Trending
Prev Story
Next Story

बझाङको केदारस्युँमा जिप दुर्घटना अपडेट, दुई जनाको मृत्यु

Ekantipur •
November 04, 2026 • 05:31 AM
1
1 reads 0 reactions

दुई जनाको घटनास्थलमै मृत्यु भएको सूचना प्राप्त भएपछि प्रहरी टोली उद्धार तथा आवश्यक व्यवस्थापनका लागि घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

बझाङको केदारस्युँमा जिप दुर्घटना अपडेट, दुई जनाको मृत्यु

दुई जनाको घटनास्थलमै मृत्यु भएको सूचना प्राप्त भएपछि प्रहरी टोली उद्धार तथा आवश्यक व्यवस्थापनका लागि घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

बझाङ — बझाङको केदारस्युँ गाउँपालिका–७ भामचौरमा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

बिहान ९:१० बजे भएको दुर्घटनामा जिपमा करिब १२ देखि १५ जनासम्म सवार रहेको बताइएको छ । दुई जनाको घटनास्थलमै मृत्यु भएको सूचना प्राप्त भएपछि प्रहरी टोली उद्धार तथा आवश्यक व्यवस्थापनका लागि घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाका अनुसार अस्थायी प्रहरी पोस्ट बिजगडाबाट दुई जना, अस्थायी प्रहरी पोस्ट बागथलाबाट दुई जना र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक तिमिल्सैनाकै कमाण्डमा सात जना प्रहरी घटनास्थलतर्फ परिचालन गरिएको छ ।

दुर्घटनास्थल जिल्ला प्रहरी कार्यालय बझाङबाट करिब ३५ किलोमिटर पश्चिममा पर्छ । मृतकको पहिचान, घाइतेको अवस्था र दुर्घटनाको कारणबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
8h ago
पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

२७ कात्तिक, काठमाडौं । पोखराको जिरो किलोमिटरमा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा आज दिउँसो स्कुटरमा सवार दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दीको मङ्गला गाउँपालिका दारुङ घर भएका २१ वर्षीय विवेक दर्जी र म्याग्दीकै …

#मृत्यु #जिप #जनाको
Compare →
Hamro Patro News
9h ago
जिपमा स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु

जिपमा स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु

पोखराको जिरो किलोमिटरमा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा आज दिउँसो स्कुटरमा सवार दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दीको मङ्गला गाउँपालिका दारुङ घर भएका २१ वर्षीय विवेक दर्जी र...

#मृत्यु #जिप
Compare →
Nagarik News
9h ago
सहमतिपछि आफन्तले बुझे १३ जनाको श`व, आजै अन्त्येष्टि गरिने

सहमतिपछि आफन्तले बुझे १३ जनाको श`व, आजै अन्त्येष्टि गरिने

सरकारले गठन गरेको दुर्घटना छानबिन समिति र पीडित परिवार तथा आफन्तबीच सहमति जुटेपछि आफन्तहरूले शव बुझेका छन्।

#दुर्घटना #जनाको
Compare →
Bizshala
15h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#दुर्घटना
Compare →
Arthasansar
17h ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#जनाको #मृत्यु
Compare →

Related Stories

World News
Build #2611