Trending
Prev Story
Next Story

नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत भौतिक प्रगति

Bizshala •
November 04, 2026 • 05:03 AM
1
1 reads 0 reactions

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नदी नियन्त्रण तथा जल उत्पन्न विपद्...

नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत भौतिक प्रगति

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नदी नियन्त्रण तथा जल उत्पन्न विपद् व्यवस्थापनतर्फ ३४.९ प्रतिशत भौतिक प्रगति हासिल गरेको जनाएको छ ।

नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन महाशाखाअन्तर्गतका कार्यक्रमका लागि सरकारले चालु आर्थिक वर्षमा ५ अर्ब २० करोड ९० लाख रुपैयाँ विनियोजन गरेको छ । पहिलो त्रैमासमा ६२ करोड ७४ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य रहेकामा १४ करोड ७० लाख रुपैयाँ मात्रै खर्च भएको छ । यो लक्ष्यको २३.४ प्रतिशत हो ।

महाशाखाका अनुसार समीक्षा अवधिमा २.९ किलोमिटर तटबन्ध निर्माण र एक हेक्टर जग्गा उकास गरिएको छ । खर्चको तुलनामा भौतिक प्रगति भने बढी देखिएको छ ।

आयोजनागत रूपमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, भरतपुरले त्रैमासिक लक्ष्यको १६०.८ प्रतिशत प्रगति गरेको छ । टार–बजार संरक्षण कार्यक्रमले १०८ प्रतिशत, लमहीले ८६.५ प्रतिशत, कञ्चनपुरले ८२.५ प्रतिशत र जनकपुरले ८२.३ प्रतिशत भौतिक प्रगति हासिल गरेका छन् ।

महाशाखाले नदी नियन्त्रण, तटबन्ध निर्माण तथा बाढीपहिरोलगायत जल उत्पन्न विपद्बाट जोखिममा रहेका बस्ती र खेतीयोग्य जमिनको संरक्षणका लागि विभिन्न आयोजना सञ्चालन गर्दै आएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1w ago
चाडपर्वमा चोरी, लुटपाट र पटका नियन्त्रण गर्न प्रहरीलाई आईजीपीको कडा निर्देशन

चाडपर्वमा चोरी, लुटपाट र पटका नियन्त्रण गर्न प्रहरीलाई आईजीपीको कडा निर्देशन

कार्यक्रममा प्रहरीका उच्च अधिकारीसहित सातै प्रदेशका प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा मातहतका निकायका प्रमुख र प्रतिनिधिहरू भर्चुअल रूपमा सहभागी थिए।

#नियन्त्रण
Compare →
Hamro Patro News
1w ago
रुसी नियन्त्रणमा रहेको सम्पत्ति फिर्ता गर्न जापानको माग

रुसी नियन्त्रणमा रहेको सम्पत्ति फिर्ता गर्न जापानको माग

रुसले जापानी कम्पनी जापान टोब्याकोका चार सहायक कम्पनी नियन्त्रणमा लिएपछि जापानले सम्पत्ति तत्काल फिर्ता गर्न माग गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा ती कम्पनीको सञ्चालन नियन्त्रण ‘इ...

#नियन्त्रण
Compare →
Onlinekhabar
2d ago
काठमाडौंमा ठूलो आवाज निकाल्ने ५६ वटा मोटरसाइकल र स्कुटर प्रहरी नियन्त्रणमा

काठमाडौंमा ठूलो आवाज निकाल्ने ५६ वटा मोटरसाइकल र स्कुटर प्रहरी नियन्त्रणमा

२५ कात्तिक, काठमाडौं । सवारीसाधनको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ५६ वटा दुईपाङ्ग्रे सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चाडपर्वका समयमा सर्वसाधारणलाई सुरक्षित, शान्त तथा भयमुक्त वातावरणमा आवागमनको व्यवस्था मिलाउने उद्देश्यले काठमाडौंका विभिन्न स्थानमा गरिएको …

#नियन्त्रण
Compare →
Ekantipur
3d ago
रूपन्देहीमा पटका पड्काउँदा १ घाइते, ७ जना प्रहरी नियन्त्रणमा

रूपन्देहीमा पटका पड्काउँदा १ घाइते, ७ जना प्रहरी नियन्त्रणमा

कञ्चनको हात्तीबजारमा पटका पड्काउँदा एक जना घाइते भएपछि प्रहरीले दुई जनालाई तत्काल नियन्त्रणमा लिएको हो। आतिशबाजी गरिरहेका अन्य स्थानबाट पाँच जना पक्राउ परेका छन् ।

#नियन्त्रण
Compare →

Related Stories

Business & Economy
Build #2611