Trending
Prev Story
Next Story

पूर्वमुख्यमन्त्री बानियाँका छोरा बैंकिङ कसुरमा पक्राउ

Nagarik News •
November 03, 2026 • 02:47 PM
1
1 reads 0 reactions

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१८ निवासी बानियाँविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत अनुसन्धान भइरहेको छ।

पूर्वमुख्यमन्त्री बानियाँका छोरा बैंकिङ कसुरमा पक्राउ

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँका छोरा दीक्षान्त बानियाँ बैंकिङ कसुरको आरोपमा पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई सोमबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४, भैरहवाबाट पक्राउ गरेको हो। मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१८ निवासी बानियाँविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत अनुसन्धान भइरहेको छ।

नेपाल राष्ट्र बैंकको पत्रसहितको जाहेरीका आधारमा नेपाल सरकार वादी र दीक्षान्त बानियाँ प्रतिवादी रहेको बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन, हरिहरभवनबाट पक्राउ अनुमति लिइएको थियो।

सोही अनुमतिका आधारमा सीआईबीले उनलाई पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका बानियाँलाई अदालतबाट चार दिनको म्याद थप गरी हिरासतमा राखिएको छ। उनीमाथि बैंकिङ कसुरसँग सम्बन्धित विषयमा थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

प्रकाशित: १७ कार्तिक २०८३ २०:३२ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
बैंकिङ कसुर मुद्दामा डेढ करोड जरिवाना र एक वर्ष कैद सजाय सुनाइएका  व्यक्ति पक्राउ

बैंकिङ कसुर मुद्दामा डेढ करोड जरिवाना र एक वर्ष कैद सजाय सुनाइएका व्यक्ति पक्राउ

बैंकिङ कसुर मुद्दामा एक करोड ५१ लाख जरिवाना र एक वर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले काभ्रेको बनेपा नगरपाल...

#बैंकिङ #कसुर
Compare →
Ekantipur
1w ago
१६ सयबाट माथि उक्लिन नसकिरहेको बैंकिङ उपसमूह

१६ सयबाट माथि उक्लिन नसकिरहेको बैंकिङ उपसमूह

यसअघि २०८१ कात्तिकमा १६ सय ८ विन्दुमा रहेको बैंकिङ उपसमूहले गत १२ कात्तिकमा यो तह भेटेको थियो । तर, त्यहाँ अडिन सकेन र केही ओरालो लागेको छ । बुधबार बजार बन्द हुादा बैंकिङ उपसमूह १३ अंकले घटेर १५८८ विन्दुमा आएको छ ।

#बैंकिङ
Compare →
Bizshala
1w ago
तीन दशकको बैंकिङ अनुभव भएका प्रताप सुवेदी नेप्सेको सीईओ नियुक्त

तीन दशकको बैंकिङ अनुभव भएका प्रताप सुवेदी नेप्सेको सीईओ नियुक्त

काठमाडौं । सरकारले बैंकिङ तथा वित्तीय क्षेत्रमा करिब तीन दशकको अनुभव भएका प्रताप सुवेदीलाई नेपाल स्टक एक्सचेञ्ज...

#बैंकिङ
Compare →
Arthasansar
12h ago
बैंकिङ प्रणालीबाट २० दिनका लागि २०० अर्ब खिच्दै केन्द्रीय बैंक

बैंकिङ प्रणालीबाट २० दिनका लागि २०० अर्ब खिच्दै केन्द्रीय बैंक

बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले लगातार पैसा खिचिरहेको छ । निक्षेप संकलन उपकरण प्रयोग गर्दै...

#बैंकिङ
Compare →

Related Stories

Business & Economy
Build #2611