Trending
Prev Story
Next Story

संस्कृत वाङ्मयको खोजलाई आधुनिक बनाउन ‘योगी नरहरिनाथ अनुसन्धान केन्द्र’ स्थापना गरिँदै

Nagarik News •
November 03, 2026 • 02:46 PM
1
1 reads 0 reactions

नेपाल संस्कृत विश्वविद्यालयले संस्कृत वाङ्मयको प्रवर्द्धन तथा खोज-अनुसन्धानलाई प्रभावकारी बनाउन ‘राष्ट्रगुरु योगी नरहरिनाथ अनुसन्धान तथा नवप्रवर्तन केन्द्र’ स्थापना गर्ने भएको छ।

संस्कृत वाङ्मयको खोजलाई आधुनिक बनाउन ‘योगी नरहरिनाथ अनुसन्धान केन्द्र’ स्थापना गरिँदै

नेपाल संस्कृत विश्वविद्यालयले संस्कृत वाङ्मयको प्रवर्द्धन तथा खोज-अनुसन्धानलाई प्रभावकारी बनाउन ‘राष्ट्रगुरु योगी नरहरिनाथ अनुसन्धान तथा नवप्रवर्तन केन्द्र’ स्थापना गर्ने भएको छ।

मंगलबार सम्पन्न विश्वविद्यालयको सिनेट बैठकले अनुसन्धान र नवप्रवर्तनका कार्यहरूलाई योजनाबद्ध रूपमा अघि बढाउने उद्देश्यसहित उक्त केन्द्र स्थापनाको प्रस्ताव औपचारिक रूपमा स्वीकृत गरेको हो।

विश्वविद्यालयका संस्थापक राष्ट्रगुरु योगी नरहरिनाथको प्राज्ञिक तथा ऐतिहासिक योगदानको सम्मान गर्दै प्राज्ञिक क्षेत्रमा खोज-अनुसन्धानलाई तीव्रता दिन यो केन्द्र स्थापना गर्न लागिएको विश्वविद्यालयले जनाएको छ।

केन्द्रमार्फत संस्कृत वाङ्मयलाई आधुनिक नवप्रवर्तनसँग जोडेर विशिष्ट अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ।

यसैगरी, विश्वविद्यालयले आफ्नो अर्को महत्त्वपूर्ण अंगका रूपमा रहेको आयुर्वेद अध्ययन संस्थानमार्फत विभिन्न जनपक्षीय स्वास्थ्य कार्यक्रमहरू समेत सञ्चालन गर्ने योजना अघि सारेको छ।

जसअनुसार संस्थान मातहतका निकायमार्फत सामुदायिक स्वास्थ्य क्लिनिक सञ्चालन, स्वास्थ्य योजना निर्माण, जडीबुटी प्रशोधन तथा जनस्तरमा स्वास्थ्य र आहारविहारसम्बन्धी सचेतनामूलक कार्यक्रमहरू विस्तार गरिने भएको छ।

प्रकाशित: १७ कार्तिक २०८३ २०:३१ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
9h ago
अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापनाका लागि मन्त्री पुनले मागे विज्ञसँग सुझाव

अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापनाका लागि मन्त्री पुनले मागे विज्ञसँग सुझाव

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विभिन्न क्षेत्रमा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना र सञ्चालन गर्ने तयारीस्वरूप विज्ञ वैज्ञानिक तथा अनुसन्धानकर्तासँग सुझाव माग...

#अनुसन्धान #स्थापना
Compare →

Related Stories

Education & Youth
Build #2611