लिकनले हार्नुका चार कारण

ट्रम्पले सुनाए मध्यावधि चुनावमा रिपब्लिकनले हार्नुका चार कारण

अमेरिकी मध्यावधि चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले नमिठो हार ब्यहोर्यो। उसले मध्यावधि चुनावबाट हाउस अफ रिप्रिजेन्टेटिभ (प्रतिनिधि सभा) र सिनेट दुवैमा बहुमत गुमायो। चुनाव हारे...

#ट्रम्प #रिपब्लिकन #मध्यावधि
Compare →
Onlinekhabar
3d ago
चुनावी हारपछि आप्रवासन नीतिमा ट्रम्पको द्विविधा, दक्षिण एसियालीमाथि घृणा बढ्दो

चुनावी हारपछि आप्रवासन नीतिमा ट्रम्पको द्विविधा, दक्षिण एसियालीमाथि घृणा बढ्दो

२४ कात्तिक, काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनमा पराजयपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीतिमा केही लचकता अपनाउन सकिने संकेत दिए। तर त्यसको भोलिपल्टै उनले गैरकानुनी रूपमा अमेरिकामा बसोबास गरिरहेकालाई आममाफी नदिने र देशनिकाला नीति परिवर्तन नहुने …

#ट्रम्प #चुनाव
Compare →
Arthasansar
13h ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#ट्रम्प
Compare →
Bizshala
1d ago
इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूलाई...

#ट्रम्प
Compare →
Ekantipur
3d ago
कतारी प्रधानमन्त्रीसँगको भेटपछि ट्रम्पले भने: इरान युद्ध 'लगभग सकियो'

कतारी प्रधानमन्त्रीसँगको भेटपछि ट्रम्पले भने: इरान युद्ध 'लगभग सकियो'

इरानको नेतृत्व संरचना ध्वस्त भएको दाबी गर्दै ट्रम्पले परमाणु कार्यक्रम निरस्त्रीकरणका लागि दीर्घकालीन समाधान खोजिरहेको बताए

#ट्रम्प
Compare →

Related Stories

Politics & Governance
Build #2611