Trending
Prev Story
Next Story

जन्मदिन मनाउन जानेलाई चन्द्रागिरीले सित्तैमा केवलकार चढाउने, अन्य अफर यस्ता

Bizshala •
October 22, 2026 • 03:28 AM
1
1 reads 0 reactions

काठमाण्डौ । जन्मदिन केवलकार चढेर रमाइलो गर्दै मनाउने मन त ? त्यसो हो भने चन्द्रागिरी केवलकारले हालै सार्वजनिक गरेको अफर...

जन्मदिन मनाउन जानेलाई चन्द्रागिरीले सित्तैमा केवलकार चढाउने, अन्य अफर यस्ता

काठमाण्डौ । जन्मदिन केवलकार चढेर रमाइलो गर्दै मनाउने मन त ? त्यसो हो भने चन्द्रागिरी केवलकारले हालै सार्वजनिक गरेको अफर तपाईंका लागि राम्रो विकल्प हुनसक्छ ।

चन्द्रागिरी हिल्स लिमीटेडले आफ्ना ग्राहकहरुको जन्मदिनलाई विशेष बनाउने उद्देश्यले यस्तो अफर सार्वजनिक गरेको हो ।

कम्पनीका सञ्चालक अम्बिकाप्रसाद पौडेलकाअनुसार आफ्नो जन्मदिन मनाउन जाने जोकोहीलाई कम्पनीले चन्द्रागिरी केवलकारको टिकट निःशुल्क गरिदिएको छ ।

यस्तै, अतिरिक्त अफरहरु समेत घोषणा गरेको छ । जसअन्तर्गत जन्मदिन मनाउन चन्द्रागिरी पुग्ने व्यक्तिलाई स्वीङ र जीपलाइन खेल्दा ५० प्रतिशत छुट हुनेछ ।

चन्द्रागिरी पछिल्लो समय काठमाण्डौ र आसपासका बासिन्दाका लागि राम्रो पर्यटकीय गन्तव्य बनेको छ । केवलकार चढेर भालेश्वर महादेवको दर्शन गर्न चाहने, विभिन्न खेलहरुको मज्जा लिन चाहने तथा सपरिवार स्तरीय रिसोर्टमा बसेर प्राकृतिक आनन्द लिन चाहनेहरुका लागि यो गन्तव्य चर्चित बनिरहेको छ ।

चन्द्रागिरी हिल्स लिमीटेड सेयर बजारमा समेत सूचीकृत कम्पनी हो । यो कम्पनीको दोश्रो बजार मूल्य हाल प्रतिकित्ता १२३५ रुपैयाँ रहेको छ ।

पर्यटकीय चहलपहल बढेसँगै यो कम्पनीको पछिल्लो समयको वित्तीय अवस्थामा समेत सुधार हुँदै गएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3d ago
छठ मनाउन गगन थापा सर्लाही जाने

छठ मनाउन गगन थापा सर्लाही जाने

२४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने भएका हुन् । उनको सचिवालयल...

#मनाउन #जाने
Compare →
Onlinekhabar
6h ago
नेपाली झण्डामा सजिएकी पुन्टुरी, यसरी मनाइन जन्मदिन

नेपाली झण्डामा सजिएकी पुन्टुरी, यसरी मनाइन जन्मदिन

चितवनमा हुर्किरहेकी पुन्टुरी बिहिबार केही फरक देखिइन् । उनको शरीरमा नेपालको राष्ट्रिय झण्डा थियो । निधारमा अबिरको टीका लगाइएको थियो। उनको वरिपरि केरा, स्याउ, आँप र खरबुजाजस्ता फलफूल सजाइएका थिए। उनको ठ्याक्कै अगाडि टेवलमा जन्मदिनको केक …

#जन्मदिन
Compare →
Nagarik News
1d ago
अपडेट: छठ मनाउन घर फर्किंदै थिए भीमफेदी दुर्घटनामा ज्यान गुमाउने, मृतक ११ जनाकै पहिचान खुल्यो

अपडेट: छठ मनाउन घर फर्किंदै थिए भीमफेदी दुर्घटनामा ज्यान गुमाउने, मृतक ११ जनाकै पहिचान खुल्यो

पर्व मनाउन घर फर्किएको एउटै परिवारको खुसीको यात्रासँगै तीन नाबालक छोरीको जीवन पनि दुर्घटनाले एकैपटक खोसेको छ।

#मनाउन
Compare →

Related Stories

Business & Economy
Build #2611