Trending
Prev Story
Next Story

लिग २ क्रिकेटमा नेपालले क्यानडासँग खेल्दै

Onlinekhabar •
October 13, 2026 • 06:19:08 PM
1
1 reads 0 reactions

२५ असोज, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको ओडीआई शृङ्खलामा नेपालले आज क्यानडासँग खेल्दै छ । नेपाल र क्यानडाबीचको खेल ओमान क्रिकेट एकेडेमी टर्फ १ मा अपरान्ह सवा ११ बजेदेखि सुरु हुनेछ …

लिग २ क्रिकेटमा नेपालले क्यानडासँग खेल्दै

२५ असोज, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको ओडीआई शृङ्खलामा नेपालले आज क्यानडासँग खेल्दै छ ।

नेपाल र क्यानडाबीचको खेल ओमान क्रिकेट एकेडेमी टर्फ १ मा अपरान्ह सवा ११ बजेदेखि सुरु हुनेछ ।

लिग २ को अन्तिम शृङ्खला खेलिरहेका दुवै टोलीका लागि यो महत्त्वपूर्ण छ । यो शृङ्खलाको पहिलो खेलमा ओमानले क्यानडालाई हराएको थियो ।

ओमानले क्यानडालाई हराएपछि नेपालको शीर्ष ४ मा पर्ने सम्भावना सकिएको छ । अब नेपालको ध्यान ओडीआई स्टाटस बचाउनेतर्फ हुनेछ ।

लिग २ अंकतालिकामा नेपाल ३२ खेलबाट २४ अंकसहित सातौं स्थानमा छ भने क्यानडा ३३ खेलबाट २५ अंकसहित छैटौंमा छ ।

नेपालको टोली : सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आसिफ शेख, अर्जुन कुमाल, इशान पान्डे, देव खनाल, सन्दीप जोरा, बसिर अहमद, गुल्शन झा, करण केसी, नन्दन यादव, ललित राजवंशी, शाहब आलम, शेर मल्ल

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3d ago
यु-१९ एसिया कप क्रिकेट: नेपाल पाकिस्तानसँग पराजित

यु-१९ एसिया कप क्रिकेट: नेपाल पाकिस्तानसँग पराजित

काठमाडौँ । ओमानमा जारी यु-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल पाकिस्तानसँग १०१ रनले पराजित भ...

#क्रिकेट #ओमान
Compare →
Nagarik News
3d ago
सोनी पाख्रिनको कप्तानीमा यू–१९ महिला क्रिकेट टोली घोषणा

सोनी पाख्रिनको कप्तानीमा यू–१९ महिला क्रिकेट टोली घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले भारतसँग खेल्ने नेपाल यू–१९ महिला क्रिकेट टोली घोषणा गरेको छ।

#क्रिकेट
Compare →
Ekantipur
5d ago
यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई

यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई

प्रतियोगितामा नेपाल, आयोजक चीन, हङकङ र थाइल्याण्ड गरी ४ टोली सहभागी थिए ।

#क्रिकेट
Compare →
Arthasansar
13h ago
एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ । काठमान्डुले टस जितेर...

#क्रिकेट
Compare →

Related Stories

National (Nepal)
Build #2611