Trending
Prev Story
Next Story

एकै दिन १४९ सैनिक क्याडेटले गरे क्लिफमा बन्जी

Ekantipur •
November 03, 2026 • 05:31 PM
1
1 reads 0 reactions

१२ दिने तालिमको क्रममा १८९ जना क्याडेटको टोली बन्जी जम्पका लागि पर्वतस्थित द क्लिफ पुगेको थियो ।

एकै दिन १४९ सैनिक क्याडेटले गरे क्लिफमा बन्जी

१२ दिने तालिमको क्रममा १८९ जना क्याडेटको टोली बन्जी जम्पका लागि पर्वतस्थित द क्लिफ पुगेको थियो ।

काठमाडौँ — १२ दिने तालिमको क्रममा १८९ जना क्याडेटको टोली बन्जी जम्पका लागि पर्वतस्थित द क्लिफ प्रालि पुगेको थियो ।त्यसमध्ये १४९ जनाले सफलतापूर्वक बन्जी जम्प सम्पन्न गरेको द क्लिफले जनाएको छ।

कार्यक्रममा सहभागी जर्नेल दिल विक्रम सुब्बाले बन्जी जम्प कार्यक्रमको व्यवस्थापन र सञ्चालनप्रति सन्तुष्टि व्यक्त गरे । उनले कार्यक्रम व्यवस्थित रूपमा सम्पन्न भएको भन्दै द क्लिफको व्यवस्थापन टोलीको प्रशंसा गरे ।

यस्ता साहसिक गतिविधिले क्याडेटहरूको आत्मविश्वास, साहस र मानसिक दृढता बढाउन सहयोग पुग्ने उनको भनाइ थियो ।

चुनौतीपूर्ण परिस्थितिको सामना गर्ने क्षमता विकास गर्न पनि यस्ता गतिविधि उपयोगी हुने उनले बताए ।

Prev Swipe Story Next

Related Stories

World News
Build #2611