Trending
Prev Story
Next Story

नेपाल बैंकका क्रेडिट कार्डबाट अब ०% डाउन पेमेन्टमै १८ महिनासम्म किस्ताबन्दी

Bizshala •
November 03, 2026 • 05:03 PM
1
1 reads 0 reactions

काठमाण्डौ । नेपाल बैंक लिमिटेडका क्रेडिट कार्ड प्रयोगकर्ताले अब ० प्रतिशत डाउन पेमेन्टमै सामान तथा सेवा खरिद गरी १८...

नेपाल बैंकका क्रेडिट कार्डबाट अब ०% डाउन पेमेन्टमै १८ महिनासम्म किस्ताबन्दी

काठमाण्डौ । नेपाल बैंक लिमिटेडका क्रेडिट कार्ड प्रयोगकर्ताले अब ० प्रतिशत डाउन पेमेन्टमै सामान तथा सेवा खरिद गरी १८ महिनासम्म किस्ताबन्दीमा भुक्तानी गर्न सक्ने भएका छन् ।

नेपाल बैंक र ‘बाइ नाउ पे लेटर’ प्लेटफर्म ONEBNPL सञ्चालन गर्ने फिनटेक कम्पनी फिनतारा सोलुसन्सबीच बैंकका योग्य क्रेडिट कार्डवाहकलाई तत्काल ईएमआई सुविधा उपलब्ध गराउने सम्झौता भएको हो ।

सम्झौताअनुसार नेपाल बैंकका योग्य क्रेडिट कार्डवाहकले ONEBNPL को व्यापारी सञ्जालमार्फत वस्तु तथा सेवा खरिद गरी ३ देखि १८ महिनासम्मको किस्तामा भुक्तानी गर्न सक्नेछन् । यसका लागि प्रारम्भिक डाउन पेमेन्ट गर्नुपर्ने छैन ।

ONEBNPL को सञ्जालमा १५० भन्दा बढी अनलाइन तथा अफलाइन व्यावसायिक प्रतिष्ठान आबद्ध रहेको कम्पनीले जनाएको छ । यसमा खुद्रा पसल, मोबाइल तथा ग्याजेट स्टोर, घरायसी उपकरण विक्रेता, अस्पताल, रिसोर्ट तथा होलिडे प्याकेज प्रदायकसमेत रहेका छन् ।

यस सुविधाबाट ग्राहकले ठूलो रकम एकमुष्ट भुक्तानी नगरी आवश्यक वस्तु तथा सेवा खरिद गर्न सक्ने बैंकको भनाइ छ ।

सम्झौता नेपाल बैंकको काठमाडौंस्थित केन्द्रीय कार्यालयमा दुवै संस्थाका वरिष्ठ अधिकारीहरूको उपस्थितिमा भएको हो ।

नेपाल बैंकका प्रमुख कर्जा अधिकृत प्रदीपकुमार पाठकले फिनटेक कम्पनीसँगको सहकार्यबाट बैंकका क्रेडिट कार्डवाहकलाई आधुनिक डिजिटल ‘बाइ नाउ पे लेटर’ सेवा उपलब्ध गराउने लक्ष्य राखिएको बताए ।

फिनतारा सोलुसन्सका कार्यकारी निर्देशक आशिष के. शर्माले सरकारी स्वामित्वको ठूलो ग्राहक आधार भएको बैंकमार्फत ONEBNPL सेवा सुरु हुनु कर्जामा सहज पहुँच विस्तारतर्फ महत्वपूर्ण कदम भएको बताए ।

नेपाल बैंकका रिटेल कर्जा विभाग प्रमुख अर्जुनबहादुर कँडेल र कार्ड विभाग प्रमुख दीपक रेग्मीले ग्राहकका बदलिँदा आवश्यकतालाई ध्यानमा राखेर फिनटेक कम्पनीसँगको सहकार्यमा तत्काल किस्ताबन्दी सेवा विस्तार गरिएको बताएका छन् ।

ONEBNPL ले नेपालका १५ भन्दा बढी क्रेडिट कार्ड जारी गर्ने बैंकसँग सहकार्य गरिरहेको जनाएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
3w ago
नबिल बैंकको भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

नबिल बैंकको भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

३० असोज, काठमाडौं । नबिल बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवालाई सहज र सुरक्षित बनाउने उद्देश्यले ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ। असोज २९ गतेदेखि उपलब्ध यो कार्ड ग्राहकले बैंकको एनबैंक मोबाइल एपमार्फत प्राप्त गर्न …

#क्रेडिट #कार्ड
Compare →
Hamro Patro News
3w ago
ग्लोबल आइएमई बैंककाे कार्डबाट सेल्सबेरीमा किनमेल गर्दा १० प्रतिशत क्यासब्याक

ग्लोबल आइएमई बैंककाे कार्डबाट सेल्सबेरीमा किनमेल गर्दा १० प्रतिशत क्यासब्याक

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्ड प्रयोगकर्तालाई लक्षित गर्दै किनमेलमा १० प्रतिशत क्यासब्याक योजना सार्वजनिक गरेको छ ।

#कार्ड #बैंकका
Compare →

Related Stories

Business & Economy
Build #2611