Trending
Prev Story
Next Story

अमेरिकी मध्यावधि निर्वाचनको प्रभाव : सेयर बजारमा गिरावट, सरकारी ऋणपत्रमा आकर्षण बढ्यो

Bizshala •
November 04, 2026 • 05:03 AM
1
1 reads 0 reactions

काठमाडौं। अमेरिकी मध्यावधि निर्वाचनको परिणामले सेयर बजारमा गिरावट आएपछि लगानीकर्ताहरू सुरक्षित लगानीको विकल्पका...

अमेरिकी मध्यावधि निर्वाचनको प्रभाव : सेयर बजारमा गिरावट, सरकारी ऋणपत्रमा आकर्षण बढ्यो

काठमाडौं। अमेरिकी मध्यावधि निर्वाचनको परिणामले सेयर बजारमा गिरावट आएपछि लगानीकर्ताहरू सुरक्षित लगानीको विकल्पका रूपमा सरकारी ऋणपत्रतर्फ आकर्षित भएका छन् । यससँगै अमेरिकी ट्रेजरी ऋणपत्रको प्रतिफल  घटेको छ ।

बेन्चमार्क मानिने १० वर्षे ट्रेजरी नोटको प्रतिफल करिब ५ आधार बिन्दुले घटेर ४.९०२ प्रतिशतमा झरेको छ । त्यस्तै, ३० वर्षे ऋणपत्रको प्रतिफल ५.२९ प्रतिशतले घटेको छ भने छोटो अवधिको दुई वर्षे नोटको प्रतिफल ६ आधार बिन्दुले घटेर ४.५५ प्रतिशत कायम भएको छ ।

एक आधार बिन्दु भनेको ०.०१ प्रतिशत अर्थात् एक प्रतिशतको सय भागमध्ये एक भाग हो । ऋणपत्रको मूल्य र प्रतिफलबीच विपरीत सम्बन्ध हुने भएकाले मूल्य बढ्दा प्रतिफल घट्छ र मूल्य घट्दा प्रतिफल बढ्छ ।

निर्वाचन परिणाम सार्वजनिक हुँदै जाँदा अमेरिकी सेयर बजारका फ्युचर्समा तीव्र गिरावट आएको छ । एसएण्डपी ५०० सँग सम्बन्धित फ्युचर्स १.१ प्रतिशत र न्यास्ड्याक–१०० फ्युचर्स २ प्रतिशतले घटेका छन् ।

बुल बजारको प्रमुख आधार बनेका कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी कम्पनीका सेयरमा सबैभन्दा बढी गिरावट देखिएको छ । डेमोक्र्याटिक पार्टीको सम्भावित जितले डेटा सेन्टर निर्माण विस्तारको गतिमा अवरोध पुर्‍याउन सक्ने आशंकाले ती कम्पनीका सेयरमा दबाब परेको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
10h ago
सेयर बजारमा सामान्य गिरावट, कारोबार ३ अर्बमा सीमित

सेयर बजारमा सामान्य गिरावट, कारोबार ३ अर्बमा सीमित

आजको कारोबारमा SGHC सबैभन्दा धेरै बढ्यो भने CREST सबैभन्दा धेरै घट्यो।

#शेयर-बजार #बजारमा #गिरावट
Compare →
Hamro Patro News
16h ago
हुआङको राजीनामाले विश्वभर हलचल, सेयर बजारमा गिरावट

हुआङको राजीनामाले विश्वभर हलचल, सेयर बजारमा गिरावट

काठमाडौँ- चिनियाँ जासुसीसँग जोडिएको आरोप र दुई महिलासँगको विवाहेतर सम्बन्ध सार्वजनिक भएपछि एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले राजीनामा दिएका छन्। उनको राजीनामासँगै कम्पनीमा ३३ वर्ष ...

#शेयर-बजार #बजारमा #गिरावट
Compare →
Arthasansar
10h ago
तिहार पछि खुलेको नेप्सेमा एकल अंकको गिरावट, कारोबार ३ अर्बमा सिमित

तिहार पछि खुलेको नेप्सेमा एकल अंकको गिरावट, कारोबार ३ अर्बमा सिमित

तिहार पछिको पहिलो कारोबार दिन नेप्से परिसूचक एकल अंकले घटेर बन्द भएको छ । यो साताको एक मात्रै कारोबार दिन...

#शेयर-बजार #गिरावट
Compare →
Nagarik News
14h ago
एनभिडिया प्रकरण : जेन्सेन र हावर्डलाई अमेरिकी संसदले बोलायो

एनभिडिया प्रकरण : जेन्सेन र हावर्डलाई अमेरिकी संसदले बोलायो

एनभिडियाले राष्ट्रिय सुरक्षा वा कम्पनीका गोप्य सूचनामा असर परेको विश्वास गर्ने कुनै आधार नभएको बताएको छ। कम्पनीले घटनाबारे स्वतन्त्र अनुसन्धान गरिरहेको जनाएको छ।

#अमेरिकी
Compare →
Onlinekhabar
2d ago
अमेरिकी रक्षामन्त्रीविरुद्ध महाभियोग प्रस्ताव अघि बढाउने प्रयास असफल

अमेरिकी रक्षामन्त्रीविरुद्ध महाभियोग प्रस्ताव अघि बढाउने प्रयास असफल

अमेरिकी रक्षामन्त्री पीट हेगसेथलाई पदबाट हटाउने प्रयास तत्कालका लागि असफल भएको छ । अमेरिकी प्रतिनिधिसभाले उनीविरुद्ध महाभियोग प्रक्रिया अघि बढाउने प्रस्ताव रोकिदिएको छ । रिपब्लिकन सांसद थोमस मेसीले उक्त प्रस्ताव पेस गरेका थिए । उनले कांग्रेसको …

#अमेरिकी
Compare →

Related Stories

Business & Economy
Build #2611